काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा नयाँ सवारी साधन खरिद नगर्ने घोषणा गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद नगरिने बताएका हुन्।
‘नयाँ सवारी साधन तथा फर्निचर र फर्निचिङ खरिद गरिने छैन,’ अर्थमन्त्री महतले भने।
उनले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने बताए। अर्थमन्त्री महतले नेपाल सरकारले अनिवार्य रुपमा प्रतिनिधित्व गर्ने बाहेकका वैदेशिक भ्रमणलाई रोक लगाइने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।