• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘खजुरे ब्रो’ का निर्माता नवीन भन्छन्- चले ‘लुट’, नचले ‘ऐना झ्यालको पुतली’

अशेष अधिकारी सोमबार, वैशाख २४, २०८१  १७:४५
1140x725

काठमाडौं– भनिन्छ जीवनमा धेरै कुराहरु संयोगले जुराइदिँदै लान्छन्। 'खजुरे ब्रो'का निर्माता-अभिनेता नविन मानन्धरको हकमा पनि नेपाली रजतपटक प्रवेश संयोगहरुकै देन भयो।

नविनलाई अभिनयको हुटहुटी त थियो तर त्यो एकदमै गम्भिर पनि थिएन। स्कूले जीवनमा नविनको सक्रियता स्कूलका नाटकहरुमा थियो। त्यो तीब्र चाहाना भन्दा पनि रहरका उपजहरु थिए।

साथीभाइहरुमाझ हाँसो ठट्टा र रमाइलोका लागि नविन अग्रपंक्तिमा पर्थे। यसो हुँदाहुँदै साथीहरुलाई हसाउन सक्ने आफ्नो शैलीका कारण उनलाई टेलिभिजनबाट प्रसारित हुने 'तीतो सत्य', 'जिरे खोर्सानी', 'मेरी बास्सै' आदिहरु हेर्दाचाँहि 'एकचोटि मात्र भएपनि टिभीमा आफू देखिन पाएहुन्थ्यो नि' भनेर नविन कल्पिन्थे।

उनले सम्झिए- पछि कहाँकहाँबाट सिनेमा खेल्दै सिनेमा बनाउने अवस्थासम्म आइपुगे।
*
यी सबै संयोगले जुर्‍यो नविनलाई। 

अहिले 'खजुरे ब्रो'मा कार्यकारी निर्माता रहेका डायमण्ड उप्रेतीसँग नविनको चिनजान थियो। डायमण्डले एउटा 'द ट्रिप' भन्ने स्टुडेन्ट प्रोजेक्ट गरेका थिए। सो प्रोजेक्टमा मोटो जिउडालका नविनले 'मोटे' नामको पात्रमा अभिनय गर्न मौका पाए।

डायमण्डको प्रोजेक्टमा जीवन अधिकारी पनि थिए। पछि उनी 'षडङ्ग'मा कास्टिङ डाइरेक्टर बने।

जीवनले सो सिनेमामा 'भालु डन' पात्रका लागि अभिनेता दयाहाङ राईलाई 'एक्टर्स पुल'को पहिलो प्राथमिक्तामा राखेका थिए।

विविध कारणले दयाले यो सिनेमामा खेलेनन्। कलाकारको खोजीमा रहेका जीवनले नविनलाई सम्झिए र अडिसनका लागि बोलाए।

Ncell 2
Ncell 2
nimb
nimb

भित्रभित्रै अभिनयको रहर पालिरहेका नविनले यो प्रस्ताव नकार्ने कुरै थिएन।

नविनले अडिसन दिए।

'तीन जना अडिसनमा आएका थिए, म छनौटमा परें', नविनले खुशी हुँदै भने।

छनौट भएका नविनलाई निर्देशक सुरज सुनुवारले थप अभिनय सिक्नु भने।

Xtrem

Xtrem

त्यसपछि नविनले अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महिना अभिनय सिकें। 'त्यहाँबाट मेरो अभिनय यात्रा सुरु भयो', नविनले अभिनय यात्राको सम्झना गरे।

रहर पुर्‍याउन सिनेमा खेलेका नविनलाई आफूले अभिनय गरेको पात्रले आफूलाई कलाकारको परिचय देला भनेर नसोचेको बताए।

'कहाँबाट हुनु मलाई त रहर मात्र हो नि, रहर मात्र पुर्‍याउँछु भनेको ढुङ्गा खोज्दा देउता पाएजस्तो भयो। यसो टेलिफिल्ममा मात्र अनुसार देखाउन भन्ने थियो त्यो पनि यस्सो रहर मात्रैका लागि गर्न खोजिरहेको मान्छे', उनले दंग पर्दै भने,'मैले त फिल्म नै पाएं। मलाई यस्तो प्रमोशन आदिको मतलबै थिएन नि । अभिनय पनि आफूले जानेको सकेको गर्दिएं। तर मान्छेले त्यसैलाई मनपराइदिनुभयो। मलाई सिनेनगरीले तानेर ल्यायो- ल है गर्नुपर्छ भनेर।'

रिलिजपछि सिनेमाले आशातीत व्यापारिक प्रदर्शन गर्न नसकेपनि नविनले अभिनय गरेको 'भालु डन' पात्रले चर्चा बटुल्यो। उनको काम मानिसले 'नोट' गरे।

'भालु डन'कै कारण उनले पशुपतिप्रसादमा काम पाए। सानो भूमिका भए पनि उनले असर छोडे।

यी दुई सिनेमाको कामले मेकरको नजरमा परेको नविन बताउँछन्।

त्यसपछि सुदर्शन थापाको 'म यस्तो गीत गाँउछु' पनि खेले।

यस्तैमा उनलाई 'प्रसाद' सिनेमामा काम गर्ने प्रस्ताव आयो तर विविध कारणले उनले यो सिनेमाको सट्टा अष्ट्रेलिया रोजे। सो भूमिकामा पछि निश्चल बस्नेतले अभिनय गरे।
'म अस्ट्रेलिया नगईनहुनी भएर छोडेको हुँ। निश्चलजीले सो भूमिकामा सार्है राम्रो काम गर्नुभयो', नविनले भने। 

अष्ट्रेलिया रहँदा नै 'लप्पन छप्पन-२' गरेपनि विविध कारणले बिचमै छाडे।
उनी अष्ट्रेलियामा व्यवसाय गर्न थाले।

व्यवसायमै रमिरहँदा पनि उनी आफूलाई सिनेमामा डेब्यूको मौका दिने सुरज सुनुवारसँग सम्पर्कमै थिए।

उनीहरुबिच नयाँ सिनेमा बनाउनेबारेमा विविध छलफलहरु चलिनै रहेको थियो। यसबीचमा नविन काममा व्यस्त भए त कहिले कोरोना कहरले सिनेमाका कुराहरु अगाडि बढ्ने वातावरण पनि भएन। पछि वातावरण सहज हुन थालेपछि नयाँ सिनेमा बनाउने छलफल उनीहरुबिच चल्न थाल्यो।

'हामीले षडङ्ग-२ बनाउने कि भनेर पनि छलफल गर्यौं। अब फ्लप सिनेमालाई किन सिक्वल गर्नु भन्ने कुरा भयो। ल त होस् न त ठिकै छ, बनाउन त बनाउने तर पछि बनाउने कुरा भयो। पछि 'ज्याद्रो' नामको सिनेमा बनाउने भन्ने कुरा भयो, त्यसको बजेट धेरै निस्कियो', नविनले 'खजुरे ब्रो' बन्नुअघिका घटनाक्रम सम्झिए।

३०-४० वर्ष अगाडिको सेटिङमा कथा भन्नुपर्ने भएकाले त्यसको बजेट निक्कै बढि निस्किएकाले स्थगीत भयो।

यस्ता छलफलका बिच 'खजुरे ब्रो'को कुरा निस्कियो। सुन्दा नविनलाई रमाइलो लाग्यो, अनि बजेटको पनि समस्या नहुनेभएपछि नविन निर्माता बन्न कस्सिए।

'त्यसरी दौडिएको, दौडियादौडियौं भयो, अब त सिनेमा रिलिज हुनै लागेको छ', नविनले भने।

प्रेम, पैसा र सहकारी ठगीको सेरोफेरोमा घूमेको 'खजुरे ब्रो' सिनेमामा आफूले गरेको कामबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वासमा आफू रहेको नविन बताउँछन्।

सिनेमाको निर्माता पनि भएकाले उनी आफ्नो भूमिकामात्र होइन संमग्र सिनेमाले नै दर्शकको मनजित्ने आशामा छन्।

'खजुरे ब्रो'मा उनी नकारात्मक भूमिकामा छन्। यो भूमिका बन्दुक बोक्ने, मान्छे पिट्ने भन्दा केही फरक छ। समाजमा हेर्दा सुकिलामुकिला र भित्रभित्र मैला काम गर्ने खलचरित्रका मान्छेका रुपमा नविन पर्दामा पेस हुनेछन्।

सिनेमामा अहिलेको 'हटकेक' सहकारी ठगीका विषय भएकाले पनि सिनेमा दर्शकका लागि रुचिकर हुने उनको विश्वास छ।

यो सिनेमामा निर्माता र अभिनेता एकसाथ गर्नुपरेकाले खटाइ र घोटाइ नविनलाई ज्यादा भयो यसपटक। त्यसैले नविनले अब एकसाथ निर्माण र अभिनय नगर्ने सोच बनाएका छन्।

उनी आफ्नो सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा ढुक्क छन्। जस्तो सिनेमा बनेको छ त्यसबाट निर्माताका रुपमा नविन खुशी देखिन्छन्। भन्छन्- चल्यो भने 'लुट' जसरी चल्छ, चलेन भने पनि 'ऐना झ्यालको पुतली' जस्तो हुन्छ। फिल्म त्यस्तो राम्रो छ तर चलेन।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्