काठमाडौँ –यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा हङकङ संग खेल्ने भएको छ । नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो । नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ ।
उता हङकङ भने पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो । हङकङको टिम बिहीबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।