काठमाडौं– करिश्मा कपूर ९० को दशकमा बलिउडकी शीर्ष नायिका थिइन्।
उनका एकपछि अर्को फिल्म रिलिज भए र सबै हिट भए। करिश्माले अभिनेता गोविन्दासँग हिट फिल्महरू खेलेकी छन्। यी दुईको जोडी पर्दामा देखिने बित्तिकै बक्स अफिसमा धमाकेदार बन्यो। तर अचानक दुवैले सँगै काम गर्न छोडे। यो सुपरहिट जोडीको ब्रेकअपको वास्तविक कारण के थियो?
गोविन्दा र करिश्मा कपूरको जोडी ९० को दशकमा सबैभन्दा बढी चर्चामा थियो। दुवैले ११ वटा फिल्ममा सँगै काम गरेका थिए। ती सबै हिट थिए। यी फिल्ममा ‘राजा बाबु’, ‘हिरो नम्बर १’, ‘कुली नम्बर १’, ‘साजन चले ससुराल’, ‘हसीना मान जायेगी’ जस्ता धेरै फिल्म छन्।
फिल्म लगातार हिट हुँदै गयो र यी दुईको बारेमा धेरै किसिमका समाचार आउन थाले। त्यतिबेला करिश्माको नाम पनि गोविन्दासँग जोडिन थाल्यो।
यति मात्र होइन, जब एक अन्तर्वार्तामा करिश्मालाई यो जोडीको ब्रेकअपको कारण सोधिएको थियो, तब करिश्माले भनेकी थिइन्, 'गोविन्दासँग काम गरेपछि फिल्महरू हिट भइरहेका थिए। तर मैले माधुरी दीक्षित र जुही चावलाजस्ता बलिउडका टप क्लास हिरोइनहरूजस्तो प्रसिद्धि पाएको थिइनँ।’
यसपछि करिश्माले बलिउडका तीनै खानसँग काम गर्ने निर्णय गरिन् र गोविन्दासँग काम गर्न अस्वीकार गरिन्। वर्षौंपछि करिश्मा र गोविन्दा एक विज्ञापनमा सँगै देखिएपनि प्रशंसकहरू उनीहरूको फिल्मका लागि आतुर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।