• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१ महिनादेखि एसपीका ७ पद रिक्त हुँदा पनि हुन सकेन बढुवा, ‘पावर एक्सरसाइज’ हुँदा बढुवा नै अन्योल

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०८०  ०८:३२
1140x725

काठमाडौं– एक महिनादेखि प्रहरी उपरीक्षक (एसपी) का सात पद रिक्त हुँदा पनि प्रहरी प्रधान कार्यालयले बढुवा गर्न सकेको छैन। गत मंसिर ५ गते पाँच एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि सात एसपीको पद रिक्त भएको थियो। 

तर रिक्त भएको एक महिना बितिसक्दासमेत अझै बढुवा प्रक्रिया अन्योलमै छ। यसअघि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर इन्टरपोलको ९१ औं महासभामा भाग लिन अस्ट्रिया गएकाले बढुवा प्रक्रिया रोकिएको प्रहरी प्रधान कार्यालयले बताएको थियो।

तर आईजी कुँवर अस्ट्रियाबाट फर्केको दुई साता बित्दासमेत अझै प्रहरी नाउव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवा हुन सकेको छैन। डीएसपीबाट एसपी बढुवा लम्बिनुको कारण भने प्रतिस्पर्धीहरुको ‘पावर एक्सरसाइज’ रहेको बुझिएको छ। अहिले एसपीका सात पद रिक्त छन्। त्यसमा बढुवा हुन २०७२ मा इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएकाहरु प्रतिस्पर्धामा छन्। यो लटका १२ जना अहिले एसपीको मुख्य प्रतिस्पर्धामा छन्।

यही लटका तर उनीहरुभन्दा पछि डीएसपीमा बढुवा भएकाहरुसमेत अहिलकै बढुवामा पर्नका लागि पावर एक्सरसाइज गरेका छन्। जसकारण पनि बढुवा प्रक्रिया लम्बिएको पाइएको छ। पछिल्लो लटबाट मुख्यगरी सुमित खड्का, डा. तपन दाहालले बढुवाका लागि शक्तिकेन्द्रमार्फत तिव्र लविइङ दिएको बताइएको छ।

खड्का माओवादी केन्द्रका नेता जनार्दन शर्मा निकट मानिन्छन्। दाहालको पनि सत्ता साझेदार दलसँग राम्रो सम्बन्ध भएका र आफ्नो कार्यसम्पादन समेत अब्बल रहेको दाबी गर्दै बढुवामा लविइङ गरेका छन्। अघिल्लो लटका १२ जना पनि सात जनाभित्र पर्न र सकेसम्म एक, दुई नम्बरमै बढुवा हुनका लागि शक्तिकेन्द्र धाएका छन्।

१२ जनाको सूचीअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन्। त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन्। त्यसैगरी क्रमशः यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन्। घिमिरे प्रचण्डको पूर्व पीएसओ समेत हुन्।

अघिल्लो पटक आफूलाई बढुवामा छुटाइएको भन्दै अहिले जसरी पनि बढुवा हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डमार्फत् उनले दबाब दिएको बताइन्छ। उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए।

यही ब्याचका, तर २०७२ भदौमा छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन्। इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन्। यसरी लविइङ गर्नेमा सुमित खड्कादेखि तपन दाहाललगायत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमासमेत आईजी अध्यक्ष रहने व्यवस्था छ। राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ।

यो समितिले भने शक्तिकेन्द्रमार्फत् पावर एक्सरसाइज भएर बढुवा बिलम्ब भएको भन्दा पनि प्राविधिक तर्फका दुई एसपीको दरबन्दी प्रशासनतर्फ मिलान गरेर बढुवा गर्न लागिएकाले ढिलो भएको दाबी गरेको छ।

प्राविधिकतर्फका दुई दरबन्दी प्रशासनतर्फ मिलान भए पनि रिक्त एसपीको दरबन्दी ९ मात्रै पुग्छ। जबकी २०७२ भदौमै डीएसपी बनेकाहरुको संख्या अझै १२ छ। ती दरबन्दी मिलान भएको अवस्थामा पनि बढुवा प्रक्रिया पेचिलो नै बन्ने देखिन्छ।

इन्सपेक्टरबाट डीएसपी बढुवा अन्योल
डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही दिनमै अघि बढ्ने बताइए पनि इन्सपेक्टर (प्रहरी निरीक्षक)बाट डीएसपी बढुवामा भने अन्योल कायम छ। इन्सपेक्टरबाट डीएसपी बढुवा गर्दा कोटा थोरै, तर प्रतिस्पर्धीहरु धेरै भएकाले तत्कालै बढुवा गर्ने पक्षमा आईजी कुँवर नरहेको स्रोतले बतायो।

Xtrem

Xtrem

गत जेठमा भएको इन्सपेक्टरबाट डीएसपी बढुवासमेत विवादमा परेको थियो। २०७० मा भर्ना भएका इन्सपेक्टरका १४६ जनाको टोली थियो। जम्मा ४६ वटा मात्रै डीएसपीको कोटा खाली रहेकाले ४६ जनालाई मात्रै बढुवा गर्न सम्भव थियो। उक्त ४६ कोटामा पनि ‘राम्रालाई भन्दा हाम्रा’लाई च्यापेर बढुवा गरिएको भन्दै प्रतिस्पर्धीहरुले चरम असन्तुष्टि व्यक्ति गरेका थिए।

अहिले त्यही टोलीका १०० जना इन्सपेक्टर नै छन्। उनीहरुबाटै अब केही डीएसपी बन्नेछन्। तर अहिले झनै थोरै कोटा रहेको र अस्वस्थ प्रतिस्पर्धा हुने र विवाद हुने भन्दै तत्कालै बढुवा गर्ने पक्षमा आईजी नरहेको उनको सचिवालय स्रोतले जनाएको छ। 

शक्ति केन्द्रको आडमा रहेर बढुवा हुने कन्फर्म जस्तै भएका इन्सपेक्टरहरु भने अहिले नै बढुवा सिफारिस गराउने पक्षमा लविइङमा छन्।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्