काठमाडौं-घोषणा हुने तर सिनेमा नबन्ने सिलसिलाबाट निराश बनेकी नीति शाहका लागि 'खजुरे ब्रो' सिनेमापछि सिनेमाको ओइरो लाग्न थालेको छ।
'खजुरे ब्रो' रिलिज नहुँदै उनले लगातार सिनेमा साइन गरिरहेकी छन्। केही दिनअगाडि 'रुखान'मा अनुबन्धित नीति सोमबार 'ज्वाइँ साब'मा अनुबन्धित भएकी छन्। सिनेमामा नीतिको जोडी जितु नेपालसँग कस्सिनेछ।
वसन्त निरौलाले सिनेमाका निर्देशन गर्नेछन्। निर्माणपक्षले कथाको माग अनुसार जितु र नीतिको जोडी बनाइएको जानकारी दिएको छ।
हास्यप्रधान कथामा बन्ने सिनेमामा राजकुमार पण्डितको निर्माणमा बनेको छ। उनको साथमा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङसमेतको सिनेमामा लगानी रहनेछ। विजय बस्याल फिल्मका कार्यकारी निर्माता हुन् ।
सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद छ । सिनेमा बैशाख १५ गतेबाट छायांकन जानेछ। निर्माणपक्षका अनुसार सिनेमा आगामी वर्षको तिहारमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।