• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदनको अवरोधले सभामुखदेखि राष्ट्रपतिसम्म चिन्तित,  खोल्नेमा ठोस पहल छैन

64x64
नेपाल लाइभ शुक्रबार, साउन २६, २०८०  १८:२२
1140x725
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेपछि सत्तापक्षका सांसदहरू पनि आ–आफ्ना ठाउँमा उभिएर बोल्नु पाउनुपर्ने माग राख्दै। तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं– शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासमक्ष राष्ट्रपति पौडेलले संघीय संसद् निरन्तर अवरोध भएकोमा चिन्ता जाहेर गरे। आफ्नो चिन्ता जाहेर गर्दै राष्ट्रपति पौडेलले जनताको आवाज उठाउनुपर्ने संसद् लामो समय अवरोध हुनुले राम्रो सन्देश नजाने भन्दै यसलाई खुलाउन आग्रह गरे। 

सभामुख घिमिरेले त राष्ट्रकै अभिवावक भएकाले सदनको गतिरोध खुलाउन पहल गरिदिन भनेर पौडेललाई नै आग्रह गरेको शीतलनिवास स्रोत बताउँछ। जवाफमा राष्ट्रपति पौडेलले आफूले सक्दो पहल गर्ने वचन दिए। यसअघि बिहीबार साँझ आफुलाई भेट्न शीतलनिवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि राष्ट्रपति पौडेलले सदन अवरोध भएकोमा चिन्ता जनाएका थिए। 

राष्ट्रपतिलाई गुनासो दर्ज गरेर सदन चलाउन बानेश्वर आइपुगेका घिमिरे र तिमिल्सिनाले शुक्रबार पनि सदन चलाउन सकेनन्। जसको कारण थियो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोध। तर अवरोध गर्नमा एमाले मात्रै अघि सरेन। 

एमालेको अवरोधको विरोधमा सत्तरुढ सांसद
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधप्रति सत्तापक्षका सांसदहरुले विरोध जनाए। 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसद पनि उठे। बैठकको सुरुमा सबै पक्षका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए। नेपाली कांग्रेस, एमाले लगायतका सांसदहरुले आफ्नो धाराणा राखे।

आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेकी सांसद विमला राई पौड्यालले १ क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धनमा अवरोध गर्नुभन्दा पनि सत्य, तथ्य पत्ता लगाउन प्रतिपक्षले उच्चस्तरीय समिति गठनको माग गरेकाले समिति गठन गरेर सदन खुलाउनुपर्ने माग राखेकी थिइन्। 

पौड्याल बोलेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशेष समयमा बोल्ने क्रम सकिएको भन्दै बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्न खोजे। राष्ट्रिय सभा अध्यक्षले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेपछि एमाले सांसद्‌हरुले उठेर विरोध जनाएका थिए। 

उठेर विरोध जनाकामध्ये एमाले सांसद श्रेष्ठलाई अध्यक्ष तिमिल्सिनाले बोल्ने पालो दिएका थिए। तर, सत्ता पक्षका सांसदहरुले बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्नुपर्ने भन्दै उठेर विरोध जनाए। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिपक्षसँगै सत्ता पक्षका सांसद पनि उठेपछि अध्यक्ष तिमिल्सिनाले बैठक कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे। सत्ता पक्ष उठेपछि उनले प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरे। 

‘सत्ता पक्ष उठेपछि प्रतिपक्ष बस्नुस्। यस्तो पनि अभ्यास हुन्छ भनेर नयाँ  अभ्यास गरौँ,’ तिमिल्सिनाले भने। अध्यक्षको अभिव्यक्तिले राष्ट्रिय सभाको बैठकमा हाँसो गुञ्जियो। तर दुवै पक्षका सांसदहरु बस्न मानेनन्। 

अध्यक्ष तिमिल्सिनाले उठेरै संसद् चलाउने त? भनेर पनि प्रश्न गरे। ‘सत्ता पक्षलाई प्रतिपक्षप्रति कति सद्भाव रहेछ कि उहाँहरु (प्रतिपक्ष) मात्रै कति उठ्ने भनेर उहाँहरु पनि उठ्नुभाछ। त्यसैले सबै बसौँ अनि मिलेर संसद् चलाउँ,’ व्यंगात्मक शैलीमा अध्यक्ष तिमिल्सिनाले भने, ‘कि उठि उठिकन संसद् चलाउने नयाँ अभ्यास गरौं।’

सत्ता पक्ष र प्रतिपक्ष, दुवै पक्षका सांसद आफ्नो आसनमा नबसेपछि अध्यक्ष तिमिल्सिनाले शुक्रबारको बैठक स्थगित गरिदिए। अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन ३१ गते १ बजे, बुधबार बस्ने गरी स्थगित गरिएको जानकारी दिए।

उही नियत प्रतिनिधि सभामा पनि
शुक्रबारै बसेको प्रतिनिधि सभाको बैठक पनि एमालेकै अवरोधका कारण स्थिगित हुन पुग्यो। 

सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्ने समय दिए। 

साहलाई बोल्न समय दिइएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाए। सत्ता पक्षका सांसदहरु पनि उठेपछि सभामुख घिमिरेले सदनको बैठक आफ्नो तजबिजीमा चल्ने र आफूले प्रतिपक्षी दलका सांसद साहलाई बोल्ने समय दिएको भन्दै सत्ता पक्षका सांसदलाई बस्न आग्रह गरे। 

सत्ता पक्षका सांसदको विरोधका बीच एमाले सांसद साहले आफ्नो भनाइलाई निरन्तरता दिइन्। उनले सरकारले आफू बच्नका लागि १ क्विन्टल सुन तस्करीको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन गरेर गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखिन्।  

साहले बोलिसकेपछि एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे। एमाले सांसदहरुले करिब ११ मिनेट नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरे। 

छलफलमा शीर्ष, निछोड बिनानिष्कर्ष
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदका दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले सदन अवरोध जारी राखेको छ।

एमालेको मागलाई लिएर सत्ताघटक दलका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबाहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफल भएको छ। तर सदन खुलाउने विषयमा भने सहमति कायम गर्न सकिरेहका छैनन्। 

सत्तापक्ष छाननिन समिति बनाउनु नहुने पक्षमा छ भने एमाले निरन्तर छानबिन समिति चाहिने भनिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध
प्रधानमन्त्री शाहले थाले तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल दुवै जनालाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले छलफल गरेका हुन्। शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशमा गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रश... शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसाबले व... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्