काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार (आजै) राजीनामा दिने भएका छन्। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उक्त निर्णय भएको सभापति रवि लामिछानेले जानकारी दिए।
सरकारमा रास्वपाकातर्फबाट २ मन्त्री र एक राज्यमन्त्री रहेका छन्। यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका थिए। उनको नागरिकता अमान्य घोषणा भएपछि उनले राजीनामा दिएका थिए।
सरकारमा शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम तथा रोजगार मन्त्री डिपी अर्याल र स्वाथ्यराज्यमन्त्री तोषिमा कार्की रहेका छन्। रास्वपाले आजै सरकार छोड्ने निर्णय गरेको छ। तर, सरकारलाई दिएको सर्मथन भने कायम राख्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।