म्यानचेस्टर- इंग्लिस इएफएल कपअन्तर्गत म्यानचेस्टर सिटीले बर्टनमाथि भारी अन्तरको जित हात पारेको छ। बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगको खेलमा सिटीले ९-० को जित हात पारेको हो।
सिटीका लागि गाब्रियल जेससले ४ गोल गरे। उनले खेलको ३०, ३४ र ५७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ६५ मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरेका थिए।
त्यसअघि पाँचौ मिनेटमा केभिन डे ब्रुइनले गोल गरेका थिए। जिन्चेन्कोले ३७, फोडेनले ६२, बाल्करले ७० र माहरेजले ८३ मिनेटमा गोल गर्दा सिटी खेलमा पूर्णरुपमा हाबी भयो।
यसअघि अर्को सेमिफाइनलमा चेल्सीमाथि टोटनह्यामले १-० को जित हात पारेको थियो।
अब २ सातापछि दोस्रो लेगको खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।