• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

साम्प्रदायिक हिंसाका कारण अशान्त भारत

64x64
नेपाल लाइभ बुधबार, साउन १७, २०८०  १७:२२
1140x725

भारत- विभिन्न क्षेत्रमा साम्प्रदायिक हिंसा फैलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपी नेताहरुलाई मुसलमान महिलासँग रक्षाबन्धन मनाउन निर्देशन दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार ओडिसा, पश्चिम बंगाल र झारखन्डका एनडीए सांसदसँगको बैठकमा उनले यस्तो बताएका हुन्। 

ती राज्यहरुमा अल्पसंख्यक मुस्लिमहरु हिन्दुहरुबाट प्रताडित हुने गरेका समाचार सार्वजनिक भइरहन्छन्। प्रधानमन्त्री मोदीले धार्मिक 'सहिष्णुता'का लागि उक्त उपाय अपनाउन त्यहाँका नेताहरुलाई निर्देशित गरिरहँदा भारतका अन्य केही राज्यमा जातीय र धार्मिक द्वन्द्वले त्यहाँका नागरिकहरुको ज्यान गइरहेको छ। 

हरियाणामा बढिरहेको द्वन्द्व
हरियाणाको नुँह जिल्लाको मेवात क्षेत्रमा सोमबार धार्मिक यात्राको क्रममा दुई समूहबीच मुठभेड भएको थियो। जुन मुठभेडमा कम्तीमा २० घाइते भएका थिए। उक्त साम्प्रदायिक हिंसापछि भइरहेको झडपमा ६ जनाको ज्यान गइसकेको मुख्यमन्त्री मनोहरलाल खट्टरले बताएका छन्। 

यहीबीच हिन्दु समूहले गुरुग्रामको सेक्टर ५७ स्थित एक मस्दिजमा आगो लगाइदिएको छ। मस्दिजका एक इमामको ज्यान गएको छ भने एक जना गम्भीर घाइते छन्। 

उक्त साम्प्रदायिक हिंसालाई लिएर ४१ एफआईआर दर्ता भएका छन्। ११६ जना पक्राउ परेका छन् भने ९० जनालाई हिरासतमा राखिएको बताइएको छ। 

359703993_1050439159450398_6308513724659052470_n1690976137.jpg

सोमबार नुँहको नल्हण महादेवको मन्दिरबाट बृज मण्डल यात्रा निस्किरहेको थियो। प्रत्येक वर्ष हुने उक्त धार्मिक यात्रामा २० हजारले भाग लिने बताइएको छ। बरेलीका जिल्ला अधिकारी शिवाकान्त द्विवेदीले नवादा बरादरी क्षेत्रको मन्दिरका लागि निस्किएको कांवडियाको उक्त समूहले परम्परागत रुटबाट नभई नयाँ मार्गबाट जाने प्रयास गरेको थियो। 

उनले भने, 'यो परम्परागत रुट होइन भनेर पहिले पनि सम्झाइएको हो।' उक्त मार्गमा मुस्लिम समुदायको ठूलो आवादी भएकाले शान्तिपूर्ण रुपमा जान भनिएको थियो। तर भीडले नसुनेर बाजागाजासहित अघि बढ्न थालेपछि झडप भएको उनले बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उक्त क्षेत्रमा भएको हिंसापछि विश्व हिन्दु परिषद् र बजरंग दलले र्‍याली निकाल्ने घोषणा गरेका छन्। उक्त र्‍यालीमा रोक लगाउनुपर्ने भन्दै मुद्दा दायर भएको थियो। सुप्रिम कोर्टले र्‍यालीमा रोक लगाउन इन्कार गरेको छ। जुन र्‍यालीले हिंसा अझै भड्काउन सक्ने भन्दै एक पक्षले चिन्ता व्यक्त गरिरहेको छ। सुप्रिम कोर्टले सुरक्षा व्यवस्था चुस्त बनाउन पनि आदेश गरेको छ।

हरियाणामा स्थानीय र केन्द्र सरकारको व्यवस्था ध्वस्त देखिएको विपक्षी पार्टीले बताएका छन्। बहुजन समाज पार्टी (बीएसपी) प्रमुख मायावतीले भनिन्, 'यहाँ साम्प्रदायिक दंगा फेरि भड्किनु, गुरुग्राम र अन्य क्षेत्रमा पनि फैलिनुले सरकारको कानुनी व्यवस्था ध्वस्त रहेको प्रमाणित गर्छ।'

मणिपुरमा १६० को मृत्यु, ६० हजार विस्थापित
मणिपुरमा मे ३ बाट सुरु भएको साम्प्रदायिक हिंसा अझै रोकिने संकेत देखिएको छैन। महिलामाथि बलात्कार र निर्वस्त्र बनाएर घुमाउने तहको अमानवीय घटना हुन थालेका छन्। 

मे ३ मा कुकी समुदायले निकालेको 'आदिबासी एकता मार्च'बाट भड्किएको हिंसाबाट १६० जनाभन्दा बढीको ज्यान गइसकेको छ। ६० हजार विस्थापित भएका छन्। मणिपुरमा ५३ प्रतिशत मैतेई र ४० प्रतिशत कुकी समुदायको जनसंख्या रहेको छ। 

गत बुधबार दुई महिलालाई निर्वस्त्र बनाएर रोडमा घुमाइएको भिडियो सार्वजनिक भएको थियो। ती महिलालाई प्रहरीले जोगाएर स्टेसन लग्न खोजेको थियो तर भीडले प्रहरीको हातबाट छिनेर सामूहिक बलात्कार गरेको आजतकले जनाएको छ। तीमध्ये एक १९ वर्षीया युवतीका भाइ दिदीलाई बचाउन खोज्दा त्यहीँ मारिएका थिए। 

त्यसअघि पनि आफूमाथि बलात्कार भएको भन्दै केही महिलाले उजुरी गरेका छन्। अहिलेसम्म पाँच हजार उजुरी परिसकेका छन्। एक एफआईआरमा उल्लेख भएअनुसार एक कुकी महिलालाई अपहरण गरेर बैजनी रङको कारमा लगिएको थियो। चार जना सवार उक्त गाडीबाट पहाडको टुप्पोमा लगेर तीन जनाले उनीमाथि पटक-पटक बलात्कार गरेका थिए। 

359686956_1746298305826916_8382239340962027150_n1690976137.jpg

त्यही क्रममा मार्ने वा नमार्ने विषयमा चार जनाको बहस भयो र एउटाले पहाडबाट खसालिदियो। खसेर तलको सडकमा पुगेपछि अटो ड्राइभरले प्रहरीमा पुर्‍याइदिए। जहाँ प्रहरी मैतेई समुदायका थिए र त्यसपछि उनले आफ्नो घर पुर्‍याइदिन अटोसँग गुहार मागिन्। अटोले आधि बाटोसम्म पुर्‍यायो र उनी बल्ल-बल्ल गाउँ पुगिन्। अहिले उनी कोहिमा अस्पतालमा उपचार गराइरहेकी छिन्। 

मणिपुरका विषयमा प्रधानमन्त्री मोदीमाथि बोल्न दबाब छ तर उनले उक्त साम्प्रदायिक हिंसाका विषयमा अहिलेसम्म त्यस्तो केही बोलेका छैनन्। कुकी महिलामाथि भएको यौन हिंसाका विषयमा मात्रै उनले बोलेका थिए तर सम्पूर्ण हिंसाका विषयमा उनी मौन छन्। उनको मौनतामाथि प्रश्न उठिरहेको छ। यही कारण मनसुन सत्रको संसद् राम्रोसँग चल्न सकेको छैन।

बुधबार पनि अवरोधका कारण संसद् स्थगित गरिएको छ। सरकारले त्यहाँको हिंसा रोक्न प्रभावकारी कदम उठाउन सकेको छैन। सरकारमाथि सवाल उठाउँदै विपक्षी दलहरुको गठजोड 'इन्डिया'ले मोदी सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव लगेका छन्। 

यहीबीच पूर्व सेना प्रमुख जनरल एमएम नरवणेले मणिपुरमा विदेशी एजेन्सीको संलग्नता इन्कार गर्न नसकिने टिप्पणी गरेका छन्। उनको भनाइ छ, 'सीमावर्ती राज्यमा अस्थिरता देशको समग्र राष्ट्रिय सुरक्षाका लागि राम्रो हुँदैन। अलगअलग विद्रोही समूहका लागि चीनको कथित मद्दत वर्षौंदेखि जारी छ।'

१४ हजार विद्यार्थी विस्थापित, छिमेकी राज्यमा प्रभाव
मणिपुरमा १४ हजारभन्दा धेरै विद्यार्थी विस्थापित भएका छन्। त्यहाँकी शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले विस्थापित विद्यार्थीलाई नजिकको स्कुलमा भर्ना गरिएको बताएकी छिन्। उनले १४ हजार ७ सय ६३ विद्यार्थी विस्थापित भएको बताएकी हुन्। 

मणिपुर घटनाको असर अन्य राज्यमा पनि पर्ने उत्तरपूर्वी सामाजिक अनुसन्धान केन्द्रका निर्देशक वाल्टर फर्नाडिसले बताएका छन्। उनले खतराका रुपमा यसलाई लिइरहेका छन्। उनी भन्छन्, 'केही राजनीतिक शक्ति यसलाई व्यापक रुपमा फैलाउन चाहिरहेका छन्। त्यसैले यहीँ रोकिन जरुरी छ।'

दुई कुकी विद्यार्थीलाई निर्वस्त्र बनाएर घुमाएको भिडियो बाहिरिएपछि बढेको आक्रोशका कारण मिजोरममा रहेका मैतेई समुदायका मान्छेहरु समेत डराइरहेका छन्। इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार मैतेईले मिजोरम छाड्न सुरु समेत गरेका छन्। 

359535026_853013126251382_8882507809466475020_n (1)1690976137.jpg

मिजोरमको मिजो समुदायको मणिपुरको कुकी समुदायसँग गहिरो जातीय सम्बन्ध छ। छिमेकी राज्यमा भइरहेको घटनालाई लिएर भूमिगत मिजो राष्ट्रवादीले मैतेई समुदायलक्षित चेतावनी समेत दिएको छ।

मिजोरमको राजधानी ऐजवालमा करिब दुई हजार मैतई बस्छन्। यीमध्ये धेरै असमको बराक घाटीका मुलनिवासी हुन्। 

राष्ट्रपतिको ध्यानाकर्षण 
भारतीय कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसमेत विपक्ष ३१ सांसदले मणिपुर मुद्दामा राष्ट्रपति द्रोपदी मुर्मूसँग संवाद गरेका छन्। खड्गेले भने, 'आज इन्डिया गठबन्धनका ३१ सदस्यले राष्ट्रपतिलाई भेटेर मणिपुर घटनाका बारेमा बताएका छौं। मणिपुर पुगेका हाम्रो गठबन्धनका सदस्यले जे त्यहाँ देखे, त्यो जानकारी दिएका छौं।'

विपक्षी गठबन्धनका २१ सदस्यले २९ र ३० जुलाईमा मणिपुरको भ्रमण गरेका थिए। खड्गेले भने, 'महिलालाई निर्वस्त्र बनाएर घुमाइएको छ। ५०० भन्दा धेरै घर जनाइएको छ। ५०० भन्दा बढी घाइते छन्।'

आफूहरुले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिएको उनले बताएका छन्।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
सम्बन्धित सामग्री
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १... बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुन... बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् । बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्