Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

टिकटक मात्र बन्द गरेर सञ्जाल विकृति अन्त्य हुँदैन 

डा जगन कार्की शुक्रबार, मंसिर १, २०८०  १७:३०
1140x725

टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति पक्ष विपक्षमा मत विभाजित भएका छन्। पछिल्लो दशकमा सामाजिक सञ्जाल श्रमिक तथा मध्यम वर्गीय समुदायलाई सहज रूपमा जोड्ने, आफ्ना कुरा निर्धक्क राख्ने, व्यापार व्यवसाय गर्ने एक गतिलो माध्यम बनेको छ।

सामाजिक सञ्जालमध्ये छोटो भिडियो सेयर गरेर विचार सेयर गर्न मिल्ने र आफूले आर्जन गरेको रकम प्रयोग व्यावसायिक प्रयोगकर्तालाई पनि बाँड्ने टिकटकको नीति छोटो समयमा नै लोकप्रिय भएको देखिन्छ। पढ्न लेख्न नसक्नेले पनि सजिलै सञ्चार स्थापित गर्न सक्ने माध्यम भएकाले सामान्य गाऊँघरका प्रतिभा र कन्टेन्टहरू पनि रातारात भाइरल बन्ने र सरलपनले गरेर छोटो समयमा विशेष गरेर कोरोनाकालपछि टिकटक लोकप्रिय बनेको हो। टिकटकलाई नै पेसा बनाएर पारखीको खुराक यानीकि  कन्टेन्ट सृजनामा लागेका सृजनशील तर बेरोजगार युवाहरुका लागि पनि टिकटक राम्रो अवसरको रूपमा विकास भएको थियो। प्रवधिको पहुँच र ज्ञान भए पनि सदुपयोग गर्न नसकिरहेका युवाहरुले टिकटक र यूट्यूबलाई कन्टेन्ट प्रदान गरी राम्रो आम्दानी गरेका छन्।

यसर्थ भिडियोका कन्टेन्ट प्रसार गर्नेलाई नै प्रतिबन्ध लगाउने हो भने टिकटकलाई मात्र प्रतिबन्ध लगाएर पुग्दैन। टिकटक जस्तै अन्य सामाजिक सञ्जाल फेसबूक, ट्विटर (एक्स), इन्स्टाग्रामदेखि युट्यूबसम्मले टिकटकको सिको गरेर छोटो भिडियोको फिचर हालिसकेका छन्। के अब यी सबैलाई रोकेर सकिएला?

सामाजिक सञ्जालमा गलत सूचना र हेट स्पीच यानीकि अरुप्रति घृणा फैलाउने अभिव्यक्ति प्रमुख समस्याको रूपमा रहेको देखिन्छ। यसलाई नियन्त्रण गर्न सञ्जाल चलाउने संस्थाहरुले हरेक देशका सुरक्षा निकायसँग मिलेर काम गरेको देखिन्छ।

बढ्दो अराजकता रोक्न प्रयोगकर्तालाई जिम्मेवार बनाउन चाहिँ केही गर्नैपर्ने थियो। टिकटकमात्र हैन सामाजिक सञ्जाललाई स्वनियमन गर्ने सरकार बाहिरको स्वतन्त्र निकाय जसले सामाजिक सञ्जालको सचेतना बढाउने र अराजक गतिविधिलाई निरुत्साहित गर्न साथै संगठित रूपमा हुने अराजकतालाई सम्बन्धित सञ्जाल कम्पनीलाई रिपोर्ट गर्ने जिम्मेवार निकाय जरूरी देखियो। सरकारले लोकतन्त्रको मूल खम्बा विचार र वाक स्वतन्त्रतालाई निमोठ्ने नियन्त्रणमुखि नियम ल्याउनसक्ने भएकोले नागरिक समाज, पेशाकर्मी, व्यवसायी, विश्वविद्यालयलगायत सबैको प्रतिनिधित्व र सहयोगमा नियमन गर्ने विधि बनाउन सक्छ।

सामाजिक सञ्जाल दुरुपयोग गरेर माछा मार्ने खराब तत्वदेखि टिकटकमा बेमौसमको खेतीपाती गर्ने सबले एकपटक जिम्मेवार बनेर जिम्मेवार समाज र संस्कारको लागि सोच्नुपर्ने समय भने चाहिँ आएको हो। यसरी जिम्मेवार बनाउन कुनै पनि संघ–संस्थाले हालसम्म उल्लेख्य भूमिका खेलेको देखिँदैन। समाज र संस्कृतिमा प्रत्यक्ष असर गर्ने सञ्जालको प्रयोगमा जनचेतना र पब्लिक मोडरेशन गर्नलाई अब समाजका अगुवाहरुको पनि जिम्मेवारी देखिन्छ।

यसै परिप्रेक्षमा विगत तीन दशकदेखि देशमा विद्यमान जनताका दैनिक समस्याको समाधानप्रति राजनीतिक नेतृत्वले जगाउन नसकेको आसा र भरोसा, भ्रष्टाचार अनि पद र पहुँचमा रहिरहन गरिने हत्कण्डाले बढाएको नैराश्य  नै जनताले सामाजिक सञ्जालमा दैनिक गर्ने आलोचनाका प्रमुख कारण हुन्। टिकटक र सामाजिक सञ्जाल त माध्यम मात्र हुन्। धुलो त नेताज्यूहरुको अनुहारमा लागेको हो।

सामाजिक सञ्जालरुपी ऐनालाई प्रतिबन्ध लगाएर समस्या समाधान हुनेछैन। लोकतन्त्रको खुला आकाशमा आलोचना र स्वतन्त्रताको सुविधालाई कब्जा गरेर ब्रम्हलुट मच्चाइरहेको, पटकपटक प्रधानमन्त्री र पार्टी नेतृत्व हत्याएर अराजकता मच्चाएको वर्तमान नेतृत्व  खराब भए भन्दैमा लोकतन्त्रमाथि नै प्रतिबन्ध लगाउन मिल्छ र? यसर्थ वर्तमान मुख्य ३ ठूला दल कब्जा गरेर लामोसमयदेखि बसेको नेतृत्वलाई हल्लाउने काम सञ्जालको हल्लाबोलले गरेको कारणले नै मात्र सञ्जालमा अंकुश लगाउने काम उचित छैन।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई अफवाह, संगठित, आपराधिक, राष्ट्रिय अखण्डता र धार्मिक सहिष्णुताविरुद्धका कन्टेन्ट नहटाए कारबाही गर्ने अधिकार राख्छ। यसर्थ सामाजिक सञ्जाल सञ्चालक कम्पनीको सम्पर्क कार्यालय राख्ने निर्णय सराहनीय थियो। संसारका विकसित देश अस्ट्रेलिया, क्यानाडा, बेलायत, न्यूजिल्याण्ड लगायतका देशले सुरक्षाका कारण देखाइ सरकारी कर्मचारीलाई टिकटक प्रयोग गर्नमा प्रतिबन्ध गरे पनि नेपालले भने फर्जी अकाउन्ट तथा गाली बेइजतीलाई मुख्य कारणको रुपमा खुलाएको छ जुन कुरा टिकटक या अन्य सञ्जाल सञ्चालकबाट पनि नियमन गराउन सकिने थियो। 

नेपाल जस्तो देशमा प्रविधिको शिक्षा र सदुपयोग गर्ने चेतनाको विकासभन्दा तीव्र गतिमा फैलिएको सामाजिक सञ्जालको प्रभाव सकारात्मक भन्दा नकारात्मक बढ़ी हुनु स्वभाविक हो। नेपाल जस्तो देशलाई नकारात्मक बढी र सकारात्मक कम असर पार्ने अवस्था आउनुमा हाम्रा जिम्मेवार निकाय कति जिम्मेवार छन् भन्ने प्रश्न मुख्य हो। सामाजिक सञ्जालको समस्या आउनुअघि नै नेपाल सरकार, सञ्चार मन्त्रालयले प्रयोगकर्तामा चेतना ल्याउन, शिक्षित गर्न सदुपयोगका उपाय सिकाउन नसक्नु समस्याको एक प्रमुख कारण हो।

नियमन र सही सदुपयोगलाई  प्रोत्साहन गरेर भए पनि व्यापार, व्यवसाय र सृजनशीलताको प्रवर्द्धन गर्दै विश्व समुदायसँग जोडिने यो सहज र सरल माध्यमलाई टुट्न दिन हुन्न। नेपाल जस्तो देशमा व्यापार, सृजनशीलता र दबिएका आवाजलाई प्रस्फुटन गरेर विश्व समुदायसँग जोड्ने कुनै पनि सञ्जाललाई प्रतिबन्ध लगाउने सोच कुनै लोकतान्त्रिक शासकले राख्न हुन्न। सामाजिक सञ्जाल प्रतिबन्धको सोच आफैंमा निरंकुश  सोच हो। 

सरकारले स्वनियमनको लागि कानुनी पहल गरेर साथै प्रयोगकर्ताले फेक आइडी र खराब कन्टेन्ट प्रयोग गर्न नसक्ने नीतिको प्रत्याभूति सञ्जाल सञ्चालक कम्पनीमार्फत् लिएर हालको टिकटक बन्द गर्ने निर्णयलाई ढिला नगरी पुनर्विचार गरे सबैको भलो हुने देखिन्छ।


(डा कार्की लन्डनस्थित एक विश्वविद्यालयमा अध्यापन गर्दछन्।  यहाँ प्रस्तुत धारणा उनका व्यक्तिगत हुन्।  सं.)
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्