काठमाडौं– बलिउड अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सफलताका कारण खुसी छन्।
बक्स अफिसमा अत्यधिक सफलता पाएको यो फिल्मपछि शाहरुखले आगामी फिल्मको तयारी सुरु गरेका छन्। शाहरुख चाँडै ‘जवान’ र ‘डंकी’ फिल्ममा देखिनेछन्।
उनले पहिलो पटक राजकुमार हिरानीसँग ‘डंकी’ मा काम गर्दैछन्। हालै निर्देशकले खानसँग काम गरेको अनुभव सेयर गरेका छन्। उनले सेटमा शाहरुखले आफ्नो वरपरका सबैलाई खुसी राख्ने गरेको बताए।
राजकुमार हिरानी भन्छन्, ‘शाहरुख सेटमा सबैलाई खुसी बनाउँछन्। उनीसँग काम गर्दा मेरो करिअरमा पहिले नै उहाँसँग काम गर्नुपर्ने रहेछ जस्तो लाग्यो। शाहरुखको काम गर्ने शैलीले मलाई चकित बनाएको छ।’
शाहरुखको तारिफ गर्दै राजकुमार हिरानीले ‘डँकी’ उत्कृष्ट फिल्म भएको बताएका छन्। यसमा धेरै मोनोलोग र लामो दृश्यहरू छन्।
तर, शाहरुखले पूरै स्क्रिप्ट कण्ठ गरे। उनले शाहरुख खानसँग काम गर्नु राम्रो अनुभव भएको बताए।
शाहरुख खान जस्तै राजकुमार हिरानी पनि लामो ब्रेकपछि फिल्मी दुनियाँमा फर्किएका छन्।
उनको पछिल्लो फिल्म सन् २०१८ मा ‘सञ्जु’ थियो, जुन सञ्जय दत्तको बायोपिक थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।