• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुलुकी संहितालाई चुनौती नमानौं, उमंगका साथ कार्यान्वयन गरौं

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  १३:४४
1140x725

प्रमाण ऐनको व्यवस्था बमोजिम भन्नु पर्दा, अदालतले प्रचलित नेपाल कानुनलाई न्यायिक जानकारीमा राखेको हुन्छ । प्रचलनमा रहेको कानुन सामान्यतः लामो अभ्यासका क्रममा जनजीवनमा सरल भएकाले सरल रुपमा नै जानकारीमा रहन्छ।

यसरी पहिले नै जानकारीमा रहेको कानुनलाई लागु गर्न, प्रयोगमा अर्थ्याउन र व्याख्या गर्न पनि सहज हुन्छ। तर, परिवर्तित नवीन कानुनी व्यवस्थाको बारेमा जानकारी हासिल गर्न कहिलेकाहीँ कठिन हुन सक्छ।  यस अर्थमा, संहिताहरुको कार्यान्वयनका चरणमा यसका अवयवहरु सबै नयाँ छौं।  आजसम्मको व्यवस्थाबाट भोलिको दिनमा पुग्दा हामीले कानुनको नयाँ प्रस्थान बिन्दुमा प्रवेश गर्दैछौं। सायद, यसलाई केही हदसम्म चुनौती मान्न सकिएला। तर, यो त्यति धेरै निराश बनाउने चुनौती अवश्य पनि होइन।

नवीन विषयमा चुनौतिहरु
सवै नवीन विषयहरु  अवश्य पनि चुनौतिपुर्ण रहन्छन्। मुलुकी संहिता पनि यही चुनौति हो। यो आफैंमा नवीन दिशानिर्देशका लागि अवसर पनि हो।  साविकका कानुनी जटिलताहरुको सरलीकरण गर्दै समयसापेक्ष न्यायमुखी कानुनी व्यवस्थालाई हामीले प्राप्त गरेका छौं।  शत प्रतिसत सफल र त्रुटिरहित प्रणाली परिकल्पना गरिएको हुन्छ तर त्यो सदैव प्राप्त हुँदैन।  त्यस्तो सुन्दर परिकल्पनाभित्र अधिकाधिक प्राप्ति नै सबैभन्दा ठूलो विषय मान्नुपर्छ।

भोलिका दिनमा अभ्यासका क्रममा उत्पन्न हुनसक्ने कतिपय अन्यौलले न्यायिक समाधानको आवश्यकता माग गर्न सक्छन् र कतिपय विषय न्यायिक रुपमा निरुपण  गर्नुपर्ने आवश्यकता पनि रहन सक्छ। तसर्थ, संहिताका विषयगत प्रावधानमा अहिले नै चर्चा र टिप्पणी गर्न मेरा लागि अनुपयुक्त हुनसक्छ।  तर, सैद्धान्तिक रुपमा यति भन्न सकिन्छ,  संहिताहरुको कार्यान्वयन प्रारम्भ हुने भोलिको दिन हामी सबै नेपालीका लागि कानुनी इतिहासको सुखद दिनहरु मध्येको एक दिन हो।

चुनौतिहरु 
चुनौतीहरुकै प्रसंमा भन्नुपर्दा सबैभन्दा पहिलो चुनौती कानुनका प्रावधानहरुको जानकारी हासिल गर्ने र प्रयोग गर्ने कार्यमा रहला। आजसम्म अभ्यस्त विषयबाट अर्को प्रावधानमा प्रस्थान गर्नु मानवीय स्वभावका दृष्टिले अवश्य सहज कुरा होइन। तर, हामीसँग प्राप्त विगतको करिब एक वर्षको समयलाई अधिकतम् सदुपयोग गर्दै देशभरि तालिम, प्रशिक्षण र अभिमुखीकरण गर्ने जस्ता कार्य न्यायाधीश, अधिकृत र अन्य कर्मचारीहरुका लागि सम्पन्न भइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल बार एशोसिएशन र विभिन्न संस्थाहरुले कानुन व्यवसायीहरुलाई संहिताको जानकारी प्रवाह गर्ने कार्यक्रम सञ्चालन भएको पनि हामीलाई जानकारी छ। फौजदारी विषयमा अपराध अनुसन्धान गर्ने प्रहरीका अनुसन्धान अधिकृतहरु र अभियोजनकर्ता सरकारी वकिलहरुको पनि विभिन्न चरणमा अभिमुखीकरण सम्पन्न भएको छ भन्ने जानकारी प्राप्त भएबाट संहिता कार्यान्वयनमा राज्य संयन्त्रको अठोट देखिएको छ।

सबै विषय मुखाग्र नहोलान् र धेरै विषयहरु स्वाध्ययन, अभ्यास र अनुभवबाट स्थापित हुँदै जालान्। तर, मानसिक रुपको तयारीबाट कस्तो अवस्थामा कसरी कार्य सम्पादन गर्ने भन्ने सन्दर्भमा न्यायपालिकालगायत सरोकारवाला निकायका जनशक्ति तयारी अवस्थामा छन्।

संरचनागत र कार्यविधिगत विषयमा पनि हामीले तयारी पूरा गरिसकेका कारण यसको कार्यान्वयनमा सन्देह छैन। सर्वोच्च अदालतको पूर्ण बैठकले केही दिनअघि मात्र फौजदारी तथा देवानी कार्यविधि नियमावली, कसुर तथा सजाय निर्धारण नियमावली, देवानी मुद्दासम्बन्धी दिग्दर्शन तथा अन्य निर्देशिकासहित प्रचलित नियमावलीमा आवश्यक संशोधनको कार्य सम्पन्न गरिसकेको छ।

यसबाट कार्यविधिगत रुपमा पनि संहिता कार्यान्वयनलाई मद्दत पुगेको छ र न्यायपालिकालगायत समस्त अवयवहरुले संहिता कार्यान्वयनलाई चुनौती होइन, अवसर मानेर बसेका छन्।

विगतमा मुलुकी ऐनलगायत खारेज भएका अन्य ऐनहरुको कार्यान्वयनका क्रममा हामी न्याय र कानुनको क्षेत्रका अवयवहरु कतिपय विषयमा असन्तुष्ट पनि रह्यौं। केही प्रावधानले न्यायलाई नै अवरोध गरेको, कतिपयले सामाजिक आवश्यकतालाई सम्बोधन नगरेको र कतिपय विषयमा कानुन मौन रहेको र थुप्रै विषयमा कानुन नै नबनेको अवस्थाबाट न्यायको सुनिश्चितता गर्न चाहेर पनि नसकेको हामी सबैको अनुभव छ। दशकौंको मेहनत, प्रयास र व्यवस्थाको रुपान्तरणसँगै ती अधुरा चाहना पूरा गर्न कानुन निर्माण गरी विधायिकाबाट पारित गरायौं र आज हामी कार्यान्वयनको मुखमा आइपुगेका छौं। 

यस्तो ऐतिहासिक अवसर र महत्त्वको घडीमा हामी उत्साही भएर अग्रसर हुनु आवश्यक छ।  ऐतिहासिक कालखण्डमा कानुनको प्रारम्भिक बिन्दु देखिको अनुभव प्राप्त गर्नु इतिहासमा विरलै प्राप्त हुने अवसर हो। यो अवसर हामी सबैलाई आज प्राप्त भएको छ। तसर्थ, हामी यसलाई चुनौती मान्दै नमानौं र उर्जा र उमङ्गले अभिप्रेरित भई अग्रसर हुन सकौं। 

कानुनको परिवर्तन, संशोधन, खारेजी र आगमन यस क्षेत्रका लागि सामान्य कुराहरु हुन्। व्यावसायिक क्षेत्र भएकाले कानुन परिवर्तन हुँदै गए तापनि परिवर्तित प्रावधानलाई तत्काल अध्ययन गर्दै अद्यावधिक हुने र सरल रुपमा मार्गप्रशस्त गर्ने गुण र क्षमता कानुनकर्मी र न्यायकर्मीमा हुने गर्दछ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्