• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन बढिरहेको छ निमोनियाको संक्रमण, बच्न के गर्ने? 

64x64
नेपाल लाइभ आइतबार, माघ २८, २०८०  १०:२५
1140x725

काठमाडौं– पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्राय: भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए।

त्यसपछि विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा गरिएको अध्ययनमा आफूहरूले चिन्ता गर्नुपर्ने गरी कुनै पनि अस्वाभाविक रोग निम्त्याउने कुरा पहिचान नभएको बताएको थियो।

चीनमा कोरोनाभाइरसको महामारी रोक्नका लागि लकडाउन नगरिएको यो पहिलो जाडो याम हो। विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूमा रोग प्रतिरोधी क्षमता कमजोर भएका कारण निमोनियाको समस्या देखिएको जनाएको थियो।

लामो समय एकान्तवासमा रहेका बालबालिकाहरू रोग निम्त्याउने कुराको सम्पर्कमा पुगेका कारण यो एकै पटक धेरै जनामा फैलिएको विश्व स्वास्थ्य सङ्गठनको दाबी छ। महामारी रोक्नका लागि लागु गरिएका प्रतिबन्धहरू हटाएपछि यूके, फ्रान्स, डेनमार्क र अमेरिका सहितका देशहरूमा पनि ज्वरोका लक्षणहरू देखिने यस्तै सङ्क्रमणहरू धेरै देखा परेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन्  २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो।

यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब-सहारा क्षेत्रमा देखिएको छ। निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ।

निमोनिया के हो?
न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज्‌ एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।

जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ। ससाना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्।

Ncell 2
Ncell 2

लक्षण के के हुन्छन्?
यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्।

यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ।  अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ।

निमोनिया कसरी फैलन्छ?
निमोनिया धेरै तरिकाबाट फैलन सक्छ। बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउनसक्छ।

तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ।  निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्नसक्छ।

निमोनियाको उपचार कसरी गरिन्छ?
यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।

धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ। तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ। 

अस्पतालमा मानिसहरूलाई साधरणतया श्वासप्रश्वास सहज बनाउनका लागि अक्सिजनसँगै झोल औषधी र एन्टिबायोटिक दिइन्छ बिरामीहरूको छातीको एक्स-रे गरिन्छ र अन्य अवस्था पत्ता लगाउन रगत पनि जाँच गरिन्छ।

निमोनिया हुनबाट कसरी जोगिने?
यसबाट जोगिनका लागि तपाईँले केही कदमहरू चाल्नुपर्ने हुन्छ। फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ।

तर अमेरिकाको न्यास्नल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार खोपले मात्रै निमोनियाका सबै सङ्क्रमण रोक्न सक्दैन। खोप लगाएका मानिसहरूलाई समेत निमोनिया हुनसक्ने भए पनि खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएका मानिसहरूमा गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम हुन्छ।

उनीहरूलाई निमोनियाको लक्षण कम देखिने र लामो समयसम्म पनि नसताउने हुन्छ। सरसफाइमा ध्यान दिने(बारम्बार हात धोइरहने), धूमपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ।

यूकेको न्यासनल हेल्थ सर्भिस एनएचएसले निमोनियाका कारण स्वास्थ्य जटिलताको उच्च जोखिममा रहेका मानिसहरूलाई निमोकोकल खोप लगाउन भनेको छ। यो खोपले केही ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र सेप्सिस जस्ता सङ्क्रमणबाट पनि जोगाउँछ। बीबीसीबाट

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
सम्बन्धित सामग्री
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्