काठमाडौं- नेपाल राष्ट्र बैंकले पाँच वटा बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले तत्कालीन कुमारी बैंक हाल कुमारी बैंक लिमिटेड, तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (प्राप्तिपश्चात् प्रभु बैंक)लाई कारबाही गरेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उनीहरुले सहुलियतपूर्ण कर्जा, ब्याज र राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको पाइएको छ।
राष्ट्र बैंकले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा १०० अनुसार सचेत गराएको छ। राष्ट्र बैंकले तत्कालीन क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै पाँच लाख जरिवाना गरेको छ। अन्य बैंकहरुलाई भने सचेत मात्र गराइएको छ।
कारबाहीमा परेका बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाहमा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्धति निक्षेपमा प्रकाशित ब्याजजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।