काठमाडौं– नेपाल लाइभमा प्रकाशित ‘हुण्डी कारोबारीमा जोडिए एसएसपी पाण्डे...’ शिर्षकको समाचारप्रति एसएसपी बेलबहादुर पाण्डेले ध्याकर्षण भएको भन्दै खण्डन गरेका छन्।
सोमबार नेपाल लाइभले हुण्डी कारोबारीसँग सम्बन्ध रहेको भन्दै एसएसपी पाण्डे र वीरगञ्जका हुण्डी कारोबारी राज होजियारी भनिने राज साहको टेलिफोन संवादसहितको रिपोर्ट प्रकाशित गरेको थियो।
त्यसपछि अनावश्यक रुपमा आफूलाई जोडिएको भन्दै एसएसपी पाण्डेले नेपाल लाइभलाई एक पत्र पठाउँदै समाचारको खण्डन गरेका छन्। उनले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डीसँग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् ।
एसएसपी पाण्डेले पठाएको खण्डन
हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।