• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देवानी फौजदारी संहितामा विवाह सम्बन्धी व्यवस्था

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ०१:१९
1140x725

नेपालको कानुन तथा न्याय प्रणालीमा मुलुकी ऐन लगायत १३ ऐनहरु र अन्य धेरै ऐनका थुप्रै दफाहरुलाई प्रतिस्थापन गरेर रुपान्तरित व्यवस्थापिका संसदबाट २०७४ सालमा जारी भई २०७५ साल भाद्र १ गते बाट लागु भएको देवानी तथा फौजदारी संहितामा विवाहवारीका सम्बन्धमा केही पुराना व्यवस्थाहरुको निरन्तरता र केही नयाँ मान्यतालाई स्थापिता गरेको छ।

देवानी संहिताले विवाहको सैद्धान्तिक ढंगले परिभाषा गर्दै कस्तो–कस्तो विवाहलाई विवाह मानिने, कस्तो कस्तो विवाहलाई विवाह मान्न नसकिने, बदर योग्य र बदर हुने विवाहको प्रकृति के कस्तो हुने जस्ता विषयमा स्पष्ट प्रवन्ध गरेको छ। विवाह दर्ता र दर्ता विवाह सम्बन्धी छुट्टाछुट्टै प्रावधान उल्लेख गरिएको छ।

विवाहको परिणाम अनि सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थाको सिलसिलेवार ढंगले व्यवस्था गरिएको छ। फौजदारी संहितामा विवाह सम्बन्धी कसुरको व्यवस्था गरेर के कस्तो कार्य गरेमा विवाह सम्बन्धी कसुर मानिने र कसुरदारलाई के कति सजाय हुने स्पष्ट व्यवस्था गरिएको छ।

विवाह भएको मानिने अवस्था
देवानी संहिताको परिच्छेद १ मा विवाह सम्बन्धी व्यवस्था रहेको छ। ऐनको दफा ६७ मा कुनै पुरुष र महिलाले कुनै उत्सव समारोह औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ। साथै, विवाह पुरुष र महिला बीचको दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ भन्ने व्यवस्था गर्दै विवाह के हो र विवाह केलाई भनिन्छ भन्ने परिभाषा समेत गरेको छ।

यो ऐन बमोजिम विवाह बदर भएमा वा बदर गरेमा तथा पति पत्नीबीच सम्बन्ध विच्छेद भएमा बाहेक पति र पत्नीबिचको सम्बन्ध स्वतः कायम रहेको मानिने व्यवस्था गरेको छ। तर यस ऐन बमोजिम गरिने जुनसुनै प्रकारको विवाह भए पनि विवाह भएको विषयलाई सार्वजनिक गर्नु गराउनुपर्ने अनिवार्य व्यवस्था समेत गर्दै कसैलाई थाहा नदिइकन सुटुक्क ढंगले गरिने विवाहलाई मान्यता दिन नसकिने व्यवस्थालाई ऐनले आत्मसात गरेको छ।

के कस्तो अवस्थामा विवाह हुन सक्ने
पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न सहमत वा मञ्जुर भएमा, हाडनाता मा सजाय हुने अवस्था नरहेमा र दुवैको पूर्व वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्नेछ।

उपरोक्त तीन वटै वा तिमध्ये कुनै एक अवस्था रहेको भए त्यस्तो विवाह स्वत बदर हुनेछ। तर कुनै जातीय समुदाय वा कुलमा चलिआएको नाता सम्बन्धको विवाह भने मान्यता दिने व्यवस्था गर्दै विवाहमा हाडनाता सम्बन्धमा कायम रहेको प्रथाजनित कानुनलाई मान्यता प्रदान गरेको छ।

विवाह गर्न गराउन नहुने अवस्था
कसैले पनि शरीरमा एचआइभी वा हेपाटाइटिस वा यस्तै प्रकृतिको निको नुहने रोग लागेको, यौनांग नभएको, नपुसंगक भएको, सन्तान उत्पादन गर्ने क्षमता नभएको, पूर्ण रुपमा बोल्न सुन्न वा देख्न नसक्ने, होस ठेगानमा नरहेको, विवाह भइसकेको, गर्भवती भएको र नैतिक पतन देखिने कसुरमा अदालतबाट सजाय पाएको पुरुष वा महिलालाई भएको तथ्य व्यहोरा ढाँटी, लुकाई वा झुक्याई विवाह गर्न वा गराउन पाइने छैन। यदि त्यस्तो गरेको अवस्थामा विवाह बदर गराउन चाहने पक्षले विवाह बदर गराउन सक्नेछ। र, त्यसरी झुक्याई विवाह गर्ने र गराउनेबाट विवाह गर्दा लागेको सम्पूर्ण खर्च क्षतिपूर्ति बापत भराई लिन पाउने छ।

Ncell 2
Ncell 2
nimb
nimb

विवाह गर्ने प्रक्रिया
देवानी संहिताले विवाह ३ किमिसले मात्र हुनसक्ने व्यवस्थालाई स्थापित गरेको छ। आपसी मञ्जुरीले उत्सव समारोह वा त्यस्तै कार्यक्रम गरेर ऐनको दफा ७७ बमोजिम दुई जना साक्षी राखी स्वदेशमा भए सम्बन्धित जिल्ला अदालतमा निवेदन दिई अदालतबाट दर्ता गराएर विवाह भएको मानिने छ। त्यस्तै, धारा ७४ मा महिला पुरुषको सम्पर्कबाट शिशुको जन्म भएको अवस्थामा विवाह भएको मानिने छ। अन्यथा कुनै किसमले विवाह भएको मान्न नसकिने व्यवस्था गरेको छ।

विवाह दर्ता सम्बन्धी व्यवस्था
ऐनले विवाह गरेर मात्र हुँदैन विवाह गरेपश्चात आपसी मञ्जुरीमा समारोह उत्सव वा औपचारिक कार्यक्रम गरेर विवाह गरेकोमा विवाहित दुवै पक्षले र आपसी सम्पर्कबाट शिशु जन्मेको कारणबाट विवाह भएकोमा सम्भव भए दुई जना, नभए एक जनाले मात्र पनि नेपाल सरकारले तोकेको अधिकारी समक्ष निवेदन दिई त्यस्तो अधिकारीबाट तोकिएको ढाँचामा विवाह दर्ता प्रमाण पत्र लिनुपर्नेछ।
विदेशमा भए सम्बन्धित नेपाली राजदुतावास वा महावाणिज्यदुतावावसमा त्यस्तो विवाह दर्ता गराउनुपर्ने व्यवस्था गर्दै विवाह दर्ता गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको छ।

विवाहिता महिलाको थर र बासस्थानसम्बन्धी व्यवस्था
ऐनको व्यवस्था अनुसार विवाहिता महिलाले विवाहपछि निजको बाबु वा आमाले प्रयोग गरेको थर वा पतिको थरमध्ये कुनै एक वा दुवै थर प्रयोग गर्न सक्नेछ। तर, अन्यथा प्रमाणित भएकोमा बाहेक सामान्यतया विवाहिता महिलाले पतिको थर प्रयोग गरेको मानिने व्यवस्था गरिएको छ।

पति र पत्नी भएर बासस्थान कहाँ रहने वा कुन हुने भन्ने सम्बन्धमा दुवैले आपसी सहमतिद्वारा पति वा पत्नीको घरलाई वा अन्य कुनै स्थानलाई पनि आफ्नो बासस्थान कायम गर्न सक्नेछन्। तर, त्यस्तो सहमति नहुँदासम्म पतिको घर नै पत्नीको बासस्थान कायम भएको मानिने प्रावधान रहेको छ।

पुनः विवाह गर्न सक्ने
विवाह बदर भएमा, पति पत्नीबीच सम्बन्धविच्छेद भएमा, सम्बन्धविच्छेद नहुँदै पत्नीले अर्को विवाह गरेमा, पति वा पत्नीको मृत्यु भएमा, पति पत्नीबीच अंशबण्डा भइसकेपछि एकैघरमा नबसी भिन्न ढंगले बसेको अवस्थामा पति वा पत्नीले पुन विवाह गर्न पाउने छन्। अन्यथा, अर्को विवाह गरेमा उक्त विवाहले मान्यता नपाउने प्रावधान रहेको छ।

मुलुकी देवानी (संहिता) ऐनले पति पत्नी बीचको सम्बन्ध सम्बन्धी केही नयाँ व्यवस्था गरेको छ। महिला र पुरुषबीच विवाह भएपछि उनीहरुको सम्बन्ध स्वतः पति पत्नीको सम्बन्ध हुनेछ। पति र पत्नीबीच आपसी प्रेम र सद्भाव कायम हुनुपर्ने छ। आपसी समझदारीबाट अन्यथा कुनै सहमति भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन बिताउनुपर्ने छ। पति र पत्नीले एक अर्कालाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने छ।

पति र पत्नीले आफ्नो सम्पति आम्दानी तथा हैसियत अनुसार घर व्यवहार चलाउनुपर्ने छ। पति र पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लाउन र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने छ। पति वा पत्नीको एक अर्कालाई निजको सीप योग्यता र क्षमता अनुसारको पेशा व्यवसाय वा कुनै काम रोक्न हुँदैन बरु आवश्यक सहयोग गर्नुपर्दछ।

पति पत्नी दुवैलाई एक अर्कोको प्रतिनिधी मानिने व्यवस्थाले पति पत्नीको सम्बन्धलाई सैद्धान्तिक ढंगले समेत परिभाषित गर्दै नयाँ व्यवस्था गरेको छ।

नालिस गर्ने हदम्याद
मुलुकी देवानी (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी परिच्छेद सम्बन्धमा मर्का पर्ने पक्षले मर्का परेको विषयमा मर्का पर्ने काम भए गरेको मितिले ३ महिना भित्र नालिस उजुर गर्नुपर्नेछ र म्याद भित्र नालिस उजुर नगरे त्यस्तो विषयमा नालिस उजुर लाग्ने छैन।

विवाह सम्बन्धी कसुर र सजाय
मुलकुी फौजदारी (संहिता) ऐनले विवाहवारी सम्बन्धमा गरिने कतिपय कार्यलाई फौजदारी कसुरको रुपमा परिभाषित गरेको छ र त्यस्तो कसुर गरेको ठहरेमा कैदमा बस्नुपर्ने, जरिवाना वा क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरेको छ।

फौजदारी (संहिता) ऐनको परिच्छेद ११ मा कसैको मञ्जुरी बिना विवाह गर्न वा गराउन हुँदैन तर यदि कसैले गरे गराएका भए त्यस्तो विवाह स्वतः बदर भई त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैँयासम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

हाडनातामा विवाह गर्न हुँदैन। यदि कसैले हाडनातामा विवाह गरे गराएको भए त्यस्तो विवाह स्वतः बदर भई त्यसरी विवाह गर्ने गराउनेलाई हाडनाता करणीको कसुरमा गरिने सजाय बराबरको सजाय हुने र त्यस्तो विवाह गराउनेलाई तीन महिनासम्म कैद र ३ हजार रुपैँयासम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, २० वर्षभन्दा कम उमेरका पुरुष र महिलाबीच विवाह गर्न नहुने, विवाह भए त्यस्तो विवाह स्वत बदर हुने र त्यस्तो विवाह बाल विवाह ठहर भई विवाह गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवानाको व्यवस्था गरिएको छ।
यो ऐनबमोजिम विवाहमा अनुचित चल अचल सम्पत्ति दाइजोको रुपमा माग गर्ने वा वार्गेनिङ गर्ने कार्य गर्नु हुँदैन। र, त्यस्तो कार्य गरेमा त्यस्तो व्यक्तिलाई समेत ३ वर्षसम्म कैद र ३० हजारसम्म

जरिवाना हुने व्यवस्था गरिएको छ। यस्तो फौजदारी कसुरमा विवाह गर्ने व्यक्ति, विवाह गराउने लमी, जन्ती र पुरोहितले समेत त्यस्तो कसुरको दायित्व लिनुपर्ने कानुनी व्यवस्था रहेको छ। अन्त्यमा विवाह गर्ने गराउने पक्षहरुले यो कानुनी व्यवस्थालाई ठीक ढंगले बुझ्न आवश्यक ठानिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्