काठमाडौं- पुँजीबजारको ओरालो यात्राले निरन्तरता पाएको छ। पछिल्लो हप्ताको आइतबार मौद्रिक नीति सार्वजनिक भएयताका दिनहरुमा नेप्सेमा पहिरो गइरहेको छ। सोमबारको कारोबारमा करिब ५ अंकले सुध्रिए पनि त्यो क्रम आज कायम रहेन।
अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेको छ। जसका कारण नेप्से २०७७ कायम भएको छ। करिब २३ नजिक पुगेको सेयर बजार अहिले २ हजारको लाइनमा आइपुगेको छ। कारोबार रकम पनि १ अर्ब ९२ करोडको मात्र भएको छ। यो रकम भने पछिल्लो दिनको भन्दा केही बढी हो।
१७ कम्पनीको मूल्य बढ्दा १९६ को मूल्य भने घटेको छ। म्युचुअल फण्डबाहेकका सबै उपसमूह ओर्लिएका छन्। बैंकिङ १२, विकास बैंक ७६, फाइनान्स ४५, होटल तथा पर्यटन १२३, जलविद्युत् २९, जीवन बीमा २२२, उत्पादन ७६, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा २७४, अन्य १५ र ब्यापार उपसमूह ४४ अङ्कले घटेका छन्।
सुपरमादी हाइड्रोको मूल्य ४.६ प्रतिशतले बढेको छ। आज यही कम्पनी नै धेरै बढ्नेमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।