काठमाडौं- डा नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’, रेणुका जिसीको कथा संग्रह ‘सनेस‘लाई यशस्वी अवार्ड प्रदान गरिएको छ। त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो।
सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’ र खाद्य तथा औषधि विधामा नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ रहेका छन्।
यसैगरी अँग्रेजी भाषाको संस्मरण लाक्पा देन्डी शेर्पा ‘हिमालयन मेभरिक’ र अँग्रेजी कवितासंग्रह सुशान्त थापाको ‘मिनट्स या मेरिट’लाई उक्त पुरस्कार प्रदान गरिएको हो।
ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरुको उपस्थितमा सम्मान प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।