पीडाका झ्यालखानामा खुसीले
बिताइरहेको छ कैदी जीवन,
घरीघरी चिच्याउदै गर्छ प्रश्न,
कसुर के थियो ए जिन्दगी ?
ए जिन्दगी के थियो र कसुर?
किन हरेक क्षण,
हरेक सेकेन्ड,
झ्यालखाना भित्र,
नजरबन्द रहेको खुसीले
बिना सर्त रिहाइमाग गर्दै
आन्दोलन चर्काइरहेको हुन्छ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।