• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’

64x64
नेपाल न्यूज बैंक शनिबार, साउन ३०, २०८३  १९:३३
1140x725

आकांक्षा धामी

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरेको छ ।

Gyas-line-(18)-1786801196.jpg
उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले ग्यास उद्योगीमार्फत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिएको हो । ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

Gyas-line-(16)-1786801195.jpg
बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सागर, हिमाल, लोकप्रिया र सूर्यलगायत ब्रान्डका ग्यास बिक्री गरिएको थियो । ग्यास वितरण हुने जानकारी पाएपछि बिहानैदेखि उपभोक्ताको उल्लेख्य भीड लागेको थियो ।

Gyas-line-(15)-1786801194.jpg

ग्यास लिन पुगेका उपभोक्ताको संख्या बढ्दै गएपछि वितरणस्थलमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । पानी परेपछि समेत उपभोक्ताहरू रुझ्दै लामो समयसम्म लाइनमा बसेका थिए ।

Gyas-line-(14)-1786801193.jpg

बबरमहलमा ग्यास लिन पुगेका मधुसुधन अधिकारीले आफू करिब ४५ मिनेटदेखि लाइनमा बसेको बताए । उनले यसअघि टेकु र साल्ट ट्रेडिङलगायतका स्थानमा ग्यास खोजे पनि सहज रूपमा पाउन नसकेको गुनासो गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

Gyas-line-(11)-1786801191.jpg

‘टेकु गएँ, त्यहाँ पनि भीड थियो । साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ । पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो ।’

Gyas-line-(10)-1786801191.jpg

उनका अनुसार ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको छ । ‘अहिले जसोतसो ओभनमा उमाल्ने चिजहरू उमालेर खाइरहेको छु,’उनले भने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Gyas-line-(13)-1786801192.jpg

त्यस्तै, छत्रबहादुर कार्कीले आफू करिब एक घण्टादेखि लाइनमा बसे पनि ग्यास नपाएको बताए । घरमा ग्यास सकिएपछि खाना पकाउन नसकेको उनको भनाइ छ ।

Gyas-line-(12)-1786801192.jpg

‘घरमा ग्यास अभाव भएर खाना पकाउन सकेका छैनौँ । दालमोठ र चिउरा खाएर बसेको अवस्था छ,’ कार्कीले भने, ‘ग्यास नपाएर जनता भोकै बस्नुपर्ने अवस्था नआओस् ।’

Gyas-line-(8)-1786801190.jpg

अर्का उपभोक्ता किशोर श्रेष्ठले भने करिब दुई घण्टा लाइनमा बसेपछि ग्यास पाएको बताए । बिदाको दिन भएकाले ग्यास लिन आउने उपभोक्ताको संख्या धेरै भएको उनको भनाइ छ ।

Gyas-line-(9)-1786801190.jpg

‘लामो समय लाइनमा बसेपछि ग्यास पाइयो । आज बिदाको दिन भएकाले ग्यास लिन आउनेको भीड धेरै छ,’ श्रेष्ठले भने, ‘ग्यास वितरण भइरहेको छ । विस्तारै सहज अवस्था आउँछ भन्ने विश्वास गरौँ।’

Gyas-line-(7)-1786801188.jpg

एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पछिल्लो समय उपभोक्ताले अभाव र लामो लाइनको सामना गरिरहेका छन् । 

Gyas-line-(6)-1786801188.jpg

शनिबार बबरमहलमा गरिएको वितरणले तत्कालका लागि केही उपभोक्तालाई राहत दिए पनि ठूलो संख्यामा उपभोक्ता ग्यासको प्रतीक्षामा रहेका देखिन्थे ।

 

 

 

 

 

 

 

 

 

 

Gyas-line-(3)-1786801186.jpg

Gyas-line-(2)-1786801186.jpg

Gyas-line-(5)-1786801187.jpg

Gyas-line-(4)-1786801187.jpg

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल न्यूज बैंक
लेखकबाट थप
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
लिपुलेकबारे परराष्ट्रमन्त्री खनालले भने– ‘पुरानो ब्यागेज होइन, नेपालको साझा संकल्प हो’
रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित भए : पीडित
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्