काठमाडौं– प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबिच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंक र सीजी मोटर्स प्रालिबिच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्स प्रालिबाट ग्राहकहरूलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।
हाल बैंकको देशभर रहेका ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।