काठमाडौं– चर्चित बलिउड अभिनेत्री बिपाशा बसु ४५ वर्षकी भइन्।
०७ जनवरी १९७९ मा दिल्लीमा जन्मिएकी विपाशा बसुले आफ्नो प्रारम्भिक पढाइ कोलकाताबाट पूरा गरिन्। उनले सन् १९९६ मा कोलकाताबाट मोडलिङ करिअर सुरु गरेकी थिइन्।
आफ्नो मोडलिङ करिअरको क्रममा उनले अर्जुन रामपालकी पत्नी र मोडल मेहर जसियालाई भेटिन्। उनीहरूले उनलाई गोदरेज सिन्थोल सुपर मोडलमा सहभागी हुन आग्रह गरे। त्यहाँ बिपाशा बसु विजेता भइन्।
विपाशा बसुले सन् २००१ मा रिलिज भएको फिल्म अजनबीबाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी थिइन्। यस फिल्ममा विपाशा बसुको अपोजिट अक्षय कुमार थिए। फिल्ममा विपाशाको क्यारेक्टरमा ग्रे शेड थियो। तैपनि विपाशाले आफ्नो दमदार अभिनयले दर्शकलाई प्रभावित गरिन्। यस फिल्मका लागि विपाशालाई फिल्मफेयरले डेब्यु अवार्ड पनि दिएको थियो।
सन् २००२ मा विपाशा बसुले विक्रम भट्टद्वारा निर्देशित फिल्म राजमा काम गर्ने मौका पाएकी थिइन्। थ्रिलरले भरिएको राजलाई पनि दर्शकले निकै मन पराएका थिए र विपाशालाई उनको दमदार अभिनयका लागि फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको लागि मनोनयन गरिएको थियो।
सन् २००३ मा रिलिज भएको फिल्म जिस्म विपाशा बसुको करिअरका महत्वपूर्ण फिल्ममा परेको छ। यस फिल्ममा विपाशा बसुले फेरि एकपटक नकारात्मक भूमिका निर्वाह गरिन्। जिस्ममा विपाशा बसुको अपोजिटमा जोन अब्राहम थिए। फिल्मको सफलतापछि विपाशा र जोनको जोडीले धेरै फिल्ममा सँगै काम गरे।
विपाशा बसुले आफ्नो फिल्मी करिअरमा अहिलेसम्म करिब ५५ फिल्ममा काम गरिसकेकी छिन्। हिन्दी फिल्मबाहेक विपाशाले तमिल, तेलुगु र बंगाली फिल्ममा पनि काम गरेकी छन्।
विपाशाले सन् २०१६ मा करण सिंह ग्रोभरसँग विवाह गरेकी थिइन्। विपाशा अहिले फिल्ममा सक्रिय छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।