काठमाडौं- बारा- २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्। निकटतम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग उनले मतान्तर बढाएका हुन्।
यादवले २ हजार ६०० मत पाएका छन्। उनलाई कुशवाहाले २ हजार ६७ मतसहित पछ्याइरहेका छन्।
यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ८ सय ६१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।