काठमाडौं- सामान्य अवस्थामा भन्दा गर्भावस्थामा महिलाको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने हुन्छ। गर्भवतीको स्वास्थ्य बिग्रियो भने पेटमा रहेको शिशुको स्वास्थ्य समेत खतरामा पर्छ। त्यसैले गर्भवती महिलाले खानपानमा ध्यान दिनु जरुरी छ।
गर्भवतीले खानै नहुने ७ चिज
१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न।
२. मर्क्युरी: यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मर्क्युरी हुन्छन्।
३. क्याफिन: गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न। एक कप कफीमा ९५ एमजी क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजी क्याफिनको मात्रा हुन्छ।
४. अल्कोहल: अल्कोहलले पनि भर्खर विकास हुँदै गरेका शिशुको दिमाग लगायतका अंगलाई क्षति पुर्याउँछ। यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ।
५. नपखालिएका तरकारी: राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन्। यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ। त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ। यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ।
६. पास्चराइज नगरिएको दूध: पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ। त्यसैले पास्चराइज गरिएको दूध मात्र पिउनूस्। दूधलाई उमालेर पास्चराइज गरिन्छ।
७. धूमपान: गर्भवतीले मात्र नभई स्वास्थ्यका लागि कसैले पनि धूमपान गर्नु हुँदैन। गर्भवतीले धूमपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नु हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।