काठमाडौं– श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।
टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका र जमरा लगाइ दिए।
यस्तै संघका पदाधिकारीले खेलाडीहरुलाई दशैँको टीका समेत लगाइदिए।
पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।
श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो।
आयोजक श्रीलंका पाँचाै भयो। प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।