काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको भारत र पाकिस्तानबीचको खेलमा मौसम बाधक बनेको छ। खेल सुरु भएको केही बेरमै पानी पर्न थालेपछि स्थगित गरिएको छ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले सुरुवात सामान्य ढंगले गरेको छ। ४.२ ओभर खेल हुँदा जम्मा १५ रन बनाएको छ। कप्तान रोहित शर्माले १८ बलमा जम्मा ११ रन बनाएका छन् भने ओपनर शुभमन गिलले ८ बलमा शून्य छन्। चार रन भने भारतले एक्स्ट्रा प्राप्त गरेको हो।
आज राति १० बजेसम्म पानी पर्ने सम्भावना भने ३५ प्रतिशत रहेको छ। पानी ठूलो नपरे पनि घना बादल भएका कारण तत्काल मौसममा सुधार आउने संकेत देखिएको छैन।
शनिबार बिहान भने बादलसँगै केही ठाउँमा खुला आकाश देखिएको थियो। यसले मौसम सुधार हुने आशा गरिएको थियो। तर, अन्त्यमा वर्षात्ले खेल अनिश्चित बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।