काठमाडौं– आइसीसी टी–२० महिला एसिया क्वालिफायरमा नेपाली महिला टीमले कीर्तिमानी साझेदारी गरेको छ।
नेपालको लागि पहिलो र एसिया क्षेत्रका लागि तेस्रो ठूलो साझेदारी भएको हो। आज थाइल्यान्डविरुद्ध ८८ रनको कीर्तिमानी साझेदारी भएको हो।
नेपालकी ओपनर साना प्रविण र सावित्री धामीले उक्त साझेदारी गरेका हुन्। पहिलो विकेटका साना प्रवीणले आज अर्धशतकसमेत प्रहार गरेकी छिन्। अहिलेसम्म यू–१९ मा अर्धशतक प्रहार गर्ने साना दोस्रो खेलाडी हुन्।
उनले ४२ बलमा ७ चौकाको सहयोगमा अर्धशतक प्रहार गरिन्। यसअघि २०१० मा यही उमेर समूहमा नेपालका लागि यूएईविरुद्ध नेरी थापाले अर्धशतक प्रहार गरेकी थिइन्।
एसिया क्वालिफायरमा पहिलो ठूलो साझेदारी यूएईको रहेको छ। सन् २०२२ जुन ३ मा क्वालालम्पुरमा भएको खेलमा यूएईका ओपनर थ्रिथा सतीश र एल केनीबीच १८५ रनको साझेदारी भएको थियो।
यस्तै दोस्रोमा कुवेतले भुटानविरुद्ध २०२२ कै जुन ९ मा क्वालालम्पुरमा साझेदारी गरेको थियो। कुवेतकी एसके राना र अलीना खानले १०७७ रनको साझेदारी गरेका हुन्। तेस्रोमा थाइल्यान्डकै भुटानविरुद्ध २०२२ जुन ४ मा भएको ७८ रनको साझेदारीलाई तोड्दै नेपालले ८८ रनको साझेदारीसहित तेस्रो कीर्तिमान बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।