• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पान च्यापेर महानगर यात्रा

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ०१:१५
1140x725

मानिस सधैं असल र महान देखिन चाहन्छ भित्र खोक्रै भए पनि। मलाई पनि डर नलागेको होइन, आफ्ना व्यक्तिगत कुरा सर्लक्कै सार्वजनिक गर्न। तर यसबाट आफूलाई सन्तुष्टि र अरुलाई कहिं–कतै प्रेरणा मिल्न पनि त सक्छ भनेर मनलाई रोक्न सकिएन। 

_x000D_ _x000D_

मैले सुन्दै आएको थिएँ– मान्छे ३० वर्ष कटेपछि खराब अम्मलबाट जोगियो। अर्थात् अब चुरोट, सुर्तिबाट टाढै बस्यो। अनि म आफ्नो उमेर हेरेर लौ अब यसबाट परै बसियो भन्ने ठानेर ढुक्क हुन्थें। 

_x000D_ _x000D_

तर ‘संगत गुनाको फल’ भन्ने उखान चाहिं ममा ठयाक्कै मिल्न आयो। सँगै काम गर्ने अलि मिल्ने साथीमध्ये धेरैजसो कस्ता परेछन् भने चुरोट, सुर्ति वा पानपराग केही न केही मुखमा हाल्नैपर्ने। सबै साथीभाइ अम्मली भएपछि कसको के लाग्दोरहेछ र? 

_x000D_ _x000D_

घरी यो आउँछ घरी त्यो। मेरो कामै जो आउँछ ऊसँग बाहिर जाने। उसले खाने अम्मलको साक्षी बस्ने र भित्र अाउने। यो क्रम चलिरहँदा, साथीहरुले ‘ओई चाख त यो’ भनेर अलिअलि पान पराग, गुट्खा चखाउँदा चखाउँदै कताकता मीठो लाग्न थाल्यो। विस्तारै म पनि नियमित चपाउने भएँ। 

_x000D_ _x000D_

मुखमा राखेपछि यसका अनेकौं समस्या आइपर्थे। ठाउँ कुठाउँ पिच्च पिच्च थुकिरहनुपर्ने। मुखबाट आउने गन्धले अरु मान्छे नजिक नआइदिए हुन्थ्यो झैं लाग्ने। आफू परियो मास्टर, विद्यार्थीसँग पटकपटक नजिकिइरहनुपर्ने। उनीहरुले गन्ध थाहा पाउलान् भन्ने कत्रो डर? नखाई पनि नहुने, अरुको अगाडि गतिलो पनि हुनुपर्ने।

_x000D_ _x000D_
_x000D_

अम्मल भन्ने चिज पनि कति कडा हुनेरहेछ भने, छाडेको महिनौंपछि नर्वेको ओस्लोमा एक मित्रको कोठामा गुट्खा देखेपछि मन थाम्न निकै गाह्रो भयो। वर्षौंपछि भेटिएका प्रेमी–प्रेमिकाको पुनर्मिलन झैं भयो, त्यो एक थान गुट्खा र मेरो सम्बन्ध। 

_x000D_
_x000D_ _x000D_

एक दिन मुखभरि गुट्खा हालेर क्याम्पस परिसरमा छिरिहालें। संयोग पनि कस्तो– रिसेप्सनमै डिन भेटिए। मुखबाट आवाज नलिकालेर नै नमस्ते गरें। अरु दिन कार्यालयबाहेक बाहिर खासै गफ नगर्ने हाकिम ‘रमेशजी, यता सुन्नुस् त’ भन्दै बोलाउँछन् त! मुखभरिको गनाउने गुट्खा घुटुक्टै निल्दै ‘हजुर सर’ भन्दै नजिकै पुगें। सरको कुरामा ‘हजुर’ र ‘हस’ बाहेक केही भन्न आएन किनभने गुट्खाको गन्ध हाकिमको नाकभित्र पस्ला भन्ने डर एकाातिर थियो भने निलेको त्यो जिनिसले घाँटीमा असहज बनाइरहेको थियो। त्यहाँबाट माथि उक्लेर रेस्ट रुममा धित मरुन्जेल वान्ता गरेपछि बल्ल प्राण फर्केझैं भयो। 

_x000D_ _x000D_

त्यतिसम्म त ठिकै थियो। भित्र पसेर इमेल खोल्छु त एउटा अनौठो सूचना फेला पर्‍यो। प्रशासनको एकजनाले सबैलाई एउटा इमेल पठाएका रैछन्, जसमा लेखिएको थियो, ‘स्टाफ शौचालयमा पान, पानपराग, सुर्ती, गुट्खा खाएर जथाभावी फोहर गरेको पाइएकोले त्यस्तो नगर्न आग्रह गरिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दिउँसोको बान्ता काण्डपछि यो जिनिस अब कहिल्यै खान्न भन्ने बाचाकसम खाइसकेको थिएँ मैले। यस्तो इमेल पढेपछि त बाचा झन कडा भयो। त्यो दिनदेखि गुट्खा मुखमा राख्न बन्द गरेको थिएँ।

_x000D_ _x000D_

अम्मल कति कडा हुनेरहेछ भने, छाडेको महिनौंपछि नर्वेको ओस्लोमा एक मित्रको कोठामा गुट्खा देखेपछि मन थाम्न निकै गाह्रो भयो। वर्षौंपछि भेटिएका प्रेमी–प्रेमिकाको पुनर्मिलन झैं भयो, त्यो एक थान गुट्खा र मेरो सम्बन्ध। 

_x000D_ _x000D_

नर्वेबाट फकेपछि म फुर्सदमा रहें। जता गए नि भयो, जे गरे नि भयो, फुक्काफाल र यो पनि खाली दिमाग सैतानको घर। ठूलै बाचाकसमले छोडेको गुट्खा खान भएन, तर शरीरले त्यस्तै केही न केही माग्न थाल्यो। त्यसको विकल्पमा अर्को जिनिस पत्ता लाग्यो। अब गुट्खा होइन, जर्दा पान खाने।

_x000D_ _x000D_

त्यसका अनेकन फाइदा पत्ता लगाएको थिएँ मैले। यो खाएपछि गुट्खा खाएजस्तो इज्जतमा दाग नलाग्ने, धेरै नगन्हाउने, गुट्खाको तलतल पनि मेटाउने। त्यति मात्र कहाँ हो र यसो पार्टी सार्टी गइयो भने वा साथीभाइसँग बेलुकातिर बसियो भने घरको मापसे चेकजाँचबाट बचिने। ‘ए पान खाएर आएछ’ भन्ने हुने र पान भन्दा अघि खाएको जिनिस ढाकछोप हुने, गज्जबको अस्त्र।

_x000D_ _x000D_

एकदिन एकजना विदेशीलाई रिसिभ गर्न एयरपोर्ट जानुपर्ने थियो। बालकुमारीबाट गाडी चड्नुपर्ने, यसो सोचें– एयरपोर्ट आसपास पान पसल छैनन्, अब यतैबाट पान च्यापेर गाडी चड्नुपर्‍यो। पान मुखमा कोचेर बाटो पार गर्नासाथ आफू नियमित चढ्ने महानगर यातायात आइपुग्यो, त्यो पनि सिट खाली। हत्त न पत्त गाडी चढेर सिट सुरक्षित गरिहालें। सिटको चिन्ता गर्दा के होस भएन भने, मेरो मुखभरि पान छ र त्यो थुक्ने कता हो?

_x000D_ _x000D_

कोटेश्वर पुग्दा मुख भरिइसकेको थियो थुकले। कोटेश्वरको जाममा चारैतिर आँखा डुलाएर बडो मिहिनेतले एक पटक झ्यालबाट थुक्न सफल भएँ। झ्यालको सिटमा परेकोमा आफैंलाई धन्य मानें। अब त गाडीबाट ओर्लिने बेलासम्म आफूलाई ढुक्क बनाएँ। तर अनुमानले फेल खायो, तीनकुने पुग्दा नै मुख फेरि भरियो र के गरौं, कसो गरौं भयो। गुट्खा मात्र भए त एतिहास दोहोर्‍याउन हुन्थ्यो तर यसपालि त पानभन्दा पनि सुपारीका टुक्रा कसरी निल्नु हँ? सम्भव थिएन।

_x000D_ _x000D_

झ्यालबाट कोशिस गरिरहँदा गाडीको डरलाग्लो भिड मात्र छ। सडक खालीजस्तो लाग्याे, ठूलो साहस गरेर मुखभरिको पान, सुपारी र थुक ओकलें। तर जे नहुनुपर्ने थियो, ठ्याक्कै त्यही भयो। अर्थात् मैले खाली देखेर मुख खाली गरेको ठाउँमा हुइँकिएर मोटरसाइकल आयो र सेतो कमिज लगाएको मानिसको जिउभरि मेरो कुकर्म छरपष्टै भयो। मैले त्यो बेला ग्लानी मात्र महसुस गरिनँ, मेरो शरीर थरथरि काप्न थाल्यो काम ज्वरो आएजस्तै। बस सिनामंगल ओरोलोमा पुग्दा त्यही मोटरसाइकल बसको अगाडि ल्याएर तेर्स्यायो। 

_x000D_ _x000D_
_x000D_

बसमा थरथरी कापिरहँदा अब कहिल्यै र कुनै सर्तमा पनि पान भन्ने जिनिस मुखमा नपार्ने बाचाकसम खाइरहेको थिएँ, जुन अहिलेसम्म सफलतापूर्वक कायम छ। अहिले पनि पान पसल र महानगर बस देख्नासाथ त्यो बेलाको हविगत झलझली देख्छु।

_x000D_
_x000D_ _x000D_

‘ओइ कुन बदमास हो हँ थुक्ने’ भन्दै मोटरसाइकलको पछाडि बसेकी महिला बसभित्र छिरिन्। मेरो चाहिं होसहवास गुमेको अवस्थामा थिएँ। मास्क त लगाएकै थिएँ तर थरथरी कापेको शरीर मास्कले कहाँ छोप्थ्यो र? 

_x000D_ _x000D_

अब चाहिं मैले आफैंलाई अपराधी करार गरेर त्यसबाट हुनसक्ने क्षति र सजायको आकलन गरिरहेको थिएँ। अब मलाई गलत्याएर गाडीबाट झारिने छ। बसको अगाडि लगेर त्यो मानिसको खुट्टा ढोगाइने छ, पानी किन्न लगाएर मैले गरेको फोहर सफा गर्न लगाइने छ। मलाई पुलिस चौकी लगिने छ र नराम्रोसँग कुटिने छ। यस्तै कल्पनामा डुब्न थालें म। मनमनमै यी सबै सोचिरहँदा म तब झल्यास्स भएँ जब ती महिला बसको लास्ट सिटबाट सबैको मुख जाँच गर्दै मसम्म आइपुगिछन्, ‘ओ भाइ मास्क खोल त’ भन्दै। मास्क त खोल्नै पर्‍यो तर पान र सुपारी नभए पनि पानको रहलपहल र गन्ध त कहाँ जान्छ र? मास्क खोलेर आधा मुख बाएर 'आँ' गर्दिएँ।

_x000D_ _x000D_

ती महिला मुखको जाँच गर्दै अघि बढिन्। पहिलो चरणको परीक्षा पास गरेजस्तो लाग्यो मलाई। यसबीचमा केही यात्रीहरुले ‘गाडी धेरैबेर किन रोकेको’ भन्दै खैलाबैला गर्न लागे मेरो दिमागले मौका यही हो केटा भन्ने सन्देश पठायो। म जुरुक्कै उठेर मोबाइलमा कुरा गरेजस्तो गरी कुलेलम ठोकें। यसरी कुदें कि मानौं, मपछाडिको जमिन भासिंदै छ र म बाँच्न कोसिस गर्दैछु। गाडीको पैसा उठाउने स्टाफ पनि अगाडि मुख जाँच्न व्यस्त भएकोले म भागेको थाहा भएन। अलिकति तल पुगेपछि ‘एक जना भाग्यो’ भन्ने आवाज सुनें।

_x000D_ _x000D_

‘ओ दाइ यता आउनुस्, गल्ती गरेपछि भाग्न पाइन्छ?’ भनेको सुन्दै थिएँ, म बेतोडले भागिरहें र गल्लीतिर मोडिएँ। त्यो गल्ली त एउटा ग्यारेजमा गएर टुंगिने रहेछ, जहांबाट गाडीको ताँती देखिन्थ्यो मतलब ती मानिसले गाडी अझै जान दिएका छैनन्। त्यो गल्लीबाट फर्केर अर्को गल्लीतिर लाग्न खोज्दा सुन्दै थिएँ, ‘थुक्ने मान्छे भागिसक्यो, यहाँ गाडी रोकेर हुन्छ?’ अर्को गल्लीमा पुगेर एउटा चिया पसलमा छिरेपछि अब बाँचियो भन्ने लागे पनि म भागेको बाटो सबैले देखेकोले त्यो मानिस बाइक कुदाएर यतै आउला कि? भन्ने डर लागिरह्यो। त्यस दिन केही नभए पनि कैयौं दिनसम्म मलाई त्यो बसमा सिसिटिभी होला र पछि त्यो थुक पीडितले कारबाही गर्ला भन्ने डर लागिरह्यो। 

_x000D_ _x000D_

बसमा थरथरी कापिरहँदा अब कहिल्यै र कुनै सर्तमा पनि पान भन्ने जिनिस मुखमा नपार्ने बाचाकसम खाइरहेको थिएँ, जुन अहिलेसम्म सफलतापूर्वक कायम छ। अहिले पनि पान पसल र महानगर बस देख्नासाथ त्यो बेलाको हविगत झलझली देख्छु।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्