काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर बढेको सुनको मूल्य बुधबार घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो भने आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।