काठमाडौं– आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १९ अंकको गिरावट आएको छ।
नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ।
कारोबार रकमका आधारमा आज पाँच अर्ब ७ करोडको सेयर किनबेच भएको छ। जसमा २१७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। आज पाँच कम्पनीको मूल्य स्थिर बसेको छ।
बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने उछाल देखिएको छ। सर्वोत्तम पेन्टसको सेयर मूल्य १४.९९ प्रतिशत र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन्। सगरमाथा जलविद्युत कम्पनीको सेयर आज सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको ऋणपत्र शीर्ष स्थानमा रह्यो, जसको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।