काठमाडौं– हाम्रो शरीरका लागि आवश्यक पर्ने सोडियम सबैभन्दा प्रमुख स्रोत नुन हो। हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ।
कोषिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन।
त्यसैले नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो। हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ।
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसलाई नियमित ५ ग्रामभन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।
नुन ठिक मात्रामा खानुपर्छ। धेरै खाँदा र थोरै खाँदा दुवै अवस्थामा उत्तिकै खतरा हुन्छ। नुन धेरै खाँदा मुटु रोगको जोखिम बढ्छ भने थोरै खाँदा दिमागको रोग लाग्ने सम्भावना रहन्छ। शरीरमा नुन कम हुने समस्या एक गम्भीर प्रकारको स्वास्थ्य समस्या हो।
तर एक अनौपचारिक आंकडाका अनुसार नेपाल-भारत जस्ता देशमा मानिसहरुले ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ।
कुनै पनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ। यसका साथै अन्य खतरा पनि छन्। मुटुको रोग, ग्यास्ट्रिक, मष्तिस्कघात, क्यान्सर जस्ता समस्या र रक्तसञ्चारमा असर समेत पर्न सक्छ। खानपानमा नुनको मात्रा कम गरेर यसबाट जोगिन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।