काठमाडौं– हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ।
महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलले जनाएका छन् ।
डुवाना भने हंगेरी पुगिसकेकी छन् । टोली प्रमुखमा दिलिप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराई रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।