• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मंगलबार दिउँसो यता बझाङ केन्द्रविन्दू भएर ११ वटा भूकम्प

स्थानीयले डरैडरमा कटाए रात
64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०८०  ०६:५३
1140x725
तस्बिर: नरेन्द्र उपाध्यायको फेसबूकबाट

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो यता ११ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक बुधबार बिहान ५:४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ। 

सुरुमा मंगलबार दिउँसो २:४० बजे बझाङ केन्द्रविन्दू भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३:०६ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो ३:१३ बजे ५.१ म्याग्निच्यूड, दिउँसो ३:४५ बजे ४.१ म्याग्निच्यूड, दिउँसो ४:२८ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, मंगलबार दिउँसो ४:३१ बजे ४.३ म्याग्निच्यूड, अपराह्न ५:१९ बजे ५ म्याग्निच्यूड, ५:३८ बजे ५ म्याग्निच्यूड, राति १२:१६ बजे ४.१ म्याग्निच्यूड र राति १२:५० बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

बझाङ र बैतडी जिल्लामा स्थानीयहरु मंगलबारको रात घरबाहिरै बसेर कटाएका छन्। भूकम्पको धक्का महसुस भइरहेका कारण डरडरमा रात कटाउनुपरेको बझाङका स्थानीयले बताएका छन्। स्थानीयहरुले खुला चउर, खेत तथा बारीमा पाल टाँगेर रात बिताएका थिए। 

‘रातभर सुत्न पाइएन। भूकम्पले हल्लाइरह्यो। भूकम्पको धक्का महसुस हुँदा सबैजना चिच्याउने, कराउने भइरह्यो। डरैडरमा रात बित्यो,’ बझाङ सदरमुकाम चैनपुरबाट नेपाल लाइभको सम्पर्कमा आएका स्थानीय करवीर बोहराले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा १६, बैतडीमा २ र अछाममा १ जना गरी १९ जना घाइते भएका छन्। भूकम्पको धक्काले बझाङमा ३१ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। यस्तै, बैतडीमा १३ वटा भौतिक संरचनामा क्षति पुगेको बताइएको छ। 

भूकम्पको धक्काले अछाम, बाजुरा, डोटी र डडेलधुराका केही ठाउँमा पनि घर तथा भवनहरु चर्किएका छन्। बझाङ केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा पनि धक्का महसुस भएको थियो। यस्तै, भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र दिल्लीमा पनि महसुस भएको थियो। 

भूकम्पको धक्काले बझाङको चैनपुर, तलकोट, थलरा, केदारस्युँ, छान्ना लगायत क्षेत्रमा बढी क्षति पुगेको छ। बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा बढी क्षति भएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गत १ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ६ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ३ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक यता सुदूरपश्चिम केन्द्रविन्दू भएर ४ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ५० वटा भूकम्प गएका छन्। यस्तै, ४ म्याग्निच्यूडभन्दा कमको तीव्रता भएका २ हजार ७८ भूकम्प गएका छन्। 

२०७९ कात्तिक २२ गते डोटीको खप्तड क्षेत्र आसपास केन्द्रविन्दू भएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले भत्किएका भौतिक संरचनामा च्यापिएर डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरीगाउँका ६ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल फाइनलको टिकट नपाइएको गुनासोमा क्यानले के दियो जवाफ?
स्थानीय तहलाई एमालेले बलियो बनाएको हो : ओली
अमेरिकाले सर्त मान्नुपर्ने इरानको अडान, नत्र युद्धको सामना गर्न चेतावनी
सम्बन्धित सामग्री
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन कार्कीले टाइप गर्दा त्रुटि भएको भन्दै सच्याउन निवेदन दिएपछि अदालतले शुक्रबार संशोधनको आदेश दिएको हो । शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना मात्र बाँकी छ । शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ गाउँपालिकाका एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
एनपीएल फाइनलको टिकट नपाइएको गुनासोमा क्यानले के दियो जवाफ? शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहलाई एमालेले बलियो बनाएको हो : ओली शुक्रबार, मंसिर ४, २०८३
अमेरिकाले सर्त मान्नुपर्ने इरानको अडान, नत्र युद्धको सामना गर्न चेतावनी शुक्रबार, मंसिर ४, २०८३
नेप्से ७ अंकले घट्यो शुक्रबार, मंसिर ४, २०८३
एसिया कप राइजिङ स्टार्स: भारत ‘ए’विरुद्ध नेपालले फिल्डिङ रोज्यो शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्