• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २६, २०८२ Wed, Nov 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पान च्यापेर महानगर यात्रा

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ०१:१५
1140x725

मानिस सधैं असल र महान देखिन चाहन्छ भित्र खोक्रै भए पनि। मलाई पनि डर नलागेको होइन, आफ्ना व्यक्तिगत कुरा सर्लक्कै सार्वजनिक गर्न। तर यसबाट आफूलाई सन्तुष्टि र अरुलाई कहिं–कतै प्रेरणा मिल्न पनि त सक्छ भनेर मनलाई रोक्न सकिएन। 

_x000D_ _x000D_

मैले सुन्दै आएको थिएँ– मान्छे ३० वर्ष कटेपछि खराब अम्मलबाट जोगियो। अर्थात् अब चुरोट, सुर्तिबाट टाढै बस्यो। अनि म आफ्नो उमेर हेरेर लौ अब यसबाट परै बसियो भन्ने ठानेर ढुक्क हुन्थें। 

_x000D_ _x000D_

तर ‘संगत गुनाको फल’ भन्ने उखान चाहिं ममा ठयाक्कै मिल्न आयो। सँगै काम गर्ने अलि मिल्ने साथीमध्ये धेरैजसो कस्ता परेछन् भने चुरोट, सुर्ति वा पानपराग केही न केही मुखमा हाल्नैपर्ने। सबै साथीभाइ अम्मली भएपछि कसको के लाग्दोरहेछ र? 

_x000D_ _x000D_

घरी यो आउँछ घरी त्यो। मेरो कामै जो आउँछ ऊसँग बाहिर जाने। उसले खाने अम्मलको साक्षी बस्ने र भित्र अाउने। यो क्रम चलिरहँदा, साथीहरुले ‘ओई चाख त यो’ भनेर अलिअलि पान पराग, गुट्खा चखाउँदा चखाउँदै कताकता मीठो लाग्न थाल्यो। विस्तारै म पनि नियमित चपाउने भएँ। 

_x000D_ _x000D_

मुखमा राखेपछि यसका अनेकौं समस्या आइपर्थे। ठाउँ कुठाउँ पिच्च पिच्च थुकिरहनुपर्ने। मुखबाट आउने गन्धले अरु मान्छे नजिक नआइदिए हुन्थ्यो झैं लाग्ने। आफू परियो मास्टर, विद्यार्थीसँग पटकपटक नजिकिइरहनुपर्ने। उनीहरुले गन्ध थाहा पाउलान् भन्ने कत्रो डर? नखाई पनि नहुने, अरुको अगाडि गतिलो पनि हुनुपर्ने।

_x000D_ _x000D_
_x000D_

अम्मल भन्ने चिज पनि कति कडा हुनेरहेछ भने, छाडेको महिनौंपछि नर्वेको ओस्लोमा एक मित्रको कोठामा गुट्खा देखेपछि मन थाम्न निकै गाह्रो भयो। वर्षौंपछि भेटिएका प्रेमी–प्रेमिकाको पुनर्मिलन झैं भयो, त्यो एक थान गुट्खा र मेरो सम्बन्ध। 

_x000D_
_x000D_ _x000D_

एक दिन मुखभरि गुट्खा हालेर क्याम्पस परिसरमा छिरिहालें। संयोग पनि कस्तो– रिसेप्सनमै डिन भेटिए। मुखबाट आवाज नलिकालेर नै नमस्ते गरें। अरु दिन कार्यालयबाहेक बाहिर खासै गफ नगर्ने हाकिम ‘रमेशजी, यता सुन्नुस् त’ भन्दै बोलाउँछन् त! मुखभरिको गनाउने गुट्खा घुटुक्टै निल्दै ‘हजुर सर’ भन्दै नजिकै पुगें। सरको कुरामा ‘हजुर’ र ‘हस’ बाहेक केही भन्न आएन किनभने गुट्खाको गन्ध हाकिमको नाकभित्र पस्ला भन्ने डर एकाातिर थियो भने निलेको त्यो जिनिसले घाँटीमा असहज बनाइरहेको थियो। त्यहाँबाट माथि उक्लेर रेस्ट रुममा धित मरुन्जेल वान्ता गरेपछि बल्ल प्राण फर्केझैं भयो। 

_x000D_ _x000D_

त्यतिसम्म त ठिकै थियो। भित्र पसेर इमेल खोल्छु त एउटा अनौठो सूचना फेला पर्‍यो। प्रशासनको एकजनाले सबैलाई एउटा इमेल पठाएका रैछन्, जसमा लेखिएको थियो, ‘स्टाफ शौचालयमा पान, पानपराग, सुर्ती, गुट्खा खाएर जथाभावी फोहर गरेको पाइएकोले त्यस्तो नगर्न आग्रह गरिएको छ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

दिउँसोको बान्ता काण्डपछि यो जिनिस अब कहिल्यै खान्न भन्ने बाचाकसम खाइसकेको थिएँ मैले। यस्तो इमेल पढेपछि त बाचा झन कडा भयो। त्यो दिनदेखि गुट्खा मुखमा राख्न बन्द गरेको थिएँ।

_x000D_ _x000D_

अम्मल कति कडा हुनेरहेछ भने, छाडेको महिनौंपछि नर्वेको ओस्लोमा एक मित्रको कोठामा गुट्खा देखेपछि मन थाम्न निकै गाह्रो भयो। वर्षौंपछि भेटिएका प्रेमी–प्रेमिकाको पुनर्मिलन झैं भयो, त्यो एक थान गुट्खा र मेरो सम्बन्ध। 

_x000D_ _x000D_

नर्वेबाट फकेपछि म फुर्सदमा रहें। जता गए नि भयो, जे गरे नि भयो, फुक्काफाल र यो पनि खाली दिमाग सैतानको घर। ठूलै बाचाकसमले छोडेको गुट्खा खान भएन, तर शरीरले त्यस्तै केही न केही माग्न थाल्यो। त्यसको विकल्पमा अर्को जिनिस पत्ता लाग्यो। अब गुट्खा होइन, जर्दा पान खाने।

_x000D_ _x000D_

त्यसका अनेकन फाइदा पत्ता लगाएको थिएँ मैले। यो खाएपछि गुट्खा खाएजस्तो इज्जतमा दाग नलाग्ने, धेरै नगन्हाउने, गुट्खाको तलतल पनि मेटाउने। त्यति मात्र कहाँ हो र यसो पार्टी सार्टी गइयो भने वा साथीभाइसँग बेलुकातिर बसियो भने घरको मापसे चेकजाँचबाट बचिने। ‘ए पान खाएर आएछ’ भन्ने हुने र पान भन्दा अघि खाएको जिनिस ढाकछोप हुने, गज्जबको अस्त्र।

_x000D_ _x000D_

एकदिन एकजना विदेशीलाई रिसिभ गर्न एयरपोर्ट जानुपर्ने थियो। बालकुमारीबाट गाडी चड्नुपर्ने, यसो सोचें– एयरपोर्ट आसपास पान पसल छैनन्, अब यतैबाट पान च्यापेर गाडी चड्नुपर्‍यो। पान मुखमा कोचेर बाटो पार गर्नासाथ आफू नियमित चढ्ने महानगर यातायात आइपुग्यो, त्यो पनि सिट खाली। हत्त न पत्त गाडी चढेर सिट सुरक्षित गरिहालें। सिटको चिन्ता गर्दा के होस भएन भने, मेरो मुखभरि पान छ र त्यो थुक्ने कता हो?

_x000D_ _x000D_

कोटेश्वर पुग्दा मुख भरिइसकेको थियो थुकले। कोटेश्वरको जाममा चारैतिर आँखा डुलाएर बडो मिहिनेतले एक पटक झ्यालबाट थुक्न सफल भएँ। झ्यालको सिटमा परेकोमा आफैंलाई धन्य मानें। अब त गाडीबाट ओर्लिने बेलासम्म आफूलाई ढुक्क बनाएँ। तर अनुमानले फेल खायो, तीनकुने पुग्दा नै मुख फेरि भरियो र के गरौं, कसो गरौं भयो। गुट्खा मात्र भए त एतिहास दोहोर्‍याउन हुन्थ्यो तर यसपालि त पानभन्दा पनि सुपारीका टुक्रा कसरी निल्नु हँ? सम्भव थिएन।

_x000D_ _x000D_

झ्यालबाट कोशिस गरिरहँदा गाडीको डरलाग्लो भिड मात्र छ। सडक खालीजस्तो लाग्याे, ठूलो साहस गरेर मुखभरिको पान, सुपारी र थुक ओकलें। तर जे नहुनुपर्ने थियो, ठ्याक्कै त्यही भयो। अर्थात् मैले खाली देखेर मुख खाली गरेको ठाउँमा हुइँकिएर मोटरसाइकल आयो र सेतो कमिज लगाएको मानिसको जिउभरि मेरो कुकर्म छरपष्टै भयो। मैले त्यो बेला ग्लानी मात्र महसुस गरिनँ, मेरो शरीर थरथरि काप्न थाल्यो काम ज्वरो आएजस्तै। बस सिनामंगल ओरोलोमा पुग्दा त्यही मोटरसाइकल बसको अगाडि ल्याएर तेर्स्यायो। 

_x000D_ _x000D_
_x000D_

बसमा थरथरी कापिरहँदा अब कहिल्यै र कुनै सर्तमा पनि पान भन्ने जिनिस मुखमा नपार्ने बाचाकसम खाइरहेको थिएँ, जुन अहिलेसम्म सफलतापूर्वक कायम छ। अहिले पनि पान पसल र महानगर बस देख्नासाथ त्यो बेलाको हविगत झलझली देख्छु।

_x000D_
_x000D_ _x000D_

‘ओइ कुन बदमास हो हँ थुक्ने’ भन्दै मोटरसाइकलको पछाडि बसेकी महिला बसभित्र छिरिन्। मेरो चाहिं होसहवास गुमेको अवस्थामा थिएँ। मास्क त लगाएकै थिएँ तर थरथरी कापेको शरीर मास्कले कहाँ छोप्थ्यो र? 

_x000D_ _x000D_

अब चाहिं मैले आफैंलाई अपराधी करार गरेर त्यसबाट हुनसक्ने क्षति र सजायको आकलन गरिरहेको थिएँ। अब मलाई गलत्याएर गाडीबाट झारिने छ। बसको अगाडि लगेर त्यो मानिसको खुट्टा ढोगाइने छ, पानी किन्न लगाएर मैले गरेको फोहर सफा गर्न लगाइने छ। मलाई पुलिस चौकी लगिने छ र नराम्रोसँग कुटिने छ। यस्तै कल्पनामा डुब्न थालें म। मनमनमै यी सबै सोचिरहँदा म तब झल्यास्स भएँ जब ती महिला बसको लास्ट सिटबाट सबैको मुख जाँच गर्दै मसम्म आइपुगिछन्, ‘ओ भाइ मास्क खोल त’ भन्दै। मास्क त खोल्नै पर्‍यो तर पान र सुपारी नभए पनि पानको रहलपहल र गन्ध त कहाँ जान्छ र? मास्क खोलेर आधा मुख बाएर 'आँ' गर्दिएँ।

_x000D_ _x000D_

ती महिला मुखको जाँच गर्दै अघि बढिन्। पहिलो चरणको परीक्षा पास गरेजस्तो लाग्यो मलाई। यसबीचमा केही यात्रीहरुले ‘गाडी धेरैबेर किन रोकेको’ भन्दै खैलाबैला गर्न लागे मेरो दिमागले मौका यही हो केटा भन्ने सन्देश पठायो। म जुरुक्कै उठेर मोबाइलमा कुरा गरेजस्तो गरी कुलेलम ठोकें। यसरी कुदें कि मानौं, मपछाडिको जमिन भासिंदै छ र म बाँच्न कोसिस गर्दैछु। गाडीको पैसा उठाउने स्टाफ पनि अगाडि मुख जाँच्न व्यस्त भएकोले म भागेको थाहा भएन। अलिकति तल पुगेपछि ‘एक जना भाग्यो’ भन्ने आवाज सुनें।

_x000D_ _x000D_

‘ओ दाइ यता आउनुस्, गल्ती गरेपछि भाग्न पाइन्छ?’ भनेको सुन्दै थिएँ, म बेतोडले भागिरहें र गल्लीतिर मोडिएँ। त्यो गल्ली त एउटा ग्यारेजमा गएर टुंगिने रहेछ, जहांबाट गाडीको ताँती देखिन्थ्यो मतलब ती मानिसले गाडी अझै जान दिएका छैनन्। त्यो गल्लीबाट फर्केर अर्को गल्लीतिर लाग्न खोज्दा सुन्दै थिएँ, ‘थुक्ने मान्छे भागिसक्यो, यहाँ गाडी रोकेर हुन्छ?’ अर्को गल्लीमा पुगेर एउटा चिया पसलमा छिरेपछि अब बाँचियो भन्ने लागे पनि म भागेको बाटो सबैले देखेकोले त्यो मानिस बाइक कुदाएर यतै आउला कि? भन्ने डर लागिरह्यो। त्यस दिन केही नभए पनि कैयौं दिनसम्म मलाई त्यो बसमा सिसिटिभी होला र पछि त्यो थुक पीडितले कारबाही गर्ला भन्ने डर लागिरह्यो। 

_x000D_ _x000D_

बसमा थरथरी कापिरहँदा अब कहिल्यै र कुनै सर्तमा पनि पान भन्ने जिनिस मुखमा नपार्ने बाचाकसम खाइरहेको थिएँ, जुन अहिलेसम्म सफलतापूर्वक कायम छ। अहिले पनि पान पसल र महानगर बस देख्नासाथ त्यो बेलाको हविगत झलझली देख्छु।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित
तोलामा २१ सय घट्यो सुन
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित बुधबार, कात्तिक २६, २०८२
तोलामा २१ सय घट्यो सुन बुधबार, कात्तिक २६, २०८२
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्