काठमाडौं- नाडा अटो शो २०२३ सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शोमा करिब २ हजार ५ सय चार पाङ्ग्रे र करिब ३ हजार हाराहारी दुई पाङ्ग्रे सवारी साधन बुकिङ भएको अनुमान गरिएको छ।
६ दिनसम्म चलेको अटो शोमा करिब ७६ हजार अवलोकनकर्ताले भिजिट गरेको नाडा अध्यक्ष ध्रुव थापाले जानकारी दिए।
‘हामीले ७५ हजार मानिसले अटो शो अवलोकन गर्ने अनुमान गरेका थियौं। हाम्रो अनुमानभन्दा धेरै भिजिटर आउनुभयो। सबैले आ–आफ्नो स्थानबाट गरेको सहयोगकै कारण अटो शो सफल भयो। यो अटो शो सफल मात्रै भएन, त्रासमा रहेको अर्थतन्त्रमा संजिवनी छकर्ने काम भयो,’ थापाले भने ।
कम्पोनेन्ट, लाइट कमर्सियल, टु ह्विलर्स र फोर ह्विलर्स स्टलमध्ये उत्कृष्टलाई सेग्मेन्ट अनुसार अवार्ड दिइएको थियो। जसमा फोर्स मोटर्सको लाइट कमर्सिल, पौडेल इन्टरप्राइजेजले कम्पोनेन्ट, एज्दी मोटरसाइकलले बेष्ट टु ह्विलर्स अवार्ड जित्न सफल भए। चार पाङ्ग्रे तर्फको अवार्ड भने बीवाईडीले जित्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।