काठमाडौं– सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘समय पीडा’को मञ्चन सुरु भएको छ।
रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भइरहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समय पीडा’बाट नाट्य रूपान्तरण गरिएको हो।
नाटकमा विदेशिएका सन्तान नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई प्रस्तुत गर्न खोजिएको छ।
नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पूर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपीन जैसवाल (डाक्टर)को अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।