• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी, तर पनि मणिपुरमा हिंसा नियन्त्रणबाहिर 

64x64
नेपाल लाइभ आइतबार, साउन २१, २०८०  १६:२३
1140x725

काठमाडौं– भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसालाई नियन्त्रणमा लिनका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। यी सुरक्षाकर्मीमा सेनादेखि लिएर असम राइफल्स, बीएसएफ, सीआरपीएफ, एसएसबी र आईटीबीपीका जवान र अधिकारीहरु संलग्न छन्। 

मणिपुरको जनसंख्या करिब ३० लाख रहेको छ। अर्थात् हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी। तर यति धेरै सुरक्षाकर्मी तैनाथ हुँदा पनि हिंसा भने रोकिएको छैन। पछिल्लो दुई दिनमा नयाँ तरिकाले भड्किएको हिंसामा ६ जनाको मृत्यु भइसकेको छ।

हिंसाको ताजा घटनाअनुसार शनिबार विष्णुपुरको क्वाता इलाकामा मैतेई समुदायका तीन व्यक्तिको निर्मम तरिकाले हत्या भएको छ। हिंसा गर्नेहरुले बन्दुक र मोर्टारले एक अर्कामाथि प्रहार गरिरहेका थिए। तीन हतियार स्थानीय प्रहरी मुख्यालयबाट लुटपाट गरिएका हुन्। 

सुरक्षा बलको भारी उपस्थितिका बावजूद आक्रमणकारीले घाटी र पहाडी क्षेत्रका सुरक्षा क्षेत्र तोड्दै सर्वसाधारणलाई निशाना बनाइरहेका छन्। मणिपुरमा पूरै देश र विश्वको ध्यान छ। अन्तर्राष्ट्रिय मिडियाले मणिपुरको जातीय हिंसाबारे धेरै लेखेका छन्। 

१९ जुलाईमा मणिपुरका दुई महिलामाथि यौत दुर्व्यवहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए। यो भिडियोलाई हेरिसकेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बयान दिएका थिए। त्यसबेला उनले भनेका थिए, ‘देशको बेइज्जत भएको छ। दोषीलाई छाडिनेछैन।’ 

नयाँ तरिकाले भड्कियो हिंसा
३ मे–पछि भड्किएको हिंसामा अहिलेसम्म १६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। कैयौंको संख्यामा स्थानीयको घर जलाइएको छ। 

यतिधेरै धनजनको क्षतिका बावजूद त्यहाँ हिंसा रोकिने कुनै संकेत देखिएको छैन। शुक्रबार विष्णुपुरको क्वाता क्षेत्रमा मैतेई समुदायका तीन जनाको बर्बर तरिकाले हत्यापछि सेना र अर्धसैनिक सुरक्षा बलको यति धेरै उपस्थिति रहँदा पनि हिंसा किन रोकिएको छैन भन्दै प्रश्न उठिरहेको छ। 

मैतेई समुदायका उनीहरुलाई पहिला तलबारले काटिएको थियो। त्यसपछि उनीहरुको शव जलाइयो। सुरक्षा बलका अनुसार मैतेई र कुकी समुदायका व्यक्तिहरु एक अर्कामाथि आक्रमण गर्न नपाउन भन्नका लागि दुवै क्षेत्रमा सुरक्षा घेरा बनाउने कोशिश गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तर उक्त क्षेत्रमा काम गरिरहेका मानवअधिकार कार्यकर्ता ओनीलले सुरक्षा घेरा घाटीमा बनाइएको छ। पहाडी क्षेत्रमा सुरक्षा घेरा बनाइएको छैन, जहाँ कुकी समुदायका मानिसहहरुको क्षेत्र हो। उनी भन्छन्, ‘तर मध्यवर्ती क्षेत्रमा रहेको क्षेत्रमा धान खेती हुन्छ। त्यहाँ कुकी उग्रवादीको कब्जा भएका कारण मैतेई समुदायका किसानहरु खेती गर्न जान पाएका छैनन्। यसै कारण मध्यवर्ती क्षेत्रमा तनाव भइरहेको छ।’

४० हजार सुरक्षाकर्मी तैनाथ गर्दा पनि ३० लाख जनसंख्या भएको क्षेत्रमा हिंसा किन रोकिएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘४० हजार या ५० हजार सुरक्षाकर्मी खटाइयोस्। जबसम्म संकट समाधानका लागि राजनीतिक इच्छाशक्ति हुँदैन। तबसम्म शान्ति कायम हुन सक्दैन।’

कसरी सुरु भयो हिंसा? 
मैतेई र कुकी समुदायका मानिसबीच तनाव कैयौं दशकयता चल्दै आएको छ। केही वर्षयता भने एक अर्काको जमिन कब्जा गर्ने गतिविधि बढ्न थालेपछि तनाव वृद्धि भएको हो। गतवर्ष सन् २०२२ को अगष्टमा वीरेन सिंहको सकारले एक सूचना जारी गर्दै पहाडी क्षेत्रको चराचान्दपुर र नोने जिल्लाको ३८ गाउँलाई गैर कानुनी बताएको थियो। 

सूचनामा ती गाउँहरु संरक्षित वन क्षेत्रमा परेको बताइएको थियो। जसकारण कुकी समुदाय सरकारसँग निकै आक्रोशित बन्यो। आधा सूचना जारी गरेर गाउँलाई अवैध घोषणा गरिएको उनीहरुको भनाइ थियो। यसका साथै यसैवर्षको मार्चमा सरकारले उक्त क्षेत्रमा अफिम खेती नष्ट गर्न सुरु गरेको थियो। 

जब मणिपुर उच्च अदालतले २०२३ अप्रिल १४ को आदेशमा राज्य सरकारलाई मैतेई समुदायलाई जनजातीको दर्जा दिनका लागि आदेश जारी गर्यो त्यसपछि अवस्था विराल बन्दै गयो। १४ अप्रिलको आदेश मैतेई ट्राइब युनियनको अपिलमा सुनुवाइपछि जारी गरिएको थियो। उच्च अदालतको एकल इजलासको बदेशमा मैतेई समुदायको मागअनुसार राज्य सरकारलाई चार साताभित्रै मैतेई समुदायलाई जनजाती समुदायभित्र सहभागी गराउनका लागि सिफारिस केन्द्र सरकारलाई पठाउन आदेश दियो।

सडकमा संघर्ष 
इन्डियन एक्सप्रेसको एक रिपोर्टमा हिंसा सुरु हुनुभन्दा तीन दिनअघि २७ अप्रिलमा चराचान्दपुरमा एक उग्र व्यक्तिहरुको समूहद्वारा नवनिर्मित जिम जलाइएको थियो। २८ अप्रिलमा उक्त जिम मुख्यमन्त्री वीरेन सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो।

त्यसपछि २८ अप्रिलमै कुकी समुदायको एक भीडले जमिन खाली गराउनेविरुद्ध निकालिएको मार्च र्याखलीले वन विभागको दफ्तर जलायो। त्यसपछि मैतेई समुदायका मानिसलाई जनजातीय दर्जा दिनका लागि सिफारिस दिने अदालतको आदेशविरुद्ध पहाडी जिल्लामा आन्दोलन सुरु गरियो। तर रेडिकल मैतेई समूह मैतेई लिपुनले मार्चविरुद्ध अर्को मार्च निकाले र नाकाबन्दी गरे।

त्यसपछि हत्याको श्रृखला सुरु भयो र अवस्था प्रहरीको नियन्त्रणबाहिर गयो। ३ मे मा सुरु भएको हिंसामा अहिलेसम्म १६० मानिसको मृत्यु भइसकेको छ। अवस्था अहिले पनि नियन्त्रण बाहिर छ। ३ मे मा निकालिएको र्‍यालीका क्रममा प्रहरीले कैयौं तोझरबङ र काङगई क्षेत्रमा दुई समुदायका मानिसको घर जलाइएको खबर पायो।

साँझसम्म विष्णुपुर र चुराचान्दरपुरमा कुकी र मैतेई समुदायका मानिसबीच सडकमा संघर्ष हुन थाल्यो। र उग्र भीडले चुराचान्दरपुर र त्यस आसपासका प्रहरी चौकीबाट प्रहरीका हातहतियार लुटपाट गर्न सुरु गरे। रातिसम्म दुवै समुदायका व्यक्तिहरुले एक अर्काका घरमा आगो लगाउन थाले। 

यसैबीच मैतेई समुदायकी महिलामाथि बलात्कार गरेर हत्या गरिएको खबर फैलियो। यसपछि हत्याहिंसा सुरु भयो। प्रहरीले अहिलेसम्म त्यहाँको अवस्थालाई नियन्त्रमा लिन सकेको छैन।
बीबीसी हिन्दीबाट अनुवाद 
 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी
सम्बन्धित सामग्री
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १... बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुन... बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् । बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति मंगलबार, जेठ ५, २०८३
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ : उजुरीकर्तासँग छलफल सकियो मंगलबार, जेठ ५, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्