काठमाडौं– पंकज त्रिपाठी, जितेन्द्र कुमार र अभिषेक बनर्जी जस्ता धेरै कलाकार छन् जो कुनै समय फिल्महरूमा सानो भूमिकामा सीमित थिए।
अचानक ओटीटीमा महत्त्वपूर्ण भूमिका खेल्न थालेपछि उत्कृष्ट अभिनयबाट चर्चा बटुले। ओटीटीले फिल्म जगतमा नयाँ प्रतिभाहरू जन्मायो।
'ड्रीमगर्ल', 'स्त्री' जस्ता फिल्महरूमा रमाइला पात्रहरू खेलेर अभिषेक बनर्जीले दर्शकको मन जिते तर जब मानिसहरूले उनलाई 'पाताल लोक' मा हथोडा सिंहको भूमिकामा देखे, तब उनको लोकप्रियता निकै बढ्यो।
पंकज त्रिपाठीले ओटीटीमा डेब्यु गर्नुअघि धेरै फिल्ममा काम गरिसकेका थिए। वेब सिरिज ‘मिर्जापुर’ मा कलेन भैयाको भूमिका खेलेर रातारात स्टार बने। आज उनी आफ्नो अभिनयको बलमा करियरको उचाइमा छन्।
जितेन्द्र कुमारले धेरै वेब सिरिजमा उत्कृष्ट काम गरेका छन् । ‘पञ्चायत’, ‘कोटा फ्याक्ट्री’ जस्ता वेब सिरिजमा रोचक भूमिकामा उनलाई सबैले मन पराए। उनी आज दर्शकमाझ निकै लोकप्रिय छन्।
वेब सिरिज ‘मिर्जापुर’ मा दिव्येन्दु शर्माको अदभुत क्यारेक्टर थियो, उनले फिल्म ‘प्यार का पंचनामा’ बाट डेब्यु गरे पनि उनलाई वास्तविक पहिचान ‘मिर्जापुर’ बाट मात्रै मिलेको थियो ।
बलिउडको चर्चित परिवारबाट आए पनि बबी देओलले आफ्नो विशेष पहिचान बनाउन निकै समय लगाए। वेब सिरिज ‘आश्रम’ मा बाबा निरालाको भूमिका खेलेर उनी चर्चित भए। दर्शकले उनलाई नकारात्मक भूमिकामा बढी रुचाएका छन्।
सामन्था रुथ प्रभु यसअघि दक्षिण सिनेमामा लोकप्रिय थिइन्, तर उत्तर भारतमा उनको लोकप्रियता ‘द फ्यामिली म्यान २’ बाट बढ्यो, जसमा उनी मनोज बाजपेयीको अपोजिट देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।