काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतलाई चुनौती दिएका छन्। देशको सार्वभौकिता र स्वाधीनताका मामलामा कुनै कानुन र अदालतको आदेश नमान्ने उनले बताएका छन्।
नेपालमा भारतीय फिल्म चल्न नदिने आफ्नो निर्णयबाट दायाँबायाँ नहुने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाह हुन्छ।’
यसलाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा रहेको स्वीकार गरेको उनको भनाइ छ। यसले अदालत र सरकार भारतको गुलाम भएको बुझिनेसमेत उनले बताएका छन्।
‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।