• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१ महिनादेखि एसपीका ७ पद रिक्त हुँदा पनि हुन सकेन बढुवा, ‘पावर एक्सरसाइज’ हुँदा बढुवा नै अन्योल

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०८०  ०८:३२
1140x725

काठमाडौं– एक महिनादेखि प्रहरी उपरीक्षक (एसपी) का सात पद रिक्त हुँदा पनि प्रहरी प्रधान कार्यालयले बढुवा गर्न सकेको छैन। गत मंसिर ५ गते पाँच एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि सात एसपीको पद रिक्त भएको थियो। 

तर रिक्त भएको एक महिना बितिसक्दासमेत अझै बढुवा प्रक्रिया अन्योलमै छ। यसअघि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर इन्टरपोलको ९१ औं महासभामा भाग लिन अस्ट्रिया गएकाले बढुवा प्रक्रिया रोकिएको प्रहरी प्रधान कार्यालयले बताएको थियो।

तर आईजी कुँवर अस्ट्रियाबाट फर्केको दुई साता बित्दासमेत अझै प्रहरी नाउव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवा हुन सकेको छैन। डीएसपीबाट एसपी बढुवा लम्बिनुको कारण भने प्रतिस्पर्धीहरुको ‘पावर एक्सरसाइज’ रहेको बुझिएको छ। अहिले एसपीका सात पद रिक्त छन्। त्यसमा बढुवा हुन २०७२ मा इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएकाहरु प्रतिस्पर्धामा छन्। यो लटका १२ जना अहिले एसपीको मुख्य प्रतिस्पर्धामा छन्।

यही लटका तर उनीहरुभन्दा पछि डीएसपीमा बढुवा भएकाहरुसमेत अहिलकै बढुवामा पर्नका लागि पावर एक्सरसाइज गरेका छन्। जसकारण पनि बढुवा प्रक्रिया लम्बिएको पाइएको छ। पछिल्लो लटबाट मुख्यगरी सुमित खड्का, डा. तपन दाहालले बढुवाका लागि शक्तिकेन्द्रमार्फत तिव्र लविइङ दिएको बताइएको छ।

खड्का माओवादी केन्द्रका नेता जनार्दन शर्मा निकट मानिन्छन्। दाहालको पनि सत्ता साझेदार दलसँग राम्रो सम्बन्ध भएका र आफ्नो कार्यसम्पादन समेत अब्बल रहेको दाबी गर्दै बढुवामा लविइङ गरेका छन्। अघिल्लो लटका १२ जना पनि सात जनाभित्र पर्न र सकेसम्म एक, दुई नम्बरमै बढुवा हुनका लागि शक्तिकेन्द्र धाएका छन्।

१२ जनाको सूचीअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन्। त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन्। त्यसैगरी क्रमशः यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन्। घिमिरे प्रचण्डको पूर्व पीएसओ समेत हुन्।

अघिल्लो पटक आफूलाई बढुवामा छुटाइएको भन्दै अहिले जसरी पनि बढुवा हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डमार्फत् उनले दबाब दिएको बताइन्छ। उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए।

यही ब्याचका, तर २०७२ भदौमा छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन्। इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन्। यसरी लविइङ गर्नेमा सुमित खड्कादेखि तपन दाहाललगायत छन्।

Ncell 2
Ncell 2

डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमासमेत आईजी अध्यक्ष रहने व्यवस्था छ। राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ।

यो समितिले भने शक्तिकेन्द्रमार्फत् पावर एक्सरसाइज भएर बढुवा बिलम्ब भएको भन्दा पनि प्राविधिक तर्फका दुई एसपीको दरबन्दी प्रशासनतर्फ मिलान गरेर बढुवा गर्न लागिएकाले ढिलो भएको दाबी गरेको छ।

प्राविधिकतर्फका दुई दरबन्दी प्रशासनतर्फ मिलान भए पनि रिक्त एसपीको दरबन्दी ९ मात्रै पुग्छ। जबकी २०७२ भदौमै डीएसपी बनेकाहरुको संख्या अझै १२ छ। ती दरबन्दी मिलान भएको अवस्थामा पनि बढुवा प्रक्रिया पेचिलो नै बन्ने देखिन्छ।

इन्सपेक्टरबाट डीएसपी बढुवा अन्योल
डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही दिनमै अघि बढ्ने बताइए पनि इन्सपेक्टर (प्रहरी निरीक्षक)बाट डीएसपी बढुवामा भने अन्योल कायम छ। इन्सपेक्टरबाट डीएसपी बढुवा गर्दा कोटा थोरै, तर प्रतिस्पर्धीहरु धेरै भएकाले तत्कालै बढुवा गर्ने पक्षमा आईजी कुँवर नरहेको स्रोतले बतायो।

गत जेठमा भएको इन्सपेक्टरबाट डीएसपी बढुवासमेत विवादमा परेको थियो। २०७० मा भर्ना भएका इन्सपेक्टरका १४६ जनाको टोली थियो। जम्मा ४६ वटा मात्रै डीएसपीको कोटा खाली रहेकाले ४६ जनालाई मात्रै बढुवा गर्न सम्भव थियो। उक्त ४६ कोटामा पनि ‘राम्रालाई भन्दा हाम्रा’लाई च्यापेर बढुवा गरिएको भन्दै प्रतिस्पर्धीहरुले चरम असन्तुष्टि व्यक्ति गरेका थिए।

अहिले त्यही टोलीका १०० जना इन्सपेक्टर नै छन्। उनीहरुबाटै अब केही डीएसपी बन्नेछन्। तर अहिले झनै थोरै कोटा रहेको र अस्वस्थ प्रतिस्पर्धा हुने र विवाद हुने भन्दै तत्कालै बढुवा गर्ने पक्षमा आईजी नरहेको उनको सचिवालय स्रोतले जनाएको छ। 

शक्ति केन्द्रको आडमा रहेर बढुवा हुने कन्फर्म जस्तै भएका इन्सपेक्टरहरु भने अहिले नै बढुवा सिफारिस गराउने पक्षमा लविइङमा छन्।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली
आज सातै प्रदेशमा बर्षाको सम्भावना
सम्बन्धित सामग्री
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई... सोमबार, माघ १२, २०८२
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आ... सोमबार, माघ १२, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन्। आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली बुधबार, माघ १४, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्