• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आँपबारे प्रधानमन्त्रीको झुटो वचन, यस्तो छ तथ्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ०८:३४
1140x725

गत साता हाम्रा प्रधानमन्त्री केपी ओलीले बडो रमाइलो कुरा गरे, 'क्यानाडा, अमेरिका र जापानमा आँप फल्दैनन् । हामीले पठाइदियौं भने किनेर खान्छन्।'

आँपको राजधानी तराइ। तराइकै मुख्य सहर जनकपुर। आँपको भाऊ नपाएर चिन्तामा परिरहेका हाम्रा धेरै किसानले प्रधानमन्त्रीको यो फर्मूला सुनेर मख्ख परे । ताली बजाए। धेरै मिडियामा समाचारको लिड बन्यो, कतिपय समाचारको शिर्षक नै भयो। 

प्रधानमन्त्रीजस्तो व्यक्तिले भनेपछि धेरै नेपालीले त पत्याए होलान्। तर कृषि प्रविधिको यो जमानामा मलाई कताकता यो कुरा तथ्यपरक होइन कि जस्तो लाग्यो। ल्यापटप खोलें। गुगल क्लिक गरें। सेकेन्ड भरमै गलत देखियो हाम्रा प्रधानमन्त्रीको कुरा । उनले भनेजस्तो यी देशमा आँप खेती नै नहुने भन्ने हुँदै होइन रहेछ । क्यानाडा, जापान र अमेरिका तिनै देशमा आँपको बोट हुर्किँदो रहेछ। ती देशमा आँपको नर्सरी र बगैंचाको बारेमा लेखिएका धेरै सूचनाको लिंक भेटियो। 

नेपालमा फल्नेजस्तो माल्दह, दसहरी, आम्रपाली, बम्बइ, कलकतियताजस्ता नाम गरेका प्रजातिका आँप यी देशमा नहोलान्, तर उनले भने जस्तो आँपै नफल्ने होइन रहेछ। यी देशमा पनि विभिन्न प्रजातिको आँप फल्दा रहेछन्। हाम्रो मुुलुकमा फल्ने करिब सबै खाले आँप भारतबाट पनि यथेष्ट परिमाणमा यता आउँदो रहेछ। 
 
अमेरिकाः एउटै नर्सरीमा ५० प्रजाति
अमेरिकी भूमिमा पनि आँप खेती हुने गरेको छ । अनलाइन स्रोतका अनुसार, दक्षिणी फ्लोरिडा, क्यालिफोर्नियाको कोचेल्ला भ्याली र हवाइमा यसको व्यवसायिक खेती गर्न सकिन्छ। यहाँ पनि खुला जमीनमा खेती गर्न सकिने प्रजातिको आँपको विकास गरिएको छ।

मे, जुनतिर पाक्ने ग्लेन प्रजातिको आँप यहाँ लोकप्रिय छ । निकै स्वादिलो क्रिमी स्वाद र पहेंलो र रातो रंगमिश्रित यसको सुवासले बगैंचाको महक बढाइदिन्छ। गुणस्तरीय उत्पादन र रोग प्रतिरोधात्मक क्षमतासमेत भएकाले यो आँपको लोकप्रियता बढेको हो। क्यानाडामा जस्तै क्यारी प्रजातिको आँप पनि अमेरिकी भूमिमा खेती हुने गर्दछ।

फ्लोरिडास्थित एरिक्सन फार्मले १२ प्रजातिको आँपको बिरुवा बेच्ने गर्दछ । त्यस्तै, पाइन आइल्याण्ड नर्सरीले पनि उत्तरी अमेरिकी उपभोक्ता लक्षित गरी आँपको बिरुवा उत्पादन गर्दछ। फ्लोरिडाकै स्पाइक्स ग्रभ नर्सरीले ५० भन्दा बढी प्रजातिको आँपको बिरुवा उत्पादन र बिक्री गर्दै आएको छ।

१९३० मै भित्रियो जापानमा आँप 
नेपाली प्रधानमन्त्री ओलीले दावी गरेजस्तै आँप नै नफल्ने जापानको चर्चा पनि गरौं। यहाँ पनि उनले भनेजस्तो आँप नफल्ने होइन रहेछ। याऐमा टापुको एउटा खण्ड छ, इशिगाकी टापु। यहाँ पनि गर्मी मौसममा गज्जबसँग आँप फल्ने तथ्य गुगलमै भेट्टाउन सकिन्छ। यहाँ फलेको आँप जापानको धेरै सहरतिर पुग्ने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

जापानमा आँपको खेती सुरु गरिएको करिब ९० वर्षअघि रहेछ। सन् १९३० को दशकमा ताइवानबाट यहाँ आँपको बिरुवा भित्रिएको हो। सन् १९८० को दशकमा फेरि इशिगाकी नगर सरकारले आँपको व्यवसायिक उत्पादनमा विशेष रणनीति बनायो। दर्जनौं आँप नर्सरीहरु स्थापना भए। किसानलाई कलमी लगाइएका बिरुवा उल्लेख्य संख्यामा वितरण गरियो। आँप खेती प्रविधि किसानमाझ लगियो। विश्वका सफल आँप बगैंचामा केही किसानलाई घुमाइयो। किसानलाई ग्रीन हाउसको प्रविधिमा पहुँच दिलाउँदै स्वस्थ बिरुवा हुर्काउने र मौसमी प्रतिकूलताबाट जोगाउन सकिने क्षमता पनि दिलाइयो। त्यो सरकारी प्रयासले सफलता हासिल गरेको छ।

यहाँ एर्विन नामक आँपको खेती विशेष हुने गर्दछ। यसलाई स्थानीय किसानले आफैंले नयाँ नामाकरण गरेका छन्, पोटोरि का । जापानी भाषामा पोटोरी भनेको खसेको आवाज हो भने फललाई का भनिन्छ। रुखमा पाकेपछि खस्ने गुण भएकोले आँपलाई उनीहरुले यस्तो नाम दिएको इशिगाकी सहरका किसान नागामासा शिमदा बताउँछन्। 

उनको बगैंचामा २५ वर्षदेखिको आँपका रुख छन्। उनको बगैंचाको लोकप्रियता यति चुलिएको छ कि, उनले फलाएको आँप अघिल्लो वर्ष नै बुक हुने गर्दछ। धेरै जापानीहरु आँपको खीर (पुडिंग) र वाइनको पारखी भइसकेका छन्। ताजा फलले मन जितेको त उहिल्यै हो।  

क्यानाडामा तीन प्रजातिको आँप
तथ्य सुरु गरौं क्यानाडाबाट । यो चिसो मौसम बढी हुने मुलुक हो । नेपालको जस्तो उष्ण मौसमीय आँप यहाँ खेती हुन सक्दैन । तर प्रविधिले क्यानाडालाई पनि आँप खेती हुन सक्ने बनाइदिएको छ । यहाँ तीन प्रजातिका आँप मज्जाले फल्ने रहेछ।

कस्म्यान, कग्शेल र क्यारी प्रजातिको आँप क्यानाडाको ब्रिटिस कोलम्बिया प्रान्तीय क्षेत्रमा खेती हुने गर्दछ। यहाँस्थित ग्रीनहाउस उत्पादक काइली एक्सेनर आँप फलाउने प्रविधि सुझाउँदै भन्छन्, प्रविधिले हामीलाई जुनसुकै मौसममा पनि फसल लिन सक्ने बनाइदिएको छ।  

चिसो मौसममा पनि फलाउन सकिने कस्म्यान प्रजातिको आँप ठूलाठूला ग्रीनहाउसमा फलाउने गरिएको छ । न्यानो मौसममा खुला जमीनमा फलाउन सकिन्छ । बाह्रै महिना फलाउन सकिने भएकोले कस्म्यान आँप सदाबहार फलमा गनिन्छ।

अर्को प्रजाति, कग्शेल हो। यो पनि ढुसी प्रतिरोधी हुन्छ। जुन, जुलाइतिर पाक्ने यो आँपको बोट आठ फिट अग्लो हुन्छ। रातो र हरियोमिश्रित यसको गुदी निकै स्वादिलो हुन्छ। 

अर्को, क्यारी आँप हो। निकै स्वादिलो यो आँप किटाणु र ढुसी प्रतिरोधात्मक क्षमताको हुन्छ। जुन, जुलाइतिर फल्छ । जाडोमा पनि ग्रीन हाउसभित्र यसको उत्पादन लिन सकिन्छ।  

सम्भावना खोजौं, बेबकूफ नहोऔं
मरुभूमिले भरिएको देश त आर्थिक समृद्धिमा छलांग मारेको धेरै देखेका छौं। माटोबिना तरकारी फलाएको, गर्मी मुलुकमा स्याउ फलाएको हामी धेरैले देखे सुनेका छौं। सबैखोले मौसम र जलबायु, खेतीयोग्य जमीन, पर्याप्त जनशक्ति हरेक दृष्टिले हामी नेपाली अब्बल छौं। अभाव छ त यिनको उपयुक्त उपयोग। हाम्रा प्रधानमन्त्रीले नेपालमा केही हुँदैन, गर्न सकिदैंन भन्दै निराशिएका नेपालीलाई सम्भावनाको क्षितिज देखाइरहेका छन्। केही भएपनि आशाको त्यान्द्रो बाँध्न पाएका छौं। तर यसो भन्दैमा तथ्यहीन कुरा गर्नु किमार्थ उचित नहोला। प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेको कुरा दस्तावेज हुन्छन्। प्रधानमन्त्रीले सबै तथ्य याद गर्न सम्भव छैन तर बोल्नुपूर्व तथ्यको बारेमा अध्ययन गरिदिनु भए यस्तो बेकुफीबाट जोगिनु हुने थियो कि? 

पहिला किसान बचाऔ
त्यसो त, नेपाल कृषिप्रधान मुलुक हो भनेर भाषण गर्ने र विदेशीलाई परिचय दिलाउने शव्द मात्र भएको छ अहिले। हाम्रो करेसाबारीमा सजिलै फलाउन सकिने खुर्सानी, मेथी, धनिया, ज्वानोजस्ता सामाग्रीसमेत विदेशबाट नल्याएसम्म खान नपाइने अवस्था छ। तीस प्रतिशतभन्दा बढी जमीनले कुनै बीऊ, बेर्ना देख्न पाउँदैनन्, बाह्रै महिना बाँझो बस्छन्। निर्यातको सपना देख्ने र देखाउने भन्दा पनि यस्ता विषयमा घोत्लिनु आवश्यक हो। 

अर्को कुरा, नेपालको धेरैजसो कृषि उपज निर्यातमा अवरोध छन्। हामीले अन्तर्राष्टिय गुणस्तरमा उत्पादन, प्याकेजिंग र परिमाण आपूर्ति गर्न सकेका छैनौं। नत हामीले आफूसँग उत्पादित कृषि उपजको स्वदेशी बजारको व्यवस्थापन नै गर्न सकेका छौं। गत वर्ष गोलभेडा किसानले बजार नपाएर रोएर बिताए। अघिल्लो महिना दूग्ध उत्पादक किसानले सडकमा दूध पोखाए। गत साता नै हो, बजार भाऊ नपाएर च्याउ किसानको रोदन धेरै मिडियामा गुञ्जियो। प्रधानमन्त्रीज्यू, नेपाली किसानलाई सम्भावनाको रोचकता सुनाउनुभन्दा पनि यस्ता आधारभूत विषयमा ध्यान दिने कि? यसमा सफलता हासिल गरौं, त्यसपछि अमेरिका, क्यानाडा र जापानका उपभोक्ताको चिन्ता गरौं होला। 
   

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्