पक्राउ परेकाे २५ दिनपछि रसुवाली कवि रिहा

नेपाल लाइभ | २०७६ बैशाख २७ शुक्रबार | Friday, May 10, 2019 २०:०७:०० मा प्रकाशित

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी रही हातहतियार, आपराधिक गतिविधिमा संलग्न रहेकाे आराेपमा पक्राउ परेका 'रसुवाली कवि'का नामले परिचित ठाकुरप्रसाद तिमिल्सिना २५ दिनपछि रिहा भएका छन्।

सर्वाेच्च अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले उनलाई हिरासतमा नराख्न आदेश दिएकाे हाे। बन्दी प्रतक्षीकरणकाे रिटमा सुनुवाई गर्दै सर्वाेच्चले उनलाई रिहा गर्न आदेश दिएकाे हाे। लाई गिरफ्तारी गरिएकोमा ले विरोधसभा गरेका छन्।

कविलाई राज्यद्रोहको मुद्दामा थुनामा राखिनुले नागरिकको राजनैतिक स्वतन्त्रताको हक कुण्ठित गरिएको, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको भन्दै स्वतन्त्र लेखक, साहित्यकार, अभियन्ता तथा अधिकारकार्मीहरुले विराेध जनाउँदै आएका थिए। 

उनलाई हातहतियार, खरखजाना वा आपराधिक गतिविधिमा संलग्न रहेकाे भन्दै गत बैसाख २ गते पक्राउ गरिएकाे थियाे। बालाजुको एक चियापसलबाट उनलाई गिरफ्तार गरिएकाे थियाे। प्रहरीले उनको कोठामा खानतलासी गरी करिब २ बोरा किताबसमेत जफत गरेको थियाे।

रिहापछि उनले फेसबुकमा एक स्टाटस राख्दै अभिव्यक्ति स्वतन्त्रताकाे पक्षमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।