काठमाडौं– निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफू जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघि बढ्ने बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले राहदानीको मुद्दामा आफू जेल परे पनि रास्वपा अगाडि बढ्ने बताएका हुन्।
उनले भने, ‘म जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ। म मरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ। म बौलाए पनि राष्टिय स्वतन्त्र पार्टी रहन्छ।’
उनले व्यक्तिभन्दा पनि संस्था रहनेगरी काम गर्ने बताएका छन्। यो व्यवस्थाबाट वाक्क–दिक्क भएका जनताको जिम्मेवारी बहन गरिराख्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।