• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन बढिरहेको छ निमोनियाको संक्रमण, बच्न के गर्ने? 

64x64
नेपाल लाइभ आइतबार, माघ २८, २०८०  १०:२५
1140x725

काठमाडौं– पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्राय: भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए।

त्यसपछि विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा गरिएको अध्ययनमा आफूहरूले चिन्ता गर्नुपर्ने गरी कुनै पनि अस्वाभाविक रोग निम्त्याउने कुरा पहिचान नभएको बताएको थियो।

चीनमा कोरोनाभाइरसको महामारी रोक्नका लागि लकडाउन नगरिएको यो पहिलो जाडो याम हो। विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूमा रोग प्रतिरोधी क्षमता कमजोर भएका कारण निमोनियाको समस्या देखिएको जनाएको थियो।

लामो समय एकान्तवासमा रहेका बालबालिकाहरू रोग निम्त्याउने कुराको सम्पर्कमा पुगेका कारण यो एकै पटक धेरै जनामा फैलिएको विश्व स्वास्थ्य सङ्गठनको दाबी छ। महामारी रोक्नका लागि लागु गरिएका प्रतिबन्धहरू हटाएपछि यूके, फ्रान्स, डेनमार्क र अमेरिका सहितका देशहरूमा पनि ज्वरोका लक्षणहरू देखिने यस्तै सङ्क्रमणहरू धेरै देखा परेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन्  २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो।

यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब-सहारा क्षेत्रमा देखिएको छ। निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ।

निमोनिया के हो?
न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज्‌ एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।

जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ। ससाना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लक्षण के के हुन्छन्?
यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्।

यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ।  अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ।

निमोनिया कसरी फैलन्छ?
निमोनिया धेरै तरिकाबाट फैलन सक्छ। बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउनसक्छ।

तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ।  निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्नसक्छ।

Xtrem

Xtrem

निमोनियाको उपचार कसरी गरिन्छ?
यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।

धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ। तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ। 

अस्पतालमा मानिसहरूलाई साधरणतया श्वासप्रश्वास सहज बनाउनका लागि अक्सिजनसँगै झोल औषधी र एन्टिबायोटिक दिइन्छ बिरामीहरूको छातीको एक्स-रे गरिन्छ र अन्य अवस्था पत्ता लगाउन रगत पनि जाँच गरिन्छ।

निमोनिया हुनबाट कसरी जोगिने?
यसबाट जोगिनका लागि तपाईँले केही कदमहरू चाल्नुपर्ने हुन्छ। फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ।

तर अमेरिकाको न्यास्नल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार खोपले मात्रै निमोनियाका सबै सङ्क्रमण रोक्न सक्दैन। खोप लगाएका मानिसहरूलाई समेत निमोनिया हुनसक्ने भए पनि खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएका मानिसहरूमा गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम हुन्छ।

उनीहरूलाई निमोनियाको लक्षण कम देखिने र लामो समयसम्म पनि नसताउने हुन्छ। सरसफाइमा ध्यान दिने(बारम्बार हात धोइरहने), धूमपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ।

यूकेको न्यासनल हेल्थ सर्भिस एनएचएसले निमोनियाका कारण स्वास्थ्य जटिलताको उच्च जोखिममा रहेका मानिसहरूलाई निमोकोकल खोप लगाउन भनेको छ। यो खोपले केही ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र सेप्सिस जस्ता सङ्क्रमणबाट पनि जोगाउँछ। बीबीसीबाट

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्