काठमाडौं-'एनिमल' फेम निर्देशक सन्दीप रेड्डरी वाङ्गाले 'बाहुबली' स्टार प्रभाससँग बनाउन लागेको आफ्नो आगामी प्यान इन्डिया एक्शन थ्रिलर सिनेमा 'स्पिरिट'ले पहिलो दिनमै सजिलै १ सय ५० करोड भारु कमाउने दाबी गरेका छन्।
हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार यो सिनेमाले आफ्नो लगानी स्याटेलाइट र डिजिटल राइटबाट नै उठाउने पनि दाबी गरिएको छ । 'जुन तरिकाको बजेट बनाइएको छ, त्यसबाट निर्माता सुरक्षित छन्। प्रभास र मेरो सहकार्य तथा स्याटेलाइट एवं डिजिटल अधिकारबाट यसले लगानी उठाउँछ', उनले भने।
यसैगरी उनले टिजर, ट्रेलर र गीत रिलिज अगाडि सबै भनेजस्तो भए रिलिजको दिन १ सय ५० करोचको कमाइ हुने बताएका छन्। 'यो एउटा बजार विश्लेषण हो। विश्वव्यापी वा प्यान इण्डिया रिलिज हुँदा यस्तो हुनसक्छ। यदि विषय राम्रो छ भने यस्ता सिनेमाका लागि एक दिनमा १ सय ५० करोड कमाउने कुरा सहज हो', सन्दीपले भने।
हालसम्म जम्मा दुई सिनेमाबाट बलिउडमा उदाएका सन्दीपको सिनेमा शैलीले चर्चा र निन्दा एकसाथ पाउने गरेको छ। प्रभाससँगको सिनेमा सकिएपछि उनले 'एनिमल'को सिक्वेल 'एनिमल पार्क' बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।