काठमाडौं– नेपालको दुईपाङ्ग्रे सवारीको बजारमा महत्त्वपूर्ण हिस्सा रहेको बजाज नेपालले आफ्ना ग्राहकका लागि ‘सुनेर होइन, हेरेर मात्र पत्याउँ’ नामक क्याम्पेन सुरु गरेको छ।
मोटरसाइकल तथा स्कुटरका सक्कली स्पेयर पार्ट्स चिन्न सहज होस् भनेर उक्त क्याम्पेन सुरु गरिएको कम्पनीको दाबी छ। जसअन्तर्गत उपभोक्ताहरुलाई आधिकारिक वर्कशपहरुमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट नै किन्न अभिप्रेरित गरिने बजाजका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ।
यो क्याम्पेनअन्तर्गत उपभोक्ता आफैंले गुलाबी रंगको स्टीकर हेरेर स्पेयर पार्ट्स् किनेमा आफू निश्चिन्त हुन सकिन्छ भन्ने सन्देश दिन खोजिएको पनि कम्पनीले जनाएको छ। जसले गर्दा उपभोक्ताहरु झुक्किनु पर्नेछैन भन्ने कम्पनीको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।