काठमाडौं– चिनियाँ अटो ब्राण्ड बीवाइडीका विद्युतीय कारहरुको नेपाली बजारको नयाँ मूल्य सार्वजनिक भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेटमा विद्युतीय सवारीका लागि करको दरमा हेरफेर गरिएपछि बीवाइडीका कारको नयाँ मूल्य सार्वजनिक गरिएको हो।
करको दरमा भएको परिवर्तनअनुसार १०० किलोवाट क्षमताका कारको मूल्य बढेको छ। १०० किलोवाट क्षमताको बीवाइडी अट्टो ३ को मूल्य ६५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि उक्त कारको मूल्य ६४ लाख ९ हजार थियो। यसमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ। यस्तै, ४९.९२ किलोवाट आवरको ब्याट्री भेरियन्टमा उपलब्ध १०० वाट क्षमताकै अट्टो ३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ।
१५० किलोवाट क्षमताको बीवाइडी अट्टो ३ को मूल्य भने ८१ लाख ९९ हजार निर्धारण गरिएको छ। बजेटअघि उक्त कारको मूल्य ८९ लाख ९ हजार थियो। यो कारमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।