• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदनको अवरोधले सभामुखदेखि राष्ट्रपतिसम्म चिन्तित,  खोल्नेमा ठोस पहल छैन

64x64
नेपाल लाइभ शुक्रबार, साउन २६, २०८०  १८:२२
1140x725
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेपछि सत्तापक्षका सांसदहरू पनि आ–आफ्ना ठाउँमा उभिएर बोल्नु पाउनुपर्ने माग राख्दै। तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं– शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासमक्ष राष्ट्रपति पौडेलले संघीय संसद् निरन्तर अवरोध भएकोमा चिन्ता जाहेर गरे। आफ्नो चिन्ता जाहेर गर्दै राष्ट्रपति पौडेलले जनताको आवाज उठाउनुपर्ने संसद् लामो समय अवरोध हुनुले राम्रो सन्देश नजाने भन्दै यसलाई खुलाउन आग्रह गरे। 

सभामुख घिमिरेले त राष्ट्रकै अभिवावक भएकाले सदनको गतिरोध खुलाउन पहल गरिदिन भनेर पौडेललाई नै आग्रह गरेको शीतलनिवास स्रोत बताउँछ। जवाफमा राष्ट्रपति पौडेलले आफूले सक्दो पहल गर्ने वचन दिए। यसअघि बिहीबार साँझ आफुलाई भेट्न शीतलनिवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि राष्ट्रपति पौडेलले सदन अवरोध भएकोमा चिन्ता जनाएका थिए। 

राष्ट्रपतिलाई गुनासो दर्ज गरेर सदन चलाउन बानेश्वर आइपुगेका घिमिरे र तिमिल्सिनाले शुक्रबार पनि सदन चलाउन सकेनन्। जसको कारण थियो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोध। तर अवरोध गर्नमा एमाले मात्रै अघि सरेन। 

एमालेको अवरोधको विरोधमा सत्तरुढ सांसद
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधप्रति सत्तापक्षका सांसदहरुले विरोध जनाए। 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसद पनि उठे। बैठकको सुरुमा सबै पक्षका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए। नेपाली कांग्रेस, एमाले लगायतका सांसदहरुले आफ्नो धाराणा राखे।

आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेकी सांसद विमला राई पौड्यालले १ क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धनमा अवरोध गर्नुभन्दा पनि सत्य, तथ्य पत्ता लगाउन प्रतिपक्षले उच्चस्तरीय समिति गठनको माग गरेकाले समिति गठन गरेर सदन खुलाउनुपर्ने माग राखेकी थिइन्। 

पौड्याल बोलेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशेष समयमा बोल्ने क्रम सकिएको भन्दै बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्न खोजे। राष्ट्रिय सभा अध्यक्षले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेपछि एमाले सांसद्‌हरुले उठेर विरोध जनाएका थिए। 

उठेर विरोध जनाकामध्ये एमाले सांसद श्रेष्ठलाई अध्यक्ष तिमिल्सिनाले बोल्ने पालो दिएका थिए। तर, सत्ता पक्षका सांसदहरुले बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्नुपर्ने भन्दै उठेर विरोध जनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षसँगै सत्ता पक्षका सांसद पनि उठेपछि अध्यक्ष तिमिल्सिनाले बैठक कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे। सत्ता पक्ष उठेपछि उनले प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरे। 

‘सत्ता पक्ष उठेपछि प्रतिपक्ष बस्नुस्। यस्तो पनि अभ्यास हुन्छ भनेर नयाँ  अभ्यास गरौँ,’ तिमिल्सिनाले भने। अध्यक्षको अभिव्यक्तिले राष्ट्रिय सभाको बैठकमा हाँसो गुञ्जियो। तर दुवै पक्षका सांसदहरु बस्न मानेनन्। 

अध्यक्ष तिमिल्सिनाले उठेरै संसद् चलाउने त? भनेर पनि प्रश्न गरे। ‘सत्ता पक्षलाई प्रतिपक्षप्रति कति सद्भाव रहेछ कि उहाँहरु (प्रतिपक्ष) मात्रै कति उठ्ने भनेर उहाँहरु पनि उठ्नुभाछ। त्यसैले सबै बसौँ अनि मिलेर संसद् चलाउँ,’ व्यंगात्मक शैलीमा अध्यक्ष तिमिल्सिनाले भने, ‘कि उठि उठिकन संसद् चलाउने नयाँ अभ्यास गरौं।’

सत्ता पक्ष र प्रतिपक्ष, दुवै पक्षका सांसद आफ्नो आसनमा नबसेपछि अध्यक्ष तिमिल्सिनाले शुक्रबारको बैठक स्थगित गरिदिए। अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन ३१ गते १ बजे, बुधबार बस्ने गरी स्थगित गरिएको जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उही नियत प्रतिनिधि सभामा पनि
शुक्रबारै बसेको प्रतिनिधि सभाको बैठक पनि एमालेकै अवरोधका कारण स्थिगित हुन पुग्यो। 

सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्ने समय दिए। 

साहलाई बोल्न समय दिइएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाए। सत्ता पक्षका सांसदहरु पनि उठेपछि सभामुख घिमिरेले सदनको बैठक आफ्नो तजबिजीमा चल्ने र आफूले प्रतिपक्षी दलका सांसद साहलाई बोल्ने समय दिएको भन्दै सत्ता पक्षका सांसदलाई बस्न आग्रह गरे। 

सत्ता पक्षका सांसदको विरोधका बीच एमाले सांसद साहले आफ्नो भनाइलाई निरन्तरता दिइन्। उनले सरकारले आफू बच्नका लागि १ क्विन्टल सुन तस्करीको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन गरेर गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखिन्।  

साहले बोलिसकेपछि एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे। एमाले सांसदहरुले करिब ११ मिनेट नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरे। 

छलफलमा शीर्ष, निछोड बिनानिष्कर्ष
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदका दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले सदन अवरोध जारी राखेको छ।

एमालेको मागलाई लिएर सत्ताघटक दलका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबाहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफल भएको छ। तर सदन खुलाउने विषयमा भने सहमति कायम गर्न सकिरेहका छैनन्। 

सत्तापक्ष छाननिन समिति बनाउनु नहुने पक्षमा छ भने एमाले निरन्तर छानबिन समिति चाहिने भनिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्