• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अहिलेको गठबन्धन पाँचै वर्ष टिकाउनुपर्छ र टिक्छ– माधव नेपाल [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १, २०८०  २०:४५
1140x725

शुक्रबारदेखि ७० को दशक पूरा गरेर देश ८० को दशकमा प्रवेश गरेको छ।  बितेको दशकमा संविधान निर्माण र लोकतन्त्रका लागि नेपाली जनताले समय बिताए। जनताको यही योगदानपछि २०७२ सालमा संविधानसभावाट संविधान पनि जारी भयो। संविधान जारी भएपछि देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने चर्चा सुरु भएको थियो। तर, यही बिचमा कोरोना महामारीदेखि रुस–युक्रेन युद्धले नेपालको अर्थतन्त्र संकटमा परेको छ। अर्कोतिर, देशमा रोजगारी नहुनु, विधि र पद्धतिको पालना नहुनुजस्ता कारणले जनता आक्रोशित छन्। समृद्धिको सपना दलका नेताहरूले  बाँड्ने क्रम जारी त राखेका छन् तर, जनता त्यो सपनामा ढुक्क हुन सकेका छैनन्। देशको राजनीतिक परिवर्तन, समृद्धिको सपना एवं समसामयिक विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाल लाइभका सल्लाहकार सम्पादक भगीरथ योगीले गरेको कुराकानी :

७० को दशक पूरा गरेर हामी ८० को दशकमा प्रवेश गरेका छौं। यो समयलाई फर्केर हेर्दा कसरी मूल्यांकन गर्नुहुन्छ? 
हामी सबैलाई थाहा छ ६० को दशकको पहिलो अवधि समय हामीले लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि संर्घष गरेर बितायौं। संर्घष गरेर हामीले नेपाललाई नयाँ परिवेशमा पुर्‍याउन सफल भयौं। राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गर्‍यौं। २ हजार वर्ष पुरानो इतिहासको अध्याय समाप्त गरेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायौं। यसैक्रममा नयाँ संविधान निर्माणको चरणमा हामी प्रवेश गर्‍यौं। २०७२ सालमा हामीले संविधान पनि जारी गर्‍यौं। २०६४ सालको निर्वाचनबाट जुन संविधानसभा प्राप्त गरेका थियौं त्यसबाट हामीले संविधान बनाउन सफल हुन सकेनौं। फेरि २०७० सालमा पुनः संविधान सभाको निर्वाचन गर्‍यौं। यो आमनिर्वाचनले संविधान निर्माण गर्न सफल भयो। यो संविधानसभाका सदस्यहरूले निकै मेहनत र शक्ति सन्तुलतको कुरा तथा राष्ट्रहितलाई  केन्द्रमा राखेर नेपालको नयाँ संविधान २०७२ जारी गर्न सफल भएका थियौं। 

यो ७० को दशकको ठूलो सफलता थियो। यो नेपालको इतिहासकै ठूलो सफलता थियो। त्यस्तै, दोस्रो ठूलो सफलता भनेको राज्यको उच्च तहमा राजा राष्ट्र प्रमुखको रुपमा रहने गरेका थिए, हामीले त्यो सम्मानित पदमा जनताको छोराछोरी पुग्न सक्ने काम गर्‍यौं। पहिलो राष्ट्रपति मधेशको छोरा (रामवरण यादव) ले पाउन सफल हुनु भयो। उपराष्ट्रपति (परमानन्द झा) पनि मधेशकै छोराले पाउनु भयो। 

यही दशकभित्र महिला पनि राष्ट्रपति हुन सक्छन् भन्ने कुरा संसारको सामु उदाहरण पेश गर्‍यौं। प्रधानमन्त्रीबाहेक राज्यका महत्त्वपूर्ण निकाय र सर्वोच्च पदमा महिलाहरूको सहभागितालाई सुनिश्चित गर्ने देशको रुपमा नेपाल पार्न सफल भयो। सर्वोच्चको प्रधानन्यायाधीश, सभामुख र राष्ट्रपतिमा समेत महिलालाई हामीले प्रतिनिधित्व गराउन सक्यौं। यो महिलाका निम्ति गौरवको कुरा हो। मधेशी समुदायका लागि पनि गौरवको कुरा हो। आदिवासी जनजातिको कुरा गर्ने हो भने उहाँहरूले समेत उपराष्ट्रपति पद हासिल गर्ने उपलब्धि पनि यही दशकमा पाउनु भयो। राज्यको महत्त्वपूर्ण पदमा हामीले संविधानले दिएको समावेशिताको नीति र समावेशी लोकतन्त्र कागजमा हैन व्यवहारमा देखाउन सफल भएका छौं। 

यसै सन्दर्भमा हामीले चर्चा गर्नै पर्छ, कोरोना महामारीको सामना गर्नुपर्‍यो। नेपाली जनता र समाज आक्रान्त भयो। यसले विश्वलाई नै प्रभावित पार्‍यो। नेपालमा पनि असर पर्‍यो। परिवारका बिचमा भेट र संवाद नहुने अवस्था आयो। यसले विश्व अर्थतन्त्रलाई नोक्साान पुर्‍यायो। नेपालको अर्थतन्त्रलाई पनि यसले नोक्सान पुर्‍यायो जसले गर्दा हामीले ठूला विकासका कामहरू गर्न सकेनौं।

यसले नेपालको अर्थतन्त्र संकटमा पुग्यो। यी सबै चिजबाट विस्तारै माथि उक्लने प्रयास हुँदै गर्दा रुस र युक्रेन सुरु भयो जसको असर हामीले पनि भोग्नुपर्‍यो। विश्वअर्थतन्त्रलाई नोक्सान पुर्‍यायो। यसको असर नेपाललाई पनि पर्‍यो। 

यी पीडाहरूलाई सम्बोधन गर्नुपर्ने वर्षको रुपमा अबको वर्ष भएको छ। मुलुकमा व्याप्त भ्रष्टाचार र भ्रष्टीकरणको विषयमा ठूलो कदम चाल्नुपर्ने अवस्था छ। आज समाज र युवामा निराशावादी विचार फैलिएको छ। मानिसमा आशावादिता मरेको छ। कसैले कसैलाई विश्वास नगर्ने र राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ। नेताहरूप्रति गम्भीर अविश्वास देखिन्छ।  जुन जोगी आएपनि कानै चिरेका भन्ने आममानिसको धारणा हुन थालेको छ। सबैको यही अवस्था छैन। अलग अलगका पृष्ठभूमि र पहिचान होला। यो सबै छुट्याउने कुरामा मानिसहरूले बिर्सन थालेका छन्। मानिसहरूमा विश्लेष गर्ने क्षमतामा कमि आउन थालेको छ। आँखा चिम्लेर विश्वास गर्‍यो त्यही धोका खाने गरेको छ। फेरि अर्कोलाई विश्वास गर्‍यो त्यसबाट पनि धोका हुने अवस्था छ। 

समाजका विभिन्न क्षेत्रमा परीक्षामा उत्तीर्ण भएका,अनुत्तीर्ण भएका र परीक्षामा सहभागी नै नभएका मानिसहरू छन्। यी सबै एकै ठाउँमा उभिएका छन्। त्यसैले अब आउने वर्षमा यी कुराहरूलाई अलग अलग गरेर पहिचान गरेर अघि बढ्नुपर्ने छ। हाम्रासामु केही गम्भीर प्रश्नहरू पनि आएका छन्। के नेपालको समस्या सम्बोधन गर्न र जनताको विश्वास जित्न सक्छौं? नेपालको समृद्धिको सपना पूरा गर्न सक्छौं?  र, जनताको पीडालाई मल्हम लगाउन सक्छौं? जस्ता प्रश्नहरू हाम्रासामु उपस्थित भएका छन्। 

nimb
nimb

जनताको विश्वास पूरा गर्नका लागि सरकार चाहिन्छ। हामीसँग तीन प्रकारको सरकार  ७० को दशकमा निर्माण गरेका छौं। पालिका सरकार तल्लो तहमा रहेका छन्। वडा अध्यक्ष, सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरू तल्लो तहमा निर्वाचित भएर काम गरिरहेका छन्। ७५३ पालिकामा ६ हजार ७ सय ४१ वडा छन्। यी सबै वडामा अध्यक्षहरूको काँधमा पनि ठूलो जिम्मेवारी छ। गाउँ-गाउँमा हामीले सिंहदबार पुर्‍याएका छौं। त्यहाँ पुगेका सिंहदबारहरूले जनतालाई सेवा दिनुपर्ने दायित्व बोकेका छन्। हामीले जनतालाई उनीहरूको घरमै सेवा दिनका लागि रकम पनि पठाएका छौं भने दोस्रो पटक निर्वाचन गर्दै निर्वाचित पदाधिकारीको रुपमा जनताको काम गर्ने जिम्मेवारी पनि दिएका छौं। खर्चको हिसाबले हेर्दा हामीले कति सदुपयोग गर्न सक्यौं र कति सकेनौं भन्ने हो। 

तपाईंले भनेझैं ७० को दशकमा संविधानमार्फत् हामीले तीन तहको सरकार बनायौं। जनतासँग दैनिक ठोक्किने स्थानीय सरकार पनि बनायौं। तर, जुन रुपमा जनताले सेवा र डेलिभरी पाउनुपर्ने हो त्यो देखिदैन। निराशा बढेको तपाईंले नै भन्नु भयो। यसलाई तपाईंले कसरी लिनु भएको छ? 
हामीले संविधान निर्माण गर्दा तीन तहको सरकारमध्ये स्थानीय सरकार जनताको घरदैलोको र सेवा दिने सरकारको अवधारण राखेकै हो। यसले जनतालाई आफ्नै आँगनमा सेवा दिने परिकल्पना संविधानले पनि गरेको छ। २०५१ सालमा हामीले जसरी आफ्नो गाउँ आफैं बनाउन सुरु गरेर ४ हजार गाउँ विकास समिति र नगरहरूमा काम गरेका थियौं।

तत्कालीन समयमा तीन लाख रुपैयाँ पठाएका थियौं। त्यसले बेग्लै उत्साह र विकासको अभ्यास सुरु भएको थियो। गाउँ विकास समितिमा पठाएको रकम सदुपयोग भएर विकास भएको देखेर मानिस उत्साही थिए। तर, अहिले रकम वृद्धि भएको छ तर मानिस खिन्न र निरास छन्। मानिस उही हो तर किन कुनै समयमा राम्रो काम गर्छ अनि कुनै समयमा नराम्रो काम गर्छ? यही सन्दर्भमा हाम्रो समाज, शिक्षा प्रणालीमा निर्भर हुने देखिएको छ।

सातै प्रदेशमा प्रदेश सरकारहरू आएका छन्।  प्रदेशहरूमा मुख्यमन्त्री आए, मन्त्री आए, तर त्यसले कस्तो काम गरिरहेको छ। केन्द्रमा सरकार बनाउनेहरूले कति काम गरे। कुनै समय दुई तिहाई बहुमत पाएर केन्द्रदेखि प्रदेशसम्म सरकार बनाएर नेतृत्व गरेको अवस्थामा जिम्मेवारी प्राप्त गर्दा सदुपयोग गर्न सक्यो कि सकेन भन्ने गम्भीर प्रश्न छ। यसमा अरुलाई दोषारोपण भन्दा 'म म' भनेर आफूभित्र खोज्नुपर्ने छ। हामी आफैं सुध्रिन जरुरी छ। कुनै विदेशीले नेपाल बनाइदिने हैन। हामी आफैंले बनाउने हो। आफू सुध्रेन भने देश सुध्रदैन। नेपाली भएकोमा हामीलाई गर्व छ। यसको रक्षा गर्नु र पक्षपोषण गर्नु हाम्रो कर्तव्य हो। 

राज्य सञ्चालनको परिपाटीमा अब सुधार गर्नुपर्ने छ। युवाहरूको बेरोजागरी, किसानको मल नपाउनेदेखि उत्पादनको मूल्य नपाउने र पिछडिएका व्यक्तिहरूको विकासको चाहना अझै पनि बढेर गइरहेको छ। यसलाई कसरी सम्बोधन गर्ने भन्ने अहिलेको जटिल प्रश्न हो। 

समस्याको पहिचान गरेर त्यसको कारण खोजी गरेर समाधान पनि दिनसक्नुपर्छ। जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ। यसलाई समाधान गर्ने संकल्प हुनुपर्छ। यसका लागि हामीले कामको प्राथमिकरण गर्नुपर्छ नत्र साना कुरामा अलमिएर समय बिताउने हुन्छ। समयको वेग अनुसार अघि बढ्न सकेन भने पछि परिन्छ। 

अघिल्लो वर्ष निर्वाचनको वर्ष भयो। वैशाखमा स्थानीय तह र मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हामीले सफल रुपमा सम्पन्न गरेका छौं। नयाँ राष्ट्रपति, सभामुख, उपराष्ट्रपति हामीले छानेका छौं। नयाँ सरकार बनेको छ भने नयाँ मन्त्रीहरू बनेका छन्। तर, अहिले एउटा चिन्ता छ। हामी सरकार बनाउँदा बनाउँदै समय बिताउँछौ कि भन्ने चिन्ता छ। सरकार बनाउँदा बनाउँदै आपसमा कुरा नमिलेर फेरि मध्यावधितिर जाने पो हो कि भन्ने खतरा र चिन्न्ता छ।  तर, गठबन्धनको अवस्था हेर्दा यसलाई पाँच वर्षसम्म टिकाउनुपर्ने छ। यो टिक्छ पनि। यो राष्ट्रको बाटो नै चेन्ज गर्ने भूमिका हामीले खेलेका छौं। विगतको कमि कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्ने छ। 

संवैधानिक अभ्यासको कुरा गर्दा सरकार गठन, राष्ट्रपतिको अधिकार, प्रतिनिधि सभा गठनका कुरामा विवाद देखियो। संविधान संशोधन गर्नुपर्ने आवश्यकता देख्नु भएको छ?
यो चाहिँ सुधार गर्नुपर्ने आवश्यकता देखिएमा गर्नुपर्ने हुनसक्छ। अहिले चाहिँ संविधान हैन कानुन सुधार गर्नुपर्ने देखिन्छ। जस्तो; नागरिकता सम्बन्धी ऐन छैन। जसले गर्दा नागरिकतामा समस्या भइरहेको छ। कानुनको अभाव धेरै देखिन्छ। पुराना कानुनहरू छन्। ती कानुनहरूलाई अहिलेको अवस्था अनुसार समृद्ध बनाउनुपर्ने छ। यसमा गहन रुपमा छलफल गर्नुपर्छ। यो अवस्थामा हामीले देशलाई अघि बढाएर लैजान विनम्र भएर जानु पर्छ।

हामी यस्तो स्थानमा अवस्थित छौं कि धेरै तिरबाट चासो देखिन्छ। अनावश्यक दबाबहरू आउँछन्, त्यसलाई झेल्नुपर्दछ। हामी नेपालीले झेल्दै पनि आएका छौं। हामी स्वाभिमानी र अरु देशका बारेमा सद्‌भाव राख्छौं। अनावश्यक हस्तक्षेप गर्न चाहदैनौं। त्यसैले पनि हामीले पनि यही चाहेका छौं। नेपालको राजनीतिको कोर्स परिर्वतन गर्ने कुरामा लामो समय बिताएका नेताहरू भएकाले यसमा अहिलेसम्म सफल भएका छौं। हाम्रो पार्टी यही पवित्र उद्देश्य लिएर खुलेको हो। 

२०८० साल सुरु भएको छ। भविष्यको दशक कस्तो देख्नु भएको छ? अर्को कुरा, यही सरकारलाई निरन्तरता दिँदै तपाईंले पनि नेतृत्व लिने कुरा आएका छन्। यसरी हेर्दा यही अवधिमा पनि तीन प्रधानमन्त्री हुने देखिन्छ। यसले अस्थिर राजनीतिलाई संकेत गर्दैन र? 
नीतिको दिगोपना हुनुपर्छ। नेतृत्व परिवर्तन हुँदैमा त्यसले केही असर गर्दैन। सरकार परिवर्तनले अस्थिरता ल्याउने होइन। कार्यक्रमहरू तयार गर्दा, प्राथमिकता तयार गर्दा गहन छलफल गर्नुपर्छ। अहिलेको सत्ता गठबन्धनले यही कारण छलफल गरेर साझा कार्यक्रम तय गरेको छ। यसैमा टेकेर सरकारहरू अघि बढ्छन्। आफ्नो जिम्मेवारी तोकिएअनुसार पूरा गर्दै जाने हो भने पक्कै पनि काम गर्न सकिन्छ। म आगामी दशकमा निकै आशावादी छु। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २०:४५
  • #माधवकुमार नेपाल
  • #अन्तर्वार्ता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्