काठमाडौं- सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन्। बैंकको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
उनी बैंकका संस्थापक शेयरधनी हुन्। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।
पाण्डे कसमस सिमेन्ट र इस्टर्न कसमसमा पनि निर्देशक छन्।
यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।