काठमाडौं– आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धन उमेदवार उपेन्द्र यादवको जित सुनिश्चित भएको छ।
गणना हुन बाँकी मतभन्दा उनको मतान्तर बढी भएसँगै जित सुनिश्चित भएको हो। अहिलेसम्मको मतगणनामा यादवले २४ हजार ८२९ मत प्राप्त गरेका छन्।
बारा–२ मा जम्मा ६९ हजार १०७ मत खसेको थियो। जसमा हालसम्म ६५ हजार ३९ मतगणना भइसकेको छ। अब तीन हजार २६ मतगणना हुन बाँकी रहँदा यादवको मतान्तर तीन हजार ८९७ रहेको छ।
उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २२ हजार ९३२ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले)का उमेदवार पुरुषोत्तम पौडेलले नौ हजार १०३ मत पाएका छन्। रास्वपाका रमेश खरेलले दुई हजार ८१४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।