• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
बालिका बलात्कारपछि हत्या घटना:

प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ, मुख्य राजमार्ग रुपमा ठप्प

64x64
नेपाल न्यूज बैंक बिहीबार, भदौ ४, २०८३  १६:५८
1140x725

रौतहट– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।  

बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप
स्थानीयबासी र पीडित परिवारका अनुसार बालिका गरिमा हराएको बारेमा उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा लिखित जाहेरी दिएका थिए । बालिका साउन ३१ गते बिहानदेखि हराएकी थिइन् ।

simara-(3)-1787224332.jpeg
 

तर, प्रहरीले सुरुवाती चरणमा खोजीकार्यलाई तीव्रता नदिएको र अनुसन्धानमा चासो नदेखाएका कारण बालिकाको ज्यान गएको स्थानीयको निष्कर्ष छ । समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी गर्दै प्रदर्शनकारीहरूले डीएसपी क्षेत्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखेका छन् ।

मुख्य राजमार्ग र ग्रामीण सडकहरू पूर्ण रूपमा बन्द
बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध बनेको वीरगञ्ज–पथलैया सडकखण्ड बिहीबार पनि सञ्चालन हुन सकेको छैन । आन्दोलनरत स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

simara-(4)-1787224332.jpeg
 

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरोधका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न नसक्दा लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने स्थानीय जनजीवन कष्टकर बनेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

शैक्षिक संस्थाहरूद्वारा शोकसभा र विद्यालय बन्द
जघन्य अपराधको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गरी शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द गरेका छन् । विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवोध बालिकामाथि भएको क्रूर घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध र मर्माहत भएको जनाएका छन् । 

उनीहरूले घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

दुई जना आरोपी पक्राउ, प्रशासन भन्छः ‘छानबिन हुँदैछ’
बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले बालिका हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेको जानकारी दिएका छन् । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरी पक्राउ गरिसकेको छ ।

simara-(2)-1787224335.jpeg
 

Xtrem

Xtrem

घटनापछि स्थानीय स्तरबाट उठाइएका प्रहरीको लापरबाहीका बारेमा जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक ध्यान दिएको प्रजिअ मिश्रले बताए । उनले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिएका छन् ।

आन्दोलन जारी राख्ने चेतावनी
प्रशासनले दोषी पक्राउ परेको बताए पनि स्थानीयबासी भने शान्त भएका छैनन् । आन्दोलनरत पक्षले घटनाको पूर्ण रूपमा निष्पक्ष अनुसन्धान हुनुपर्ने, घटनामा लापरबाही गर्ने जिम्मेवार प्रहरी अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने र आगामी दिनमा बालबालिकाको सुरक्षाको भरपर्दो सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन्। सिमरा क्षेत्रमा अहिल व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ ।दिपेश पौडेल, नेपाल न्यूज बैंक

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १६:५८
  • #बालिका हत्या प्रकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल न्यूज बैंक
लेखकबाट थप
लिपुलेकबारे परराष्ट्रमन्त्री खनालले भने– ‘पुरानो ब्यागेज होइन, नेपालको साझा संकल्प हो’
रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित भए : पीडित
प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ, मुख्य राजमार्ग रुपमा ठप्प
सम्बन्धित सामग्री
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि ल... मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएक... मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला सोमवार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र ना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्