• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिर्गौला प्रत्यारोपणपछि नयाँ जीवन पाएकी पल्पसा

64x64
नेपाल लाइभ शनिबार, जेठ १३, २०८०  ११:३५
1140x725

‘कालको मुखमा पुगेपछि मान्छेलाई बाँच्ने रहर जाग्दो रहेछ,’ जीवन सकियो भनेर आँखा चिम्लिएको क्षण सम्झनासाथ पल्पसा डंगोल घोत्लिइन्। 

त्यो रात जिन्दगीकै सबैभन्दा लामो र पीडादायक थियो उनका लागि। दुःखाइ यसरी बढेको थियो, दुख्दादुख्दै अचेत भइन्। उनलाई लाग्यो, यो जीवनको अन्तिम घडी हो।  

शय्यानजिकै कुरुवा बसेकी कान्छी छोरीलाई अर्धहोसमा जब उनी हेर्थिन्, हृदय भक्कानिन्थ्यो। जसोतसो मोबाइल समातिन् र पाँच जनालाई म्यासेज ठेल्दानठेल्दै अचानक फेरि बेहोस भइन्। भोलिपल्ट होस खुल्दा उनको आँखा अगाडि उभिएकी थिइन्, कलाकार दीपाश्री निरौला।  

‘लौ हेर, यत्रो वर्षदेखि रोग लुकाएर बसेको ! यस्तो कुरा किन नभनेको ?,’दीपाश्रीले ग्लानीमिश्रित मुद्रामा प्रश्न गरिन्।

१० दिनदेखि पल्पसा अस्पतालको बेडमा छटपटाइरहेकी थिइन्। परिवारबाहेक कसैलाई थाहा थिएन। 

कोभिडका कारण दोस्रो लकडाउनले मानिसहरू हायलकायल थिए। टेलिभिजन कलाकार मञ्चले प्राविधिकहरूलाई राहत दिने कार्यक्रम तय थियो त्यतिबेला। आफ्नो जिम्मेवारी पल्पसाले अस्पतालको बेडबाटै पूरा गरिन्। उनले दीपालाई प्राविधिकको सूची र नम्बर उपलब्ध गराइन्। 

१६ असार, २०७८ सालमा राहत बाँड्ने कार्यक्रम थियो। जाने दिन पल्पसाले भनिन्, ‘तिमीहरू जानू, मलाई सञ्चो छैन।’ 

दीपाको फोनमा गुनासो थियो, ‘जानेबेला खाली यस्तै गर्छौ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

पल्पसा दिनदिनै थलिँदै गइरहेकी थिइन्। २२ असारको रात उनलाई असह्य भयो। बिहान आँखा खोल्दा दीपा उनको अगाडि उभिएकी थिइन्। उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिन्। अनि भेट्न आउनेहरूको भीड लाग्यो। त्यसपछि पत्रपत्रिकाको हेडलाइनमा छापियो, ‘कलाकार पल्पसा डंगोलको मिर्गौला फेल।’

शुभचिन्तक कति रहेछन्, त्यतिबेला मात्र उनलाई थाहा भयो। मिर्गौला ‘म दिन्छु’ भन्नेहरू लामबद्ध थिए। आर्थिक सहयोग गर्नेहरू हजारौँको संख्यामा पुगे। जीवनसँग आसा मारिसकेकी पाल्पसालाई फेरि बाँच्ने रहर जाग्यो। हर्षले उनको आँखा डम्म भिजे।  

०००

मिर्गौला प्रत्यारोपणको एक वर्षपछि हामी सोह्रखुट्टेस्थित पल्पसा निवास पुग्यौं। फुर्सदिलो दिन पारेर उनले स्वास्थ्यखबरसँग कुरा गर्न समय मिलाएकी थिइन्। ‘आराम हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनी मुस्कुराइन्। चमक भरिएको मुद्रामा सुनाइन्, ‘एक वर्षयता एकदम ठिक छु। नियमित काममा रमाइरहेकी छु।’ 

अहिले पल्पसाको जीवनशैली फेरिएको छ। उनको नित्यकर्म बिहानीको प्रणायामबाट सुरु हुन्छ। ‘पहिले स्वास्थ्य, त्यसपछि काम,’ पहिले कामलाई नै सबै कुरा मान्ने पल्पसाले प्राथमिकता छुट्याइन्।  

रोग लाग्नुअघि उनले खानेकुरामा कहिल्यै नाइनास्ती गरिनन्। तर अहिले उनी स्वास्थ्य अनुकूलका खाना मात्र खान्छिन्। बाहिर जानुपर्दा खाजा बोकेरै लान्छिन्। 

१० महिनायता उनको जीवन पुनः लयमा फर्किएको छ। उसो त मिर्गौला प्रत्यारोपण गरेको कुरा नै उनले बिर्सिसकेकी रहिछन्  । ‘जब अस्पताल जान्छु, तब मात्र ख्याल आउँदो रहेछ,’ हाँस्दै सुनाइन्। 

हामीलाई पल्पसाको अनुभूति सुन्नु थियो। ‘स्वस्थ शरीर कहिलेदेखि बिमार पर्यो?’, मिर्गौलामा समस्या आएपछि उनले गर्नुपरेको संघर्षको कथा सुन्नु थियो। उनले रोगसँग लड्ने आत्मबल कसरी प्राप्त गरिन्, त्यो थाहा पाउनु थियो? 

हाम्रो प्रश्न झर्न नपाउँदै उनी विगतमा फर्किइन्। 

‘२०७१ सालको अन्त्यतिर हुनुपर्छ, मलाई अचानक ज्वरो आयो। त्यो क्रम चलिरह्यो। एक दिन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा जँचाउन गएँ। ४ दिनको अस्पताल बसाइपछि डाक्टरले भने– तपाईंलाई युरिन इन्फेक्सन भयो,’ उनले विगत सम्झिइन्। 

२०७२ को सुरुवाती महिना उनका लागि सुखद थिएन। रक्तचाप उच्च भएको थियो। सुरुमा डा सुरेन्द्र झालाई देखाइन्। ४ महिनासम्म पनि रक्तचाप नियन्त्रणमा नआएपछि झाले डा महेश सिग्देलकहाँ सिफारिस गरे। थप चेकजाँचपश्चात् थाहा भयो, किड्नी बिग्रिसकेको रहेछ।

डा महेशको कुरा सुनेपछि एकछिन त उनको होस–हवास उड्यो। डा महेशले पल्पसालाई सुझाए, ‘मुख बार्नुभयो भने १० वर्षसम्म प्रत्यारोपण गर्नु नपर्ने हुन सक्छ।’ 

मनमा चिसो पस्यो। प्रत्यारोपण गर्नुपर्छ भन्ने कुरा आफ्नो दिमागलाई सुनिश्चित गराउन उनलाई धेरै समय लाग्यो। सुरुमा उनले आफू भित्रको रोग लुकाउने अठोट गरिन्। 

‘परिवारको ठूलो मान्छे मै थिएँ। जिम्मेवारी धेरै थियो। किड्नी बिग्रियो भनेको सुनाउँदा अत्तालिन सक्थे,’ उनले पारिवारिक बाध्यता बताइन्।  

आफन्त र सुटिङ सेटका कुनै पनि साथीभाइलाई उनले रोगबारे सुनाइनन्। 

‘मलाई यस्तो भएको छ भन्ने थाहा दिएको भए स्टेजमा हँसाउन जाँदा पनि मान्छेहरू दुःखी हुन सक्थे,’ कारणबारे उनले खुलाइन्। 

अस्पताल एक्लै जान्थिन्। पुग्नेबित्तिकै स्टाफहरू ठट्टा गर्थे, कुरुवा नचाहिने बिरामी भनेर। 

खानेकुरामा उनी विस्तारै सचेत बन्दै गइन्। फिल्मको सुटिङमा महँगो होटलमा खाना खुवाए पनि उनी मसला बढी हालेको भन्दै खान अस्वीकार गर्थिन्। नाम कमाएको सेलिब्रिटी भएर अहं देखाएको होला भन्ने रूपमा टिमका साथीहरू बुझ्थे। केही समय अघिसम्म चिल्लो, पिरो केही नबार्ने पल्पसाको खानपानमा आएको परिवर्तन वास्तवमै साथीहरूका लागि पनि अनौठो थियो। उनले यस अवधिमा प्रोटिनयुक्त खाना पनि खान छाडिसकेकी थिइन्। ‘मेरी बास्सै’ को सुटिङमा उनले खानेकुरा बारेको देख्दा समकक्षी साथीहरू चकित पर्थे। 

रोग बोकेर हिँड्नु सहज कुरा पक्कै होइन। कहिलेकाहीँ अस्पताल जाने बेला सुटिङ चलिरहेको हुन्थ्यो। उच्च रक्तचापका कारण उनी छिट्टै रिसाउँथिन्। एक पटक सुटिङ समयमा नसकिँदा झगडा गरेरै निस्किइन्। 

एक पटक बल्छी ध्रुवे ‘मेरी बास्सै’ को निर्देशन गर्दै थिए। पल्पसाको अस्पताल जाने समयमा पनि सुटिङ सकिएन। 

‘१० पटकभन्दा बढी मैले छिटो सकाउँ भनेँ। नसकिएपछि बल्छी ध्रुवेको कठालो समातेर निस्केँ,’ पल्पसाले हाँस्दै सुनाइन्। 

विस्तारै उनका शरीरभरि निलडाम देखिन थाल्यो। खुट्टा सुन्निन थाले। लामो दुरी हिँड्न नसक्ने भइन् पल्पसा। जति लुकाउन खोजे पनि एक जना साथीले रोगबारे थाहा पाइहालिन्। 

२०७४/०७५ सालमा निकै अस्पताल धाइन् उनी। आफूसँग हिँडिरहने साथीलाई शंका भएछ।

‘खास के हो ? तिमीले कुरा लुकाइरहेकी छौ जस्तो लाग्यो,’ साथीले सन्देहयुक्त भावमा सोधेको कुरा सम्झिँदै पल्पसाले भनिन्, ‘मैले उनलाई कसैलाई नभन्ने सर्तमा रिपोर्ट देखाएँ। मेरो रिपोर्ट हेरेपछि उनको अनुहार एकाएक बादलले ढाकेजस्तो अँधेरो भयो।’ 

०००

२०७८ सालतिर पल्पसाको तौल घट्न थाल्यो। शुभचिन्तकहरूले सोध्न थाले, ‘कसरी ?’ 

उनी यतिबेला ‘मेन्टेन’ गरेको भन्दै झुट बोल्थिन्।

२०७८ सालको दोस्रो लकडाउनले उनीभित्र भय जन्मायो। कोभिडले छिट्टै संक्रमण गर्ने सम्भावना थियो। उनी घरभित्रै बस्थिन्। जेठको अन्तिम सातादेखि उनलाई गाह्रो हुँदै गयो। १५ दिनको अवधिमा श्वास फेर्नै नसक्ने भइन्। असह्य भएपछि अस्पताल पुग्दा निमोनिया भइसकेको रहेछ। 

‘अस्पतालका बेडहरू भरिभराउ थिए। कोभिडका बिरामीले आँखै अगाडि प्राण त्यागेको देखेँ। यतिबेला मलाई बाँच्दिन भन्ने लागेको थियो। किड्नीले होइन, कोभिडले मर्छु भन्ने लागेको थियो,’ उनले सुनाइन्। 

यतिबेला भाइ र छोरीहरूले पहिलो पटक उनको रोगबारे थाहा पाए।

कोभिड रिपोर्ट नेगेटिभ आयो। उनलाई जीवनप्रति झिनो भए पनि आसा पलायो। डायलाइसिस गर्नुपर्ने थियो। तर डायलाइसिस गर्न डर थियो। पल्पसाले मानिनन्। 

उनको जिद्दीपनाका कारण डाक्टरले समेत हार खाए। डायलाइसिस बिना नै घर फर्किएकी पल्पसालाई राति सुत्न गाह्रो पर्‍यो। त्यही रात उनलाई पुनः अस्पताल पुर्‍याइयो। साथीहरूले सम्झाएपछि उनी अस्पताल जान राजी भइन्।  

२२ असारको रात उनको जीवनकै सबैभन्दा कठोर रात थियो। यतिबेला उनले पाँच जनालाई म्यासेज गरेकी थिइन्– दीपा, कुञ्जना घिमिरे, मञ्जु श्रेष्ठ, रवि डंगोल र मरिचमान (बल्छी ध्रुवे) लाई। 

‘के लेखेँ याद थिएन। पछि उनीहरूले भन्दा पो थाहा पाएँ,’ उनी सम्झिन्छिन्।

केही दिनपछि अलिक हल्का भयो, शरीर। एक दिन कसैको सहाराबिनै बाथरुम जाँदा ऐनामा आफ्नो अनुहार हेरेर अत्तालिइन्, उनी। 

‘गालामा हड्डी र छालाबाहेक केही थिएन। तौल ४६ केजीमा झरेको थियो,’ उनले सुनाइन्, ‘पेटले खानेकुरा पनि माग्न

छाडिसकेको थियो। जति प्यास लागे पनि पानी पिउनु झन् खतरनाक लाग्थ्यो मलाई।’

अस्पतालमा उनले आँखै अगाडि ज्यान गुमाएका मिर्गौलाका बिरामी देखिन्। 

‘समयमा डायलाइसिस नहुँदा कोही धेरै पानी खाएर बित्नु भयो। तर जसले समयमा नियमित डायलाइसिस गराउनुभएको थियो, डाक्टरको सल्लाह मान्नुभएको थियो, उहाँहरू भने सकुसल घर फर्किनु भयो,’ उनले आफ्नो अनुभव सुनाइन्। 

०००

पल्पसालाई मिर्गौला जेठो भाइले दिए। ‘सुरुमा मैले भाइको मिर्गौला लिन मानेको थिइनँ। तर उसले ‘मलाई यस्तो भए तपाईंले दिनुहुन्नथ्यो र ?’ भन्दै कन्भिन्स गर्यो,’ उनले भनिन्, ‘वास्तवमा मलाई आफूभन्दा पनि सानैदेखि हुर्काएको भाइको चिन्ता बढी थियो।’  

मिर्गौला प्रत्यारोपणको सबै प्रक्रिया पूरा भएपछि पनि अर्को समस्या आइपर्यो, अप्रेसनको लागि तयार भएको बेला उनलाई कोभिडको आशंका गरियो। तर रिपोर्ट नेगेटिभ आयो। 

२५ फागुनमा प्रत्यारोपणका लागि अप्रेसन थिएटरभित्र प्रवेश गराउँदै गर्दा पल्पसालाई आफ्नो होइन, भाइको चिन्ता लागेको थियो। 

‘बिहान ८ बजेको हुनुपर्छ मलाई थिएटरतर्फ लैजाँदा। मलाई बेहोस पारियो। होस् खुल्दा साँझको साढे ७ बजेको थियो होला। होस खुल्नासाथ ‘भाइ कहाँ छ ? भन्दै बर्बराउन थालेछु,’ नर्सहरूले आफूलाई सुनाएको कुरा सम्झँदै उनले भनिन्। 

अप्रेसन सफल भएपछि पल्पसाको जीवनले नयाँ मोड लियो। ६ वर्ष लामो संघर्षबाट पहिलो पटक उनले विश्राम पाएकी थिइन्। डिस्चार्ज भएर घर फर्किएको साढे २ महिनापछि अस्पताल पुग्दा डाक्टरहरूले सुझाव दिएका थिए– स्वास्थप्रति सजग हुनु। मास्क लगाउनु। खानपिनमा विशेष ध्यान दिनु। र, सकारात्मक सोच राखेर काममा फर्कनु।’

अहिले चिकित्सकहरूको यही गुरूमन्त्रलाई उनी पछ्याइरहेकी छिन्। अनि नियमित काममा फर्किसकेकी छिन्। 

०००

पल्पसा केही समयअघि युरोपको भ्रमणमा निस्किएकी थिइन्। कार्यक्रममा उनलाई भेटेर धेरै जना खुसी भए। उनीहरू भन्दै थिए, ‘अहिले ठिक हुनुभयो ? तपाईंका लागि हामीले पैसा सहयोग गरेका थियौं।’ 

यो सुनेर उनी भावुक बनिन्। यस कुराले रनभुल्लमा पनि पार्‍यो। किनभने, उपचारका क्रममा उनले कतैबाट आर्थिक सहयोग स्वीकार गरेकी थिइनन्, बाहेक चलचित्र विकास बोर्डबाट। 

‘चलचित्र विकास बोर्डले कलाकारिताबाट दिएको योगदानस्वरूप मलाई २ लाख उपलब्ध गराएको थियो, जसलाई मैले स्वीकार गरेँ। यस बाहेक एक रुपैयाँ पनि आर्थिक सहयोग लिएको छैन,’ उनले भनिन्, ‘मेरो नाममा देश र विदेशमा पैसा उठाइएको रहेछ। मैले लिन अस्वीकार गरेपछि त्यो पैसा दाताहरूलाई फिर्ता गर्नुपथ्र्यो। अझैसम्म फिर्ता गरिएको रहेनछ।’

आफ्नो रोगमा कसैले व्यापार गरेको भन्दै उनले दुःखेसो पोखिन्। ‘यो कुरालाई जोडका साथ उठाइदिनुहोला। पैसा फिर्ता त गरिदिनुपर्‍यो नि !,’ उनले भनिन्। 

बिरामी हुँदाको एउटा घटना पल्पसाको जीवनमा अमिट छाप बनेर बसेको छ। उनी रोगसँग लडिरहँदा टिकटकमा भ्युज पाउने नाममा कसैले ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर पोस्ट्याएका रहेछन्। त्यो वास्तवमै मानव सभ्यतामाथिकै निच हर्कत थियो। 

हामीले छुट्टिने बेला उनलाई सोधेका थियौं, ‘तपाईंले त्यो घटनालाई कसरी हेर्नुभयो ?’ 

उत्तरमा उनले भनिन्, ‘यसले मेरो मनोविज्ञानमा ठूलो असर पार्‍यो। लामो समयसम्म मैले सोसल मिडिया चलाउँदा पनि चलाइनँ। चिनजानका धेरै मानिसले अत्तालिएर फोन गर्नुभयो।’

मिर्गौला प्रत्यारोपणपछि पल्पसाको अनुभव छ– अनुशासनमा बस्यो भने किड्नी फेल हुनु ठूलो रोग होइन रहेछ। 

‘समयमा उपचार र डाक्टरको सल्लाह मान्यो भने आत्तिनु पर्दैन,’ उनले भनिन्, ‘यो रोगको उपचार महँगो भएका कारण सबैतर्फबाट सहयोग भने जरुरी छ।’ 

तर, बाँच्नका लागि बिरामीले आफ्नो आत्मबल दह्रो बनाउनु आवश्यक रहेको पल्पसाको अनुभव छ। 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो रहनेछ देशभरको मौसम
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने आइतबार, जेठ १०, २०८३
ट्रम्प भित्र बसिरहेका बेला ह्वाइट हाउसबाहिर चल्यो गोली, बन्दुकधारी मारिए आइतबार, जेठ १०, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, जेठ १०, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्